कोकको बोतलमा लेदो
Posted by
purwanews
Published on
Saturday, October 1, 2011
रियल जुसले आफ्नो निर्दोषिताको लागि विज्ञापनको बाढी लगाएको केही महिना नबित्दै सुनसरीको धरानमा कोकको बोतलभित्र अखाद्य लेदो पदार्थ भेटिएको छ ।
चिसो पेय पदार्थमा नाम कमाएको कोकाकोलाको यो बोतलमा हेर्नुहोस्, नखोलिएको बोतलमा अखाद्य वस्तु भेटिएको छ । गर्मीको समयमा सबैले स्वाद मानेर पिउने कोक लगायतका पेय पदार्थ समेत अखाद्य रहेको यो बोतलले पुष्टि गर्छ ।
यो कोकको बोतलमा प्रष्ट देखीने गरि कालो तथा सेतो लेदो पदार्थ रहेको छ । सुनसरीको धरानस्थित एक पसलमा भेटिएको यो कोकमा यस्तो लेदो तथा अखाद्य वस्तु भेटिएपछि मानव स्वास्थ्यमा कति ठूलो खेलवाड भइरहेको छ भन्ने छर्लङ्ग हुन्छ ।
नक्कली मिति टाँस गरिएका ७४ हजार कार्टुन रियल जुसको गोदाममा सिल लगाइयो । बारामा कार्यालय रहेको रियल जुस प्रकरणमा त्यहाँका सिडियो र एसपीलाई समेत अनुसन्धानको दायरामा ल्याइएको थियो ।
विवादित रियल जुस स्वस्थकर रहेको भन्दै महानायक राजेश हमाललाई लिएर विज्ञापन बजाइयो, जसको कारण राजेश हमाल समेत विवादमा मुछिएका थिए ।
डाबरको उत्पादन विरुद्ध समाचार सम्प्रेषण गर्ने सञरमाध्यमलाई सके आर्थिक प्रलोभनमा पार्ने, नसके भारतीय दुतावासमार्फत् धम्कीयुक्त पत्र समेत पठाउने काम गरियो । बहुराष्ट्रिय कम्पनीको लापरबाहीका कारण यस्ता अखाद्य पलार्थ धमाधम बिक्री भइरँहदा समेत प्रशासन मौन बसेको छ ।
रियल जुस काण्डमा देखिएको भारतीय हस्तक्षेप र प्रशासनको लाचारीबाट पनि बहुराष्ट्रिय कम्पनिहरुले जनस्वास्थ्यमा झन् ठूलो लापरवाही गरेको प्रष्ट हुन्छ ।
असोज १४, purwanews, video by Shantosh Kafle
प्रतिक्रिया दिनुहोस् >>