विश्वको जनसंख्या ७ अर्ब पुग्यो

विश्वको जनसंख्या ७ अर्ब पुग्यो

विश्वको जनसंख्या ७ अर्ब पुगेको छ । फिलिपिन्सको मनिलामा आज जन्मिएका एक बालकलाई संयुक्त राष्ट्रसंघले प्रतिकात्मक रुपमा ७ अर्वौ मानेको छ । सन १९९९ मा संसारको जनसंख्या ६ अर्ब पुगेको अवसरमा बोस्नीयाका एक बालकलाई  संयुक्त राष्ट्रसंघले ६ अर्ब बालक मानेको थियो ।
संयुक्त राष्ट्र संघले बढ्दो जनसंख्या प्रति गम्भीर चिन्ता जनाएको छ । जनसंख्या वृद्धिसंगै चुनौती पनि थपिएको राष्ट्रसंघको ठहर छ । राष्ट्रसंघले सन् २१०० मा विश्वको जनसंख्या १० अर्ब पुग्ने अनुमान पनि गरेको छ ।
सन् १००० मा विश्वको जनसंख्या ४० करोड थियो । १८०० मा १ करोड पुगेको विश्वको जनसंख्या ४० बर्षमा ३ अर्ब ५० करोडबाट ७ अर्ब पुगेको हो । अहिले विश्वमा हरेक १ सेकेण्डमा ५ जना बच्चाको जन्म हुने गरेको छ भने २ जना व्यक्तिको मृत्यु हुने गरेको छ ।
आज मात्र विश्वमा ३ लाख ५० हजार बच्चा जन्मने अनुमान छ । जसमध्ये भारतमा ७५ हजार बच्चा, नाइजेरियामा १७ हजार बच्चा जन्मने छन् । विश्वको सबैभन्दा धेरै जनसंख्या भएको देश चीनमा भने आज ४६ हजार बच्चा जन्मने अनुमान छ ।
विश्वमा जनसंख्याको वृद्धिदर
सन् १८०४             १ अर्व
सन् १९२७             २ अर्व (१ सय २३ वर्षमा १ अर्वको वृद्धि)
सन् १९५९             ३ अर्व (३२ वर्षमा  १ अर्वको वृद्धि)
सन् १९७४            ४ अर्व (१६ वर्षमा १ अर्वको वृद्धि)
सन् १९८७            ५ अर्व (१३ वर्षमा १ अर्वको वृद्धि)
सन् १९९९             ६ अर्व (१२ वर्षमा १ अर्वको वृद्धि)
सन् २०११             ७ अर्व (१२ वर्षमा १ अर्वको वृद्धि)
unn/kartik 14, 2058

प्रतिक्रिया दिनुहोस् >>


Latest Posts

Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

भोट दिनुहोस् :