"नेपालमे रहेनेके लिए कुछ बचा नहिँ है ।"


कोशीको यात्रा सधै रोमाञ्चक हुन्छ । केही नभएपनि तातो र टिलिक्कै टल्किने वालुवाको बगर अनि चिसो पानी । शुक्रबार कोशी पीडितले गरेको आन्दोलनमा जानको लागि कोशीमा डुंगा चढियो । त्यसपछि आधा घण्टा हिडियो पनि वालुवामा ।
क्षतीपूर्तीको माग गर्दै पीडितले अनिश्चितकालका लागि कोशी फर्काउन भारतले गरिरहेको काम ठप्प पारे । भाषण चलिरहेको समयमा एक जना भारतीय कामदार मतिर आएर सोध्यो,
आप नेपालके जर्नालिस्ट हो ?
मैले भनेँ, हो
धेरै राम्रो बोल्न नजानेपनि हिन्दी बुझ्छु । सोधेँ, किधरसे हो ? 
कम्पनी से । उसको उत्तर थियो ।
कितने दिन से हो ?
१ महिने हुवा ।
काम कैसा चल रहा है ?
कामका हाल बुरा है ।
क्यौ ?
नहि चल रहा है, अभि कुछ सारा काम है, पर लोग बन्द करके काम करने नहि देते ?
कितना वक्त लगेगा काम खत्म होने मे ?
दो महिने । काम नहि हुवा तो इस बार ये काम नहि होगा ।
क्यो ?
बाढ आने से पहेले करलेना चाहिए, उसके वाद मुन्किन नहिँ ।
कितने सालसे कम्पनि मे हो ?
दो साल से ।
इंडियन हो ?
इंडिया मे रहेता हुँ । पर मे नेपाल से हुँ ।
नेपाल ... ? 
हाँ । जनकपुरमे । पर बिस वरष से बिहारमै रहेता हुँ ।
नेपालमै क्यो नहिँ ?
नेपालमे रहेनेके लिए कुछ बचा नहिँ है । बन्द, हड्ताल, ये सब बिहारमै नहि होता ।
नहि होता ?
बिलकुल नहि होता । एक दिन बन्द हो गया तो गभरमेन्ट गिर जायेगि । पर नेपालमै तो सभि दिन बन्द । काम करनेके लिए कोइ चान्स नहिँ ।
सामान्य कुराकानी हो । पाँच मिनेटको यो कुराकानीबाट मैले विहार र नेपालको तुलना गर्न सकेँ । भारतीय मानिस र नेपालीबिच तुलना गरेँ ।
नौ सातामा दुई साता त बन्द नै हुन्छ । आन्दोलनका लागि बन्द गर्ने परिपाटीले नेपालीलाई मात्र होइन, भारतीयलाई समेत नराम्ररी झस्क्याएको रहेछ । उक्त व्यक्तिले भनेझै भारतमा एक दिन भारतको यौटा प्रान्त बन्द भयो भने महाभारत हुन्छ । तर नेपालमा त अति सामान्य नै भइसक्यो । अब त विदेशी नागरिकले समेत हेप्ने अवस्था बनिसकेको छ । अब पनि आफूलाई नसुधारे नेपाल पक्का बन्दैन । 


प्रतिक्रिया दिनुहोस् >>


Latest Posts

Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

भोट दिनुहोस् :