टोकार्डो प्रविधिबाट बिजुली


सरकारले नदी/खोलामा ड्याम (बाँध) र सुरुङ नबनाई बगिरहेको पानीबाट सोझै टर्वाइन चलाउने नयाँ टोकार्डो प्रविधिबाट विद्युत् उत्पादन गर्ने लाइसेन्स दिन ऊर्जा मन्त्रालयलाई सैद्धान्तिक सहमति दिएको छ ।
एउटा कम्पनीले टोकार्डो प्रविधिबाट नेपालमा विद्युत् उत्पादनको प्रचूर सम्भावना छ भन्दै प्रस्ताव हालेपछि ऊर्जा मन्त्रालयले त्यससम्बन्धमा आफूलाई अनुमति दिने अख्तियार दिन मन्त्रिपरिषदको सैद्धान्तिक सहमति मागेको हो ।
नदी/खोलामा बाँध बाँध्ने प्रविधिबाट मात्र विद्युत् निकालिँदै आएकामा मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले सैद्धान्तिक सहमति दिने निर्णयले अब ऊर्जा मन्त्रालयलाई टोकार्डो प्रविधिबाट मुलुकमा विद्युत् उत्पादन गर्ने र गराउने बाटो खुलेको छ ।
मन्त्रिपरिषद्को सहमतिको लगत्तै ग्लोटेक इनर्जी नामक कम्पनीले सुनकोसी नदीमा टोकार्डो प्रविधिबाट बिजुली निकाल्ने लाइसेन्स दिन माग गर्दै विद्युत् विकास विभागमा आवेदन दिएको छ ।  ग्लोटेक इनर्जीले मुलुकको चर्को लोडसेडिङको समस्या समाधान गर्न टोकार्डो प्रविधिबाट ठूलोमात्रामा विद्युत् निकाल्न सकिने दाबी गर्दै पहिलो चरणमा सुनकोसीमा ५ सय किलोवाट बिजुली उत्पादनको लाइसेन्स माग गर्दै आवेदन दिएको छ ।
ग्लोटेकले टोकार्डो प्रविधिबाट सुनकोसीमा विद्युत् निकालेर सफल उदाहरण प्रदर्शन गरेपछि उसलाई र अरू कम्पनीलाई समेत यो नयाँ प्रविधिबाट व्यावसायिक रूपमा विद्युत् उत्पादन गर्न अनुमति दिइने जानकारी ऊर्जा मन्त्रालयका एक अधिकारीले दिए । ती अधिकारीका अनुसार यो प्रविधिअनुसार दुईतिर खम्बा राखी नदी/खोलामा टर्वाइन जडान गरिन्छ । नदी/खोलाको बहाव -करेन्ट) ले टर्वाइन चलाइन्छ र विद्युत् उत्पादन गरिन्छ । यो प्रविधिमा नदी/खोलामा बाँध बनाइराख्नु पर्दैन ।
बाँध सुरुङलगायतका ठूला संरचना बनाउनुनपर्ने भएकाले यो प्रविधिबाट एक वर्षभन्दा कम समयमै ठाउँठाउँबाट बिजुली निकाल्न सकिने ऊर्जा मन्त्रालयका अधिकारीले उल्लेख गरे । यस्तो प्रविधिबाट एउटा आयोजनाबाट ५ सय किलोवाटका दरले बिजुली निकालेर केन्द्रीय प्रसारण्ा लाइनमा जोड्न सकिने प्रस्ताव ग्लोटेक इनर्जीले गरेको छ । बाँध र सुरुङ बनाउनुनपर्ने भएकाले यो प्रविधिबाट एउटै नदी/खोलाबाट धेरै ठाउँबाट बिजुली निकाल्न सकिन्छ । मुलुकमा प्रचलित ड्याम बनाउनेभन्दा यो प्रविधिबाट बिजुली उत्पादन गर्दा लागत केही महँगो पर्ने जानकारी स्रोतले दिएको छ । युरोपका स्कान्डेनेभियनमा मुलुकहरूमा यस्तो प्रविधिबाट विद्युत् निकालिएको छ ।    
आश्विन १४, ekantipur

प्रतिक्रिया दिनुहोस् >>


Latest Posts

Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

भोट दिनुहोस् :