तलब वृद्धिसँगै मलेसियामा ३३ हजार नेपाली वैद्य हुँदै


मलेसियाले विदेशी कामदारले पाउँदै आएको तलब बढाउने तयारी गरेको छ । मलेसिया नेपाली कामदारको प्रमुख गन्तव्य हो । मलेसियाका लागि नेपाली राजदूत ऋषिराम अधिकारीका अनुसार मलेसियाको संसद्ले अक्टोबरभित्रै कामदारको न्यूनतम ज्याला तोक्ने तयारी गरेको छ ।
'यहाँको संसद्ले कम्तीमा ८ देखि ९ सय रिङरेट तोक्ने तयारी गरेको छ,' राजदूत अधिकारीले कान्तिपुरलाई भने, 'यतिको तलब बढेमा नेपाली कामदारका लागि ठूलो राहत पुग्नेछ ।'
श्रम मन्त्रालयले हाल न्यूनतम तलब पाँच सय ४६ रिङरेट तोकेको छ । यो ज्याला लागत खर्च र कामको हिसाबले निकै कम भएकाले कामदारहरू निकै मारमा छन् । 'हामीले काम गरे बमोजिम यो तलबले लागत खर्च उठाउन वर्षदिन लाग्छ,' मलेसियामा कार्यरत रिजन तामाङले भने, 'ओभरटाइम गर्न पाएमात्रै केही बचत हुन्छ ।'
राजदूत अधिकारीका अनुसार मलेसिया सरकारलाई तलब बढाउन मलेसियाका टे्रड युनियन, अधिकारकर्मीहरूबाट ठूलो दबाब परिरहेको छ । 'यहाँका टे्रड युनियन, अधिकारकर्मीहरूसहित कूटनीतिक नियोगहरूबाट पनि दबाब दिइरहेको छ,' उनले भने, 'हामीले पनि यहाँका अधिकारीहरूलाई भेटेर तलब वृद्धिको विषयमा लगातार कुरा उठाइरहेका छौं ।'
मलेसियाले अगामी डिसेम्बर सम्ममा नेपालसँग श्रम सम्झौता गर्ने तयारी समेत गरेको छ । 'यस वर्ष (२०११) भित्र श्रम सम्झौता गर्ने यहाँका अधिकारीहरूले घोषणा गरिसकेका छन्,' राजदूत अधिकारीले भने, 'श्रम सम्झौताबाट नेपालीको हित हुने हुँदा हामी यसैका लागि पहल गरिरहेका छौं ।'
मलेसिया सरकारको पछिल्लो तथ्यांकअनुसार झन्डै तीन लाख नेपाली कार्यरत छन् । नेपालीहरू बढीजसो कृषि, निर्माण र उत्पादन क्षेत्रमा कार्यरत छन् । सुरक्षा गार्डको काममा लगाएको प्रतिबन्ध अझै जारी छ ।
दूतावासले मलेसिया सरकारले तलब बढाएमा म्यानपावर कम्पनीले रोजगारदाता र कामदारबीच बनाउने गरेको दोहोरो श्रम सम्झौता अन्त्य हुने जनाएको छ ।


३३ हजार नेपालीलाई वैधता दिने प्रक्रिया सुरु


मलेसिया सरकारले बायोमेटि्रक प्रणालीसहित ल्याएको 'आममाफी कार्यक्रम' अन्तर्गत दर्ता भएका अवैध कामदारलाई वैधता दिने प्रक्रिया सोमबार सुरु गर्ने भएको छ । त्यसमा ३३ हजार नेपाली कामदार परेका छन् ।
यहाँका उपप्रधानमन्त्री तानश्री मुहिद्दिन यासिनको अध्यक्षतामा 'अवैधानिक कामदार र आममाफी कार्यक्रम' अन्तर्गत वैधतासम्बन्धी दोस्रो चरणको कार्यक्रम सुरु गर्ने निर्णय भएको मलेसियाली समाचार संस्था बर्नामाले जनाएको छ ।
वैधता पाउने कामदारका लागि मलेसियाली सरकारले प्लान्टेसन, कन्स्ट्रक्सन, म्यानुफ््याक्चरिङ, फार्मिङ र सर्भिस गरी पाँच क्षेत्रमा रोजगारीको अवसर दिएको छ । 'जसले दर्ता गरेको छ, उनीहरूले सरकारद्वारा मान्यता दिइएका पाँच क्षेत्रमा काम गर्न पाउने छन्् ।'
'सायद उनीहरू त्यहीं रोजगारी पाउने छन््, जहाँ अहिले उनीहरू काम गरिरहेका छन्् । उनीहरूलाई सहज र उचित हुने खालको काम गर्न अनुमति दिइनेछ ।' उपप्रधानमन्त्री यासिनको भनाइ उद्धृत गर्दै बर्नामाले उल्लेख गरेको छ ।
यासिनले आममाफी कार्यक्रममा दर्ता भएका अवैध कामदारहरूमध्ये करिब ५ लाख विदेशी कामदार सरकारले इजाजत नदिएको क्षेत्रमा काम गरिरहेको पाइएको खुलाए । साथै उनले देशभित्रैबाट विदेशी कामदारको आवश्यकता पूर्ति हुने विश्वास व्यक्त गरे । उनले भने 'देशभित्रैबाट कामदार अभाव टर्नेछ' यासिनलाई उद्धृत गर्दै समाचारमा जनाइएको छ ।
अवैध रूपमा बसिरहेका विदेशी कामदारहरूलाई बायोमेटि्रक प्रणालीसहितको आममाफी कार्यक्रममा सहभागी गराउन यसअघि मलेसियाले जुलाई १८ देखि अगस्ट ३१ सम्मको समयावधि दिएको थियो । यस अवधिमा १३ लाख ३ हजार १ सय २६ अवैध कामदारले आफ््नो विवरण दर्ता गरेका थिए । यीमध्ये कतिपय आफ््नो देश फर्किरहेका छन्् भने बहुसंख्यक वैधताको अवसर लिई यहीं काम गर्ने तयारीमा छन्् ।
स्रोतका अनुसार सोमबारदेखि सुरु गरिने यो चरणमा वैध भई काम गर्न चाहने कामदारले कामका लागि जिम्मा लिएको कम्पनी र बायोमेटि्रक गराउने कम्पनीसँग सम्पर्क राखी आवश्यक प्रक्रिया अघि बढाउनुपर्ने हुन्छ । कामको जिम्मा लिने कम्पनीले कामदारको आवश्यकता भएको पत्र र कामदारका लागि कामको स्पोन्सर लेटरसहित कागजातहरू सम्बन्धित सरकारी निकायमा बुझाउनुपर्छ । रोजगारदाताले रोजगार अनुमतिपत्र उपलब्ध गराएपछि सम्बन्धित देशका यहाँस्थित कूटनीतिक नियोगमार्फत कामदारले राहदानी लिन पाउनेछन्् । त्यसपछि मात्रै 'वर्कपर्मिट' का लागि जिम्मा लिने कम्पनीले पर्मिट उपलब्ध गराउनुपर्ने प्रावधान छ ।
मलेसियाले वैधानिक रूपमा काम गरिरहेका विदेशी कामदारलाई समेत बायोमेटि्रक प्रणालीमा अनिवार्य सहभागी हुनुपर्ने नीति अघि सारेपछि १० लाख १६ हजार ९ सय ८ वैधानिक कामदारले पनि बायोमेटि्रक प्रणालीसहितको यो कार्यक्रममा सहभागी भएका थिए । स्रोतअनुसार वैध र अवैध गरी २३ लाख २० हजार ३४ जना दर्ता प्रक्रियामा सामेल भएका थिए ।
यहाँस्थित नेपाली दूतावासका अनुसार दर्ता प्रक्रियामा ३३ हजार अवैध नेपाली सामेल भएका थिए । तीमध्ये कतिपय 'ट्राभल डकुमेन्ट' लिई घर फर्किरहेका छन्् भने बहुसंख्यक वैधता प्रक्रियामा सामेल हुनेछन्् । वैधता प्रक्रियामा सहभागी हुन दूतावासले यसअघि दर्ता प्रक्रियामा सामेल अवैध सबै नेपालीलाई आग्रह गरेको छ । मलेसियाले दिएको तथ्यांकलाई उद्धृत गर्दै दूतावास स्रोतले जनाएअनुसार अवैध र वैध गरी २ लाख ५४ हजार नेपाली मलेसियामा छन्् । यद्यपि ६/७ हजार नेपाली अझै अवैध रूपमा रहेको हुन सक्ने अनुमान गरिएको छ ।
अवैध कामदारलाई वैधता दिने तथा घर र्फकन चाहनेलाई बिनाकानुनी कारबाही र्फकन दिने गरी मलेसियाले ल्याएको यो कार्यक्रम मलेसियाको आप्रवासीसम्बन्धी पहिलो अत्यन्त महत्त्वपूर्ण कार्यक्रम मानिन्छ । यो कार्यक्रमअन्तर्गत वैध भई काम गर्न नचाहने कामदार आगामी डिसेम्बर महिनासम्ममा आफ््नै देश र्फकनुपर्नेछ ।
मलेसियाले आममाफी कार्यक्रममा सहभागी नहुने अवैध कामदार र तिनलाई प्रश्रय दिने रोजगारदातालाई कडा कारबाही गर्ने जनाएको छ । 'यो वैधानिकता प्रक्रिया सकिएपछि यो प्रक्रियामा सामेल नहुने गैरकानुनी कामदार र रोजगारदाताविरुद्ध सरकार कडा कारबाहीमा उत्रनेछ,' उपप्रधानमन्त्री यासिनको भनाइ उद्धृत गर्दै बर्नामाले उल्लेख गरेको छ ।
आश्विन २२, ekantipur

प्रतिक्रिया दिनुहोस् >>


Latest Posts

Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

भोट दिनुहोस् :