गजल/कविता

गजल
गमनमा तिम्रो मैले, नयनहरु ओच्छ्याइदिएँ
दोबाटोमा उभिएर, रात त्यही बिताइदिएँ ।

बिहान आयौ ठाँटिएर, कतै जाँदै रै'छौ तिमी
स्वागतमा शुभप्रभात, भन्दै हात हल्लाइदिएँ ।

कर्के पारी नजर तिम्ले, मलाई चियाइ हेरिदिँदा
छातीमाथि हात राखि, मख्ख पर्दै टोहृलाइदिएँ ।

मुस्कुराउँदै आफैभित्र, तिमी गयौ आफ्नै धुनमा
रेशमी ति तिम्रा केश, नछोइकन चलाइदिएँ ।

एक मुस्कान एक दर्शन, जीवन तिम्रै नाम भो
पलपल तिम्रो यादमा, आफैलाई भुलाइदिएँ ।

comments from facebook:-

Rom Ma and Sabitra Kaphle like this.

Sabitra Kaphle :
आगमनमा तिम्रो मैले, नयनहरु ओच्छ्याइदिएँदोबाटोमा उभिएर, रात त्यही बिताइदिएँ ।मुस्कुराउँदै आफैभित्र, तिमी गयौ आफ्नै धुनमारेशमी ति तिम्रा केश, नछोइकन चलाइदिएँ ।
August 18 at 12:00pm · Delete

Sabitra Kaphle :
Well Creation, Sense of Depth of Love and Dedication..Wow
August 18 at 12:00pm · Delete

Sita Khatri :
timro kabita le ma ta dudi bhaye
August 20 at 5:12pm · Delete


प्रतिक्रिया दिनुहोस् >>


Latest Posts

Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

भोट दिनुहोस् :