पुर्वाञ्चलमा तिहारको चहलपहल (फोटो फिचर)

पुर्वाञ्चलमा तिहारको चहलपहल जारी छ । विभिन्न साँस्कृतिक कार्यक्रमको आयोजनादेखि किनमेलको लागि बजारमा भीड लागेको छ । तिहारको अवसरमा इटहरीस्थित नमस्ते एफएमले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा नाच्दै सहभागिहरु । लोकगायक तुलसी पराजुलीको गीतमा एफएमका कर्मचारीहरुले समेत रमाइलो गरेका थिए । 



बजारमा तिहारको चहलपहल । मखमली फूलको माला तथा सजावटका सामाग्रीहरु किन्नेको भीड लागेको छ । नेपालमा व्यवशायिक खेती हुन नसक्दा यो वर्ष पनि भारतबाट सयपत्रीको फूल तथा माला आयात गरिएको छ । माला महंगो भएको गुनासो उपभोक्ताको छ ।


फूल मन्जरीले ... तिहारको अवसरमा जागृती क्लबले आयोजना गरेको साँस्कृतिक कार्यक्रममा नृत्य गर्दै किशोरीहरु । तिहारको अवसरमा विभिन्न क्लब तथा संस्थाहरुले विधि साँस्कृतिक कार्यक्रम आयोजना गरेका छन् । नेपाल पत्रकार महासंघ सुनसरी लगायतका विभिन्न संस्थाहरुले देउसी भैलोका कार्यक्रम समेत आयोजना गरेका छन् ।


महासंघको जिल्ला कार्यालयको लागि भवन निर्माण सहयोग संकलनका लागि नेपाल पत्रकार महासंघ सुनसरीले देउसी भैलो कार्यक्रम सुरु गरेको छ । देउसी भैलोले बन्द हड्ताल नगर्न र शान्ती तथा संविधान निर्माणमा ध्यान दिन खबरदारी गरेको छ । अग्रज पत्रकार भवानी बरालको लेखेको व्यंग्यात्मक देउसी उनैले भट्याउँदा सबैले रमाइलो मानेका थिए । 










तपाइको क्लब तथा संस्थाले तिहारको अवसरमा गरेका कार्यक्रम भएमा पूर्वन्युजको ठेगानामा पठाउनुहोस्, यसै पेजमा तपाइको गतिविधि तस्वीरसहित राखिनेछ ।    - पूर्वन्युज
प्रतिक्रिया दिनुहोस् >>


Latest Posts

Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

भोट दिनुहोस् :