कार्लौस स्लिम फेरि विश्‍वका धनी


विश्‍वका धनीहरुको सूची सार्वजनिक गर्ने पत्रिका फोब्सले यस वर्ष पनि कार्लौस स्लिमलाई नै 'संसारको सबैभन्दा धनी' व्यक्ति रहेको दावी गरेको छ। फोब्सको सूचीमा उनी लगातार तेस्रो पटक सबैभन्दा धनीको पहिलो नम्बरमा रहन सके। फोब्सले आफ्नो अनलाइनमा उनलाई राखेर कभर स्टोरी तयार भएको जनाएको छ।
हरेक वर्ष निकालिने सूचीमा पहिलो स्थानमा टिकिरहेका मेक्सिकोका यी ७२ वर्षीय धनीसँग ६९ अर्ब डलर (७६७ खर्ब रुपियाँ) बराबरको सम्पत्ति छ।
अमेरिका र युरोप आर्थिक मन्दीले छटपटाइरहेको अवस्थामा यी धनीले राजनीतिक नेताहरुलाई भनेका छन, 'तिमीहरु अहिले गलत गरिरहेका छौं।' पाँच दशकको मिहेनतपछि उनले यति धेरै सम्पत्ति आर्जन गरेका हुन्। उनले बजेटमा रहेका समस्या सुल्झाउन सुझावसमेत दिए। 'विश्‍वलाई म साधारणरुपमा हेर्छु। राजनीतिक नेताहरुले जसरी समाधान गर्ने सोच राखेका छन् त्यो सहि छैन,' उनले भने, 'समस्या समाधानका लागि उनीहरुले फरक तरिका अपनाउनेतिर ध्यान दिएका छैनन्।'
टेलिकम्युनिकेसन उनको सबैभन्दा ठूलो व्यवसाय हो। सँगै उनको वित्तिय संस्था, खनिज, रियलस्टेट, निर्माण क्षेत्र, ठूला उद्योगमा समेत ठूलै लगानी छ। १९९० को अन्त्यतिर सरकारी स्वामित्वमा रहेको फोन कम्पनी टेलम्याक्स निजीकरण भएपछि उनी सफलताको शिखरमा लगातार चढ्न सफल भए। उनको युरोप र अमेरिकी टेलिफोन कम्पनीमा समेत लगानी छ।
सूचीको दोस्रो स्थानमा माइक्रोसफ्ट कम्पनीका संस्थापक बिल गेट्स छन्। उनीसँग ६१ अर्ब डलर छ। अमेरिकी लगानीकर्ता वारेन बफेट ४४ अर्ब डलर सम्पत्तिसँगै तेस्रो स्थानमा छन्।

यता छिमेकी भारतका धनी मुकेश अम्बानी फोब्सको सूचीमा १९ औं स्थानमा पुगेका छन्। उनीसँग २२ अर्ब ३० करोड डलर बराबरको सम्पत्ति छ। फागुन २५, nagariknews
प्रतिक्रिया दिनुहोस् >>


Latest Posts

Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

भोट दिनुहोस् :