स्कुल थिएटर यो वर्ष पनि

कलालय इटहरीले इटहरीका बालबालिकाहरुलाई समेटेर यो वर्ष पनि स्कुल थिएटर आयोजना गर्ने भएको छ । 
विद्यार्थीहरुको क्षमता विकास गर्दै अध्ययनबाट बचेको समय सदुपयोग गर्न प्रोत्साहित गर्ने उद्देश्यले कार्यक्रमको आयोजन गर्न लागिएको हो । इटहरीका विभिन्न विद्यालयका पाँच दर्जन बालबालिकाको सहभागितामा स्कुल थिएटरको आयोजना हुने कलालय इटहरीका अध्यक्ष सोनु जयन्तीले बताए । 
स्कुल थिएटरमा बालिबालिकाहरुलाई अभिनय प्रशिक्षण दिने र बालबालिकाहरुले अभिनय गरेको नाटक मञ्चन गरीनेछ । पुरानो शैक्षिक सत्र सकिएको र नयाँ सत्र सुरु नभइसकेको खाली समयमा बालबालिकालाई सृजनशील बनाउन थिएटर उपयोगि हुने आयोजकको दावी छ । कलालयले अघिल्लो वर्ष समेत स्कुल थिएटर गरेको थियो ।
कलालय इटहरी केही महिनाअघि इटहरीमा भएको पियानो वादन कार्यक्रममा बालबालिका तथा युवा कलाकारले प्रदर्शन गरेको प्रस्तुतीका तस्वीरहरु :



















प्रतिक्रिया दिनुहोस् >>


Latest Posts

Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

भोट दिनुहोस् :