चियागफ

( चिया–चर्चा)
मोबाइलको दाहसंस्कार

'खोइ त तिम्रो चिया गफ कहिले फेरिन्छ ? सधै एउटै छ नि ।'मेरा एकजना काठमाडौंका 'नेट मित्र'ले मेसेन्जरमा अफ लाइन म्यासेज पठाएर सोधे । उसले मेरो ब्लगमा मैले राखेको चिया गफ पढेका रहेछन् ।
उनले यसरी प्रतित्रिmया देखाएपछि नयाँ चिया गफ लेख्नुपनर्ेमा मेरो ध्यान गयो । कार्य व्यस्तताको कारण चिया गफलाइ मैले महत्व नदिएको मैले अनुभव गरेँ अनि चिया गफको विषयमा एकछिन घोरिएँ अनि लागे चिया पसल तफ ।
जाडोको मौसममा चिया पसलको रौनक छुट्‍टै हुन्छ । त्यो रौनकमा मैले आफूलार्इ पनि सहभागि गराउँदै सानो मुढा तानेर बसेँ ।'के भन्छन्‍ यी बुढा बा ? माओवादीले घुस खान दिएन भन्छन् कि क्या हो ?'
'तिमीहरुलाइ नै पुगेको छैन । के दिन्थ्यौ अरुलाइ ।'
'हामी त घुस खान्नौं है बुढा बा । जे पायो त्यही नभन ।'
'ए हो त साँच्ची तिमीहरु त खुलेआम धम्की दिएर खाइ हाल्छौ नि । के को घुस खान्थ्यौ र होइन ?' ती मानिस अलि हच्किए । लगत्तै उनको फोन आयो । रिसिभ गरे, तर निकै गम्भीर कुरा हुँदै थियो क्यार । फोन काटिएपछि उनी रिसाए ।
'यो बज्जिया पनि चाहिएको बेलामा टावर जान्छ ।'भुत्भुताउँदै एक घुट्‍को चिया के पिएका थिए, फेरी फोन आयो । 'हेलो...अँ...अँ...के रे...हेलो...हेलो...फेरी फोन काटिएर मरो ।' उनी एक्लै भुत्भुताउन थाले । लाग्थ्यो, उनको निकै महत्वपूर्ण खबर आउदैथियो । फेरी तेस्रो पटकपनि फोन आयो । 'मैले के गनर्ु नि ? म किन काट्‍छु फोन ? आफै काटियो ।' उनले भने । उनी फेरी कुराकानीमा नै लागे । के रे ? बिरामी ? अँ को...मर्न लागेको...? को...किन मर्न लागेको...हँ ? सखापै हुने भए ? के सखाप हुने भयो ?...' उनको कुरा गराइको बाध्यता हेर्दा लाग्थ्यो नेपालले सुचना तथा प्रविधिको क्ष्ोत्रमा कति चाँडो विकास गरिसकेको रहेछ भनेर ।फेरी फोन काटियो । उनी मोबाइल फोन तिर हेर्दै ठूल्ठूला आँखा पारेर गाली गर्न थाले । उनको गाली सुनेर सुनिनसक्नुको थियो । वास्तवमा यसमा उनको कुनै गल्ती नै छैन । चाहिएको बेलामा प्रयोग गर्न बोकिएको मोबाइल फोनले आवश्यक समयमा काम नदिएपछि जो कोहीको अवस्था यस्तै हुन्छ नै ।
उनको गाली सुनेर होला फेरी फोन आयो । उनले चर्को स्वरमा हेलो भने । बर्ड फ्‍लु...कसरी ....भएको भए हाम्रो चाहि केही हुँदैन थियो होला ? सुनसरीमा आ'कै छैन भन्थ्यो त । होइन । बिष खाएर मरेको होला । अनि हाम्रो फर्म सखाप हुँदैनथियो यदी त्यस्तो भएको भए ?'
उनी कुनै कुखुरा फर्मका सञ्चालक रहेछन् । उनको कुखुरा कसैले किनेर लगेपछि त्यो सानो फर्मका कुखुरा बिरामी भएछन् । अनि त्यो सानो फर्मका सञ्चालकले यीनलाइ दोषी बनाएछन् । मैले यही बुँभmेँ ।
'तपाइ धेरै अग्रम बग्रम कुरा नगनर्ु है । मेरो कुखुरा जस्तो स्वस्थ कुखुरा कही पनि छैनन् । तपार्इ नै कहाँबाट त्यस्ता कुखुरा ल्याउनुहुन्छ, अनि मलाइं दोष दिनुहुन्छ ।' उनी रन्किए । धुँवा निस्कने भए सबैले देखिसक्थे होलान् ।त्यत्तीकैमा फेरी नेटवर्क बिगि्रएछ क्यार । उनी रन्किएर कराउन थाले– 'यो ठाडो...चाहिएकेा बेलामा... जहिल्यै बिगि्रन्छ...। पर्खी न तँ...तेरो काजत्रिmया गछर्ु आज...।'रिसको भmोँकमा उनले के के बोले त्यो थाहा पाए भने उनले पछि पछुतो मान्लान् वा नमान्लान्, तर वरीपरीकाले भने कान थुने ।
फेरी फेान बज्यो सुनिरहुँ लाग्ने धुन बज्यो मोबाइल सेटमा । उनले रिसिभ गरे ।'अँ अँ । हेनर्ु मेरो केही दोष होइन बुभm्‍नुभो । मेरो फर्मका सबै कुखुरा ठीक छन् । बर्डफलु लागेको भए मेरो फर्मका कुखुरा मर्दैनथे ? त्यत्तीकै दोष लगाउन त पाइदैन नि यार । हेलो...हेलो...' फेरी नेटवर्क गयो क्यार । उनी रिसले राँक्किए । मोबाइलतिर हेरेर के के भुत्भुताउँदै उनले भूइँ तिर आँखा डुलाए । छेउको एउटा इटा टिपे अनि अर्को इटामाथि मोबाइल राखेर हान्न थाले । तेस्रो पटकमा मोबाइल टुत्रmा टुत्रmा भयो । टुत्रmा भइसकेको मोबाइललाइ खुट्‍टाले नाला तिर फ्‍याँक्दै उनी बाटो लागे ।

( चिया–चर्चा)

झ्यानाकुटी झ्याइ
परीक्षा सिद्धियो । एउटा लामो समयान्तरपछि किताबको सानो तिनो जञ्जालबाट बाहिर निस्कन पाइयो । फूर्सद छ भन्न सकियो । त्यसै मौकामा चिया पसलतफ लागेँ । चिया पसलमा पुग्ने वित्तकिै साहुनीले अपेक्षित प्रश्नको भmटारो हानिन्– 'क्या हो भाइ, अचेल त आउनै छाड्‍यौ नि ।'चिया पिउन गएको म त्यहाँ उनको प्रश्नको भmटारोले तसर्ेँ । तथापी उनको प्रश्न मेरो अनुमानमा उनको बोली भन्दा पनि पहिल्यै आइसकेकेाले त्यती प्रभाव भने परेन । 'के गनर्ु दिदी, कहिले काही काम पर्छ नि ।' उनकेा प्रश्नको सही उत्तर दिन आवश्यक ठानिँन मैले । म वास्तवमा केही कुरा सोच्दै थिएँ । त्यसैले शायद उनीसँग लामो कुरा गर्न मन थिएन । त्यती बेलै त्यहाँ कुनै पहाडबाट भmरेको एकजना मानिस अनि अर्को एकजना शहरमै बस्ने जस्तो देखिने ठिटो सँगै आइपुगे । मैले ती मानिस पहाडमा बस्ने हुन् भन्ने अनुमान यस अर्थमा लगाएँ कि उनले ठूलो भारी भmोला बोकेका थिए अनि उनले लगाएको दौरा सुरुवाल हलुका मैलिइसकेको थियो । भmन् टाउकोमा लगाएको टोपीको कती ठाउँमा मुजा परेको थियो, त्यो भनिसाध्य नै थिएन । उनीहरु मध्ये एउटा चालिस अनि अर्को पच्चीसको हाराहारीका थिए । उनीहरुमध्ये जेठा मानिसले ठूलै स्वरमा चिया मगाए । जसले मेरो माथिको अनुमानमा केही भरथेग गर्‍यो ।'निकै जाडो छ हौ कान्छा तराइमा पनि ।' म विश्वस्त भएँ उनी पहाडबाट नै भmरेका रहेछन् । तर को हुन् उनीहरु र किन यहाँ आए ? जिज्ञासा पैदा भयो । तर गएर सोधिहाल्नु भन्दा उनीहरुको कुराकानीबाटै स्पष्ट हुनु निको ठानेँ मैले । किनकी म उनीहरु नजिकै गएर उनीहरुको कुरा सुन्न तिर लाग्दा उनीहरुले आफ्‍नो खास कुरा नखोल्लान् भन्ने डर थियो । 'त्यही त । तराइमा पनि चिसै छ । तर अनौठो खालको चिसो । हैन काका ?' भनेपछि यी काका भतिजा रहेछन् । तर कहाँबाट आएका रहेछन् ? कहाँ बस्छन् यता ? भतिजा कहाँ बस्छ ? तुरुन्तै चिया आइपुग्यो । एक चोटी सुरुप्प चिया पिएपछि बुढाले भने– 'त्यही त । तेरी काकीले त भन्थि । पहाडमा चिसो छ । तर जाडो त तराइमै छ । पोहोर परार एक दुइ दिन तराइ भmरेर हिडिहालिन्थ्यो । यसपाली एक हप्ता बस्दा पो थाहा भयो त तराइको जाडो ।' 'हो नि । हाम्री काकीले नै जानेकी छिन् दुनियाँ । तराइमा बसिन् । बिजुली, सिनेमा, गाडी यही छ । सबै जानिन् । तराइ छाडेर कहाँबाट ताप्लेजुङ पुगिन्‍ ।'अर्को घुट्‍को घाँटीबाट नछिराउँदै उनले भने– 'तेरी काकी म सोलुखुम्बुमा बसेको भएपनि त्यहाँ पुग्थि । भोटमा गएको भएपनि मेरै पछि लाग्थि । तँलाइ के भन्नु, काकीले मलाइ कति मन पराएकी हो भनेर । जवानीमा त्यो त मेरो लागि त मरि मेट्‍थि नि ।''साँची काका, तपाइहरुको विहे कसरी भएको रे ?''आ...छाड्‍दे ती नाथु कुरा जति गरेपनि सकिँदैन ।''भन्नु न भन्नु । मलाइ काकीले अलिकति त भन्नुभयो तर पछि बिचैमा लजाएर भन्दै भन्नुभएन । तपाइहरुको त लभ मेरिज हो नि हैन ?' भतिजाले कुरा निकाल्न खोज्यो ।'अँ हो त । त्यही हो ।' बुढाले स्वीकारोत्तmि जनाए । 'के त्यही ?' केटाले यहाँ नेर अलिकति स्वाङ रच्यो । 'त्यही मेरिज कि के भन्छ नि । आफूलाइ त इलिस्‍ैl (इंगलिस नै) आउँदैन । ''के मेरिज भन्नुभयो ?' केटोले बुढाबाट के चाहेको त्यो मैले अब बुभmेँ । आ...कति भन्न लाउँछ यो । बुभmेर पनि बुभm पचाउँछ ।'ल, काकी लजाउनु हुन्छ भनेको त तपाइ पनि पो यस्तो ? त्यही भएर पो तपाइले लभ नगरी काकीले तपाइलाइ मन पराउनुभएको रहेछ त ।' केटोले प्याच्चै भनिदियो । 'धत् । जेपायो त्यही भन्दो रै'छ आफ्‍नो काकासँग । कहाँ म लजाउँछु ? म केटी हो र लजाउन ?' अनि भन्नु न त के मेरिज हो ?' केटोले कसम नै खाएको रहेछ । 'लव मेरिज नि ।' काकाले अफ्‍ठ्‍यारो मान्दै सानो स्वरमा भने । 'के रे मैले त सुनिँन । अलि साह्रो भन्नु न ।' केटाले फेरी अर्को अड्‍को थाप्यो । चियाको घुट्‍की लाउँदै उनले भने– 'लव मेरिज हौ । अब त सुनिस् ?' यसपटक उनको लाज केही पर भागेको थियो ।'बल्ल सुनेँ ।' केटोले कुरा टुङ्‍गायो । र फेरी सोध्यो– 'कसरी भयो त लव मेरिज ?''तेरो बाबु शहरमा बस्यो, पढ्‍यो, काम गर्‍यो, अनि यतैकी केटी मन परायो । विहेको समयमा म पनि आएको थिएँ । अनि त्यहाँ उसलाइ देखेँ । अनि त यता उता काम सघाउँदा सघाउँदै परिहाल्यो नि ।''अनि पहिला चाहिँ कसले भनेको नि ? पहिला उसैले भनी ।'के भन्नुभयो काकीले ?'बोलेर त के भन्थी बरा ? इशारा र बानी व्यहोराले मैले बुभिmहाँले । अनि मसँग विहे गछर्ेउm भनेर सोधेको, मेरो घरमा कुरा गर्न आउनु भनेर भनी ।''त्यसपछि बाबु आमाले दिए त ?''दिए नि । इमान्दार र मेहेनती केटो भए के चाहियो र धन सम्पत्त िभनेको गर्दै, कमाउँदै जाने हो भने । अनि त भm्‍याइकुटी भm्‍याइ पार्दै ल्याइयो नि ।' बुढाले बेलिविस्तार लाउन थाले । उनको कुरा विस्तारै बढ्‍दै थियो । सुरुमा लभ भन्ने शब्द नै भन्न लजाउने उनी गफ गर्दै गएपछि भने लामालामा किस्सा एकै सासमा भन्दै थिए ।

( चिया–चर्चा)

सिनेमा
केटोले भन्छ– 'पि्रए, म तिमीलाइ कति माया गछु, त्यो तिमीलाइ के थाहा, तिमी भन्छौ भने तिम्रो लागि म त्यो अग्लो रुखबाट पनि फाल हानेर मर्न सक्छु ।'
सुनेर उसकी प्रेमिकाले उसको मुख छोपिदिँदै भन्छे– 'त्यस्तो नभन्नुस् । तपाइ विनाको मेरो जीवन त रित्तो रित्तो हुनेछ । तपाइ विनाको क्षण म सम्भmन पनि सत्तिँन ।'
केटोले भन्छ– 'तिमी मलाइ कति माया गर्छौ हगि रितु ?'
केटीले भन्छे– 'त्यो पनि भनिरहनुपर्छ र ? आफैलाइ भन्दा बढी माया गछर्ु ।'
केटोले भन्छ– 'त्यसो भए तिमीलार्इ माग्न कहिले आउँ तिम्रो घरमा ?'
केटीले भन्छे– 'आउनुस् न कुनै दिन ।'
केटोले भन्छ– 'तिम्रो वुवाले हाम्रो सम्बन्धलाइ स्वीकानर्ु भएन भने ?'
केटीले भन्छे– 'पक्कै स्वीकानर्ु हुन्छ । तिमीमा के कमी छ र ?'
केटोले भन्छ– 'तै पनि । मानिसको मन हो । तिमीलार्इ दिन्न भनिदिनुभयो भने ?'
केटीले भन्छे– 'वहाँले पक्कै त्यसो भन्नुहुन्न । वहाँ सधै मेरो खुसी चाहनुहुन्छ ।'
केटोले भन्छ– 'हेरौं । तर तिम्रो परिवारले हाम्रो मायालाइ अस्विकार गरिदियो भने ?'
केटीले भन्छे– 'यदी त्यसो भयो भने हामी भागेर भएपनि विवाह गनर्ेछौं । अनि हाम्रो मायाको छुट्‍टै संसार बनाउनेछौं । किनकी म तपाइ विना बाँच्नै सत्तmिँन । तपाइ ढुक्क हुनुहोस् । मैले जे चाहे त्यही हुन्छ । बरु मलाइ माग्न चाहि चाँडो अउनुहोस् ।
''वाह वाह ।' चिया पसलमा ताली बज्छ ।'यहाँको जो स्त्रmीप्ट हो, बहुत अच्छा छ । होइन के ?'
'खै ? यो त पुरानो नेपाली फिल्मको जस्तो डायलग भयो क्या । अलि आधुनिक चाहियो ।'
'के आधुनिक भन्नुहुन्छ नि ? जति आधुनिक भनेपनि भन्नुपनर्े भनेको त्यही त हो । डेटिङ भनेको यस्तै हुन्छ नि । के आधुनिक बनाउनको लागि र्‍याप हान्दै कुरा गनर्ुपनर्े हो ?' लेखकतिर फर्कदै– 'सुनाउनुस् लेखकज्यू, त्यसपछि के भयो ? मलाइ त निकै जिज्ञासा लागिसक्यो । के उसको बुवाले साँच्चै नै अस्वीकार गर्छ ?' 'मेरो लेखन मन पराइदिनुभएकोमा निदर्ेशक ज्युलार्इ धन्यवाद्‍ । त्यसपछि यस्तो एउटा मोड आयो, ती दुवै पे्रमी पे्रमीकाको लागि दु:खद्‍ बन्यो ।'
'ला । के भयो ?' निदर्ेशकले सोध्यो ।
'केटीको बुवालाइ त्यो सुनेर हर्टअट्‍याक हुन्छ ।'
'अनि ?' निकै जिज्ञासा पूर्वक निदर्ेशकले सोध्छ ।
'अनि के हुनु ? मनर्ेबेलामा त्यो बुढाले छोरीसँग अन्तिम इच्छा भन्दै त्यो केटालाइ छोड्‍न र आफूले छानेको केटासँग विहे गर्न भन्छ । हो कि होइन ?'
'तपाइ नजिस्कनु न । त्यो त कुन चाहिँ नेपाली फिल्मको सिन हो नि ।' निदर्ेशकले उसको कुरा हावामा उडाइदिन्छ । तर यता लेखक भने अचम्ममा पर्छ– 'हो । त्यसै भयो । तर तपाइलाइ कसरी थाहा भयो ?'
'त्यसपछि के हुन्छ, त्यो पनि भनौं कि ?' उसले सोध्छ ।
'ल भन्नु त ।'
'त्यसपछि केटी र केटा रुँदै छुटि्‍टन्छन् । अनि पछि केटी चाँडै विधवा बन्छे । अनि फेरी पछि केटा र केटीले विहे गर्छन् होइन ?''अरे । हो त तपार्इले लुकेर मेरो स्त्रmीप्ट हेनर्ुभएको थियो कि क्या हो ? मैल 75; लेखेको कुरा तपार्इलार्इ कसरी थाहा भयो ?'किनकी यो स्त्रmीप्ट तपार्इले जुन फिल्मको चोरेर लेख्नुभएको हो, त्यो फिल्मको निर्माताको छोरा हुँ म । म यस्तो कथामा फिल्म बनाउँछु ?'सुनेर लेखक छक्क पर्छ । उता निदर्ेशकले अभmै पनि लेखकको कथामा फिल्म बनाउने अडान छाडेको थिएन । निर्माताको छोरा भने बाँकी रहेको अन्तिम चियाको एक घुट्‍को स्वाट्‍ट पारेर बाहिरिन्छ ।
– हिमाल

(शब्दमिक्षा)
ठूलो साहित्यकार ! ! !
कसैले मलाइ भन्यो म तिमी ठूलो साहित्यकार हुन्छौ ।
मलाइ अचम्म लाग्यो । केही नलेखी नै कसरी म ठूलो साहित्यकार भएँ ? कि त जादुको छडी नै छ ? मैले तुरुन्तै सोधेँ पनि कसरी ? उसले अलिकति बखान गर्‍यो । तर त्यो मैले खोजेको उत्तर थिएन । साहित्यकार त हुँला । तर ठूलो कसरी हुने ? मैले उmसँगै सोधेँ । उसले धेरै साहित्य कोरेपछि ठूलो भइने बतायो । मैले प्रतिप्रश्नमा उm सँग पहिलो किताबमै चर्चित हुने र ठूलो मानिने साहित्यकार को हो त भनेर सोध्दा उसले जवाफ दिन सकेन ।
साहित्यकार त कथा कविता आदि लेखेपछि होला रे । तर महान र ठूलो साहित्यकार कसरी हुने ? कसले दिन्छ साहित्यकारलाइ महानको पगरी ? कसले घोषणा गर्छ कि कोही ठूलो साहित्यकार हो भनेर ? तर पनि भनिन्छ– वरिष्ठ साहित्यकार, महान साहित्यकार । अनि कनिष्ठ चाहि को त ? महान कसरी हुने ? म खोजमा लागेँ । साहित्यकार के हो ? कसैले मलाइ भनेको छैन । प्रष्ट छैन म । तर मलार्इ बताउँछन्‍, कथा कविता लेखेपछि साहित्यकार होइन्छ । लेख्न त मैले पनि लेखेको छु । मैले आफैलार्इ सान्त्वना दिएँ– त्यसो भए ठिक छ त । अनि ठूलो साहित्यकारको परिभाषामा सबै आ–आफ्‍नै व्याख्या गर्छन् । कोही भन्छन्, जनताको बारेमा लेखेर, जनताको मन छुने साहित्यकार नै महान साहित्यकार हो । तर कसले भन्न सक्छ कि कुनै साहित्यले कसैको मन छोएको छ कि छैन भनेर ? देवकोटाका कथाहरुले मेरो मन छोएनन्‍ । बरु लिल ब. क्ष्ोत्रीको बसार्इ मलाइ मन पर्‍यो । त्यसो भए देवकोटालाइ महान कसले र कसरी भन्यो ? कसले ठूलो साहित्यकार घोषणा गर्‍यो ? मलाइ उत्तर चाहियो । किनकी मेरो मन छुने त क्ष्ोत्री भए । गुरुप्रसाद मैनालीका नाटक मलाइ त्यती खास लागेनन् । बरु एक वर्ष जती अघि काठमाडौमा मन्चित साधारण लेखकले लेखेको एक नाटक मलाइ साह्रै मन पर्‍यो । तर पनि मैनालीलाइ ठूला नाटककार भनेर बखान गरिन्छ । मेरो त उनले मन छोएनन् । तर उनी ठूलो कसरी भए ? कसले भन्यो ? कोही भने भन्छन्– साहित्यकार ठूलो हुने भनेको उसको बारेमा भएको चर्चाले हो । अनि म छक्क पछर्ु । त्यसो भए उसलाइं महान वा ठूलो बनाउने गरी चर्चा चै कसले गर्छ ? किन हुन्छ चर्चा ? राम्रो काम गरेर चर्चा पाउँछन् उनीहरुले ? नेपालमा राम्रो काम गनर्ेले चर्चा पाउने चलन पनि छ र ? यहाँ त कसैले पुल बनायो भन्दा पनि पुल भत्काएको बारेमा बढी चर्चा हुन्छ । अनि कसले चर्चा किन कसरी गर्छ ? कि विज्ञापन हुन्छ ? हुन त केही साहित्यकार तथा लेखकहरुले आफ्‍नो रचनाको प्रचार पनि पछिल्लो समयमा गर्न थालेकै हुन् । प्रचारकै आधारमा धेरै पुस्तक पनि बिक्ने पनि गरेकै छ । जानकारी दिन गरीने यस्ता प्रचार अनावश्यक पनि होइनन् । तर प्रचारकै आधारमा ठूलो वा महान हुने हो भने त देवकोटाको मुनामदन प्रकाशन हुँदा भन्दा बढी प्रचार नारायण वाग्लेको पल्पसा क्याफेको गरिएको छ । तर मानिसहरु मुनामदनमै भmुण्डिएकै छन् । न यसरी हुन्छ, न उसरी हुन्छ । आखिर ठूलो साहित्यकार चाहि कसरी बन्ने त ?
मैले सोच्दा सोच्दै मेरो एकजना साथीलाइ सोधेँ । मेरो प्रश्न मुर्खतापूर्ण जस्तो लागेर होला उनले हाँस्दै उत्तर दिए– 'लामो दाह्रीजुँगा पालेर कार्यक्रमहरुमा गएर एक दुइ वटा कविता भन्नु अनि फलानो लेखेँ, तिलानो लेखेँ, यहाँ सम्मान गरे, उहाँ सम्मान गरे भनेर गफ ठोक्नु नि । अनि त ठूलो साहित्यकार बनि हालिन्छ नि ।'
मैले यसो सोचिँ हेरेँ । एक प्रकारले ठीक पनि हो । धरणीधर दाहाल, लेखनाथ पौड्‍याल आदि दाह्रीजुँगा पालेरै महान र ठूला भएका जस्तो लाग्यो अनि एक–दुइ साहित्यिक कार्यत्रmमहरुमा साहित्यकारहरुले आफ्‍नो र आफ्‍नो लेखनको बखान गरेको मैले पनि सुनेको हुँ । तर देवकोटाले कार्यत्रmमहरुमा आफ्‍नो बखान गरेकी गरेनन्, त्यो त थाहा भएन । तर उनको जुँगा दाह्री देखिँन । अनि फेरी म रनभूल्लमा परेँ । सोच्दा सोच्दै मैले सपना देखेँ । सपनामा गुरुप्रसाद मैनाली आएर भने– 'महान बन्ने हो भने तिमी पुरानो जमानामा जन्मनुपर्छ । किनकी अहिलेसम्म हामी जस्तै पुराना लेखक र कविलाइ मानिआएका छन् ।' त्यो सुनेर म छक्क परेँ । पुरानो जमानामा फर्कन सक्ने कुरै थिएन । ब्युँभmेपछि फेरी मैले थाहा पाएँ कि ठूलो साहित्यकार बन्न साहित्यमा समर्पित भएर लागिपनर्ुपर्छ रे । तर देवकोटालाइ सम्भmेपछि मेरो त्यो जानकारी काम लागेन । किनकी उनी निख्खर साहित्यकार थिएनन् । उनी मन्त्री अनि कर्मचारी पनि थिए । अनि महान नभनिएका साहित्यकारहरुले साहित्यमा आफ्‍नो जीवन अर्पण गरेनन् वा गरेका छैनन् भनेर कसरी भन्न सकिन्छ ? त्यसो नहुन पनि त सक्छ । यती ठूलो संसारमा कहाँ को कसरी बसेको छ, सबैलाइ थाहा हुन्छ र ?
साहित्य लेखन कुनै एक र एक जोड्‍दा दुइ हुने अर्थगणित होइन । यो त मानिसमा हुने एउटा प्रतीभा हो । जसलाइ मापन गर्न सकिदैन । कसको साहित्यले कसलाइ कसरी फाइदा दियो, यो पनि यकिन गर्न सकिदैन । किताब पढेर दिइने जाँच त अव्यवहारीक भन्ने कुरा उठिरहेको यो समयमा साहित्यकारलाइ ठूलो, सानो, वरिष्ठ कनिष्ठ भनेर कसरी छुट्‍याउने ?
–हिमाल

(घटना र कोण)
रक्सीले खाएको र्राई कान्छा
बाङ्गो टिङ्गो अक्षरमा मेरो डायरीको पछाडीको पानामा एउटा नाम लेखिएको छ- 'र्राई कान्छा' । चर्को घाममा पर्ूव पश्चिम राजमार्गको सडकको छेउमा उभिएर एक हप्ता जति अघि मैले त्यो नाम लेखेको थिएँ । नाम लेख्नु मेरो काम हो । त्यसैले लेखेँ । तर यो नाम भएको व्यक्ति को हो - यसको नाम मैले किन लेखेँ - त्यो मानिस रिक्सा चालक हो । घाम, पानीको पर्वाह नगरी रिक्सा चलाउनु उसको काम थियो । किनकी उसलाई आफू बाँच्नु थियो । बाँच्नुृ मात्र होइन, साँझमा भट्टीमा छिरेर दिनभरीको शोक, भोक र रोगसँग जुध्ने शक्ति पनि सञ्चय गर्नु हो । राइ कान्छाका लागि भट्टीको महत्व त्यस्तो महत्व थियो, जसको जति बखान गरेपनि उसले भ्याउदैनथ्यो ।
साथीहरुसँग बसेर रक्सी खाँदै जाँदा उसले आफू कहाँ छु भन्ने पनि थाहा पाउदैनथ्यो । उसको वास स्थानसम्म पुर्‍याउन उसलाई उसका साथीहरुले निकै मेहेनत गर्नुपथ्र्यो । त्यसैले पनि उसका साथीहरुले उसलाई रक्सी कम खान सल्लाह दिन्थे । तर ऊ के मान्थ्यो र - रक्सी उसको अनिवार्य आवश्यकता बनिसकेको थियो ।
रक्सीले टिल्ल मातिएर ऊ आफ्नो वासस्थानसम्म पुग्थ्यो । सानो ओत अनि सिमीत बस्ने ठाउँ । उसको कुनै निश्चित जमिन थिएन । ऊ कहाँ सुत्थ्यो, रिक्सामा । रिक्सामा - हो, रिक्सामा । ऊ यात्री थियो । उसको बासको कुनै भर हुदैनथ्यो । उसको एउटै मात्र भर थियो- रक्सी । एउटै मात्र साथी, जुन उसलाई हर दिन चाहिन्थ्यो । रक्सी खाएर रिक्सामा बितेको थियो जिन्दगी । यसरी नै उसका दिनहरु बितिरहेका थिए ।
जुन दिन मैले उसको नाम मेरो डायरीमा टिपेको थिएँ, त्यसको १५ दिन जति अघि ऊ रक्सीमा झन् डुब्दै गएको थियो । नराम्रो साथी संगत त्यसको प्रमुख कारण थियो । श्रीमतीले छाडेर जानु, बेघरबार हुनु उसको दिक्दारीपनको प्रमुख कारण थियो । जसको कारण ऊ झन् झन् कुलती बन्दै गएको थियो ।
रक्सी, केवल रक्सीको कारण ऊ रोगको कब्जामा पर्दै गइरहेको थियो । तीन पटकसम्म त उसलाई क्षयरोग नै लागिसकेको थियो । धन्न उपचार निःशुल्क छ, उसले उपचार पायो । तर उसको बानी सप्रेन । उसले जीवनमा बाँच्ने आशा मार्‍यो । दुःख र पीडाबाट मुक्त हुने उपाय सोच्यो । सोच्यो, बाँचेर के नै गर्नु छ र - मर्छर्ुुने मर्छर्ुु म बाँचेर पो के भएको छ र - मरेर कसलाई नै दुःख लाग्ने हो र -' साँच्चै नै उसले मर्ने निधो गर्‍यो ।
मृत्यु हुने अघिल्लो दिन उसले के गर्‍यो - साथी भाइलाई भेट्यो । रक्सी खुवायो । सक्ने थियो भने उनीहरुको बाँकी सापटी पनि तिरिदिन्थ्यो । तर आफूसँग भएकेा पैसा सकिने गरी साथीहरुलाई रक्सी खुवायो अनि आफूले पनि खायो ।
झमझम पानी परिरहेको असारको त्यो दिन । बाटो छेउको ठेलामा निस्पिmक्री सुत्यो । पानीमा रुझ्यो । शायद उसले जीवनभर गरेका पाप पखाल्न चाहेको थियो, पखाल्यो । चिसोले उसको शरीर कठ्याङ्िग्रएको थियो । ज्वरोले रन्कीरहेको शरीर, खोक्दा खोक्दा दुःखेको घाँटी, अनि एक थोपा सास मात्र बाँकी रहेको उसको शरीर । वास्तवमा उसले यो धर्तीमा आएर त्यो भन्दा बढी केही पनि लिएर गएन ।
उसका साथीहरुले उसलाई घाममा ल्याएर राखिदिए । घाममा उसको शरीर सुक्यो । रक्सीले छाडेपछि रिक्सा कुदाउने प्रयास गर्‍यो । तर रक्सी र त्यसले दिएको क्षयरोग बाहेक केही नभएको राइकान्छाले रिक्सा कुदाउन सकेन ।
रिक्सा कुदाउन असक्षम उसको शरीर विर्सजनको तयारीमा थियो । ऊ रिक्सामा बस्यो । अनि झकायो । राइकान्छाले प्राण त्याग्यो, रिक्सामै । जहाँ ऊ रात बिताउने गथ्र्यो अनि जसले उसलाई रक्सी खाने पैसा जुटाइदिन्थ्यो ।
एउटा र्राईकान्छा अब संसारबाट टाढा गइसकेको छ । उसले बाल्यकालमा बिताएका क्षणहरु कति उपद्रोमय थिए होलान् अनि उसका जवानीका दिनहरु कति ऊर्जामय थिए होलान् । तर आज ती सबै दिनहरु रक्सीले खाएको बुढो शरीरसँगै कसैले नदेख्ने अनन्त यात्रामा निस्केको छ । र्राईकान्छाले कहिल्यै नटुङगिने यात्रा थालेको छ ।
संसारका सबै मानिस, जो जीन्दगीलाई खेलौना सम्भिmन्छन्, अनि मोजमज्जामा बिताउन चाहन्छन्, उनीहरुको प्रनिनिधि हो र्राईकान्छा । भलै र्राईकान्छाको जीवनमा तिता घटनाहरुले साम्राज्य बनाए होलान्, भलै ऊ संसारकै दुःखी व्यक्ति होला । तर जीवनदेखि हारेर उसले मृत्युको हातमा आफूलाई जति सहजताका साथ पुर्‍यायो, त्यसमा केही मेहेनत बढी गरेको भए उसले आफ्नो जीवनलाई र्सार्थक बनाउन सक्थ्यो । भविष्यले समेत सलाम गर्नेगरी सफलता पाउन सक्थ्यो । संसारले नहोला, देशले नहोला तर गाउँ टोलले औलामा गन्ने सिमीत मानिसहरुमा पर्न सक्थ्यो । तर राइकान्छाले खाएको रक्सीले अन्ततः र्राई कान्छालाई नै खायो ।
-हिमाल दहाल


प्रतिक्रिया दिनुहोस् >>


Latest Posts

Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

भोट दिनुहोस् :