आयो 'रा-वन' (फिल्मको विशेषतासहित)
Posted by
purwanews
Published on
Wednesday, October 26, 2011
दीपावलीको अवसर पारेर बलिउड नायक शाहरुख खानको नयाँ सुपरहिरो फिल्म 'रा.वन' फिल्म बुधबार विश्वभरका ३५ सय ठूला स्टेसनहरूबाट एकसाथ रिलिज भएको छ ।शाहरुखको यो फिल्म दक्षिण कोरिया र हङकङमा समेत प्रदर्शन भएको छ । दुबई, लन्डन र टोरन्टोमा फिल्मको एकसाथ पि्रमियर भएको थियो । यो साई फाई फिल्मको सबैभन्दा महत्त्वपुर्ण पक्षचाहिँ लागत हो । तीन करोड डलर लगानीमा यो फिल्म निर्माण गरिएको बताइएको छ । 'अवतार' जस्तै साइन्स फिक्सन भएकाले निर्माण लागत महँगो पर्न गएको निर्माण पक्षको दाबी छ । यो बलिउडकै अहिलेसम्मको सबैभन्दा महँगो फिल्म हो ।
शाहरुख र इरोज इन्टरटेनमेन्टले संयुक्त रूपमा निर्माण गरेको फिल्मको चर्चा पटकथा लेखनको बेलादेखि नै भएको थियो । शाहरुखले सबभन्दा पहिले जनवरी १ मा एक समाचारपत्र मार्फत् पहिलोपटक फिल्मसम्बद्ध आफ्नो तस्बिर सार्वजनिक गरेका थिए । यसपछि विश्वकपको बेला उनले फिल्मको ट्रेलर सार्वजनिक गरे ।
यो फिल्मले वलिउडमा हालसम्मकै सबैभन्दा बढी व्यापारको किर्तिमान राख्ने आशा निर्माण पक्षको छ । वलिउडमा आमिर खानको थ्री इडियट, रजनिकान्तको रोबर्ट, सलमानको दबंग र बडीगार्डले व्यवशायिक किर्तिमान कायम गरेका छन् ।
बितेको एक महिनामा शाहरुखले फिल्मको प्रचारप्रसारका लागि विभिन्न आठ सहरको यात्रा समेत गरेका छन् । साथमा 'इन्डियाज गट ट्यालेन्ट', 'जस्ट डान्स', 'सारेगम लिटिल च्याम्स' जस्ता टिभी रियालिटी सोलाई पनि प्रचारको माध्यम बताएका थिए । प्रचारकै लागि उनले 'कौन बनेगा करोडपति' को हट सिटको समेत प्रयोग गरेका थिए ।
रावनसँग सम्बन्धित केही रोचक तथ्यहरु :
- फिल्मको ५०० थ्री डी संस्करण समेत रिलिज हुँदैछ ।
- फिल्म तत्काललाई तमिल र तेलुगु भाषामा समेत डब हुँदैछ ।
- फिल्मका निर्देशक अनुभव सिन्हा र शाहरुख खानले यो फिल्म बनाउनको लागि विभिन्न भाषामा बनेका ६०० वटा सुपरहिरो फिल्म हेरेका थिए ।
- शाहरुखको यो फिल्ममा ओस्कार विजेता रेसुल पोकुट्टीले स्पेशल इफेक्ट दिएका छन् भने अडियो डविङ अमेरिकाको लस एन्जल्समा भएको थियो ।
- भारतमा ३५०० वटा भिएफएक्स स्पेशल इफेक्टको प्रयोग गरीएको यो पहिलो फिल्म हो ।
- लण्डन, पेरिस, बैंकक र अमेरिकाका धेरै नामी स्टुडियोहरुमा यो फिल्मको स्पेशल इफेक्ट तयार गरिएको छ ।
- फिल्ममा अभिनयको लागि चिनिँया नायक ज्याकि च्यानलाई समेत आग्रह गरिएको थियो । तर पछि उनको भुमिका चिनियाँ, अमेरिकी अभिनेता टम वु ले निभाएका छन् ।
- विश्वविख्यात गायक एकाँनले यो फिल्ममा दुई वटा गाना गाएका छन् । छम्मकछल्लो र क्रिमिनल बोलका दुई गीत यिनै गायकले गाएका हुन् ।
- शाहरुखले फिल्ममा लगाएको लुगा सिलिकन, स्टाइरोफोम र रवरबाट बनेको छ र निकै भारी पनि छ । यो पोशाक लगाएर सुटिङ सक्दा खानको शरीरको तौल पाँच किलो घटेको थियो ।
- शाहरुखले लगाएको पोशाक र मेकअपको लागि दिनको आठ घण्टा उनले केही खान हुँदैनथियो । त्यसैले शाहरुख खानको लागि यो फिल्म लगानी र स्वास्थ्यका हिसाबमा निकै जोखिमपूर्ण फिल्म हो । सोही अनुसार उनले राम्रो प्रतिफलको समेत आशा गरेका छन् ।
- तमिल भाषाका फिल्मका नायक रजनीकान्त र अभिनेत्री प्रियंका चोपडा समेत फिल्ममा देखिन्छन् भने अमिताभ बच्चनले यो फिल्ममा आफ्नो आवाज दिएका छन् ।
- फिल्मको स्याटेलाइट अधिकार ३५ करोड रुपैयामा बेचिएको छ भने यसको वितरण अधिकार ७७ करोड रुपैयामा बेचिएको छ । शाहरुखको १५० करोड रुपैया फिल्ममा लागेको छ । २५ करोड रुपैया त फिल्मको मार्केटिङमा मात्र खर्च गरिएको छ ।
- यो फिल्म बलिउडको सर्वाधिक महंगो फिल्म हो । यसअघि रजनीकान्त नायक भएको फिल्म रोबर्ट १२९ करोडमा बनेको थियो भने अक्षयकुमारले अभिनय गरेको ब्लु चलचित्र १२९ करोड रुपैयामा बनेको थियो ।
- रावनको प्रमोशनको लागि रावन नामक कम्प्युटर गेम पनि बन्ने क्रममा रहेको छ ।
- दिपावलीमा रिलिज भएको शाहरुख खानको यो तेस्रो फिल्म हो । यसअघि ओम शान्ती ओम र डन दिपावलीमै रिलिज भएका थिए र राम्रो व्यवशाय समेत गर्न सफल बनेका थिए ।





प्रतिक्रिया दिनुहोस् >>