राष्ट्र बैंकको अर्को लापरवाही : नम्बर बिनाको नोट
Posted by
purwanews
Published on
Wednesday, October 19, 2011
दशैंको मुखमा एकापट्टी खाली भएको एक सयको नोट फेला परेको सुनसरीमा दशैं लगत्तै एक सय रुपैयाकै अर्को त्रुटीपूर्ण नोट भेटिएको छ । यसपटकको नोटमा नम्बर नै छैन ।सुनसरीमा भेटिएको यो एक सय रुपैयाको नोटमा नम्बर अंकित गरिएको छैन । सुनसरीकोे हाँसपोसाका व्यापारी बिदुर घिमिरेले यो नोट फेला पारेका हुन् । यसैवर्ष छापिएको यो नोटमा पछाडीको भागमा गलत तरिकाले नम्बर छापिएको छ । सुनसरीमै यसरी एक सयका दुई वटा नोट त्रुटीपूर्ण भेटिएपछि यसपटक राष्ट्र बैंकले नोट छपाइ तथा निष्काशनमा ठूलो लापरवाही गरेको अनुमान गर्न सकिन्छ ।
दशैमा दक्षिणा दिन नयाँ नोटको माग अत्याधिक हुन्छ । त्यही आवश्यकता पुरा गर्न राष्ट्र बैंकले नयाँ नोटहरु बजारमा पठाउने गर्छ । राष्ट्र बैंकले यसपटक पनि नयाँ नोटहरु बजारमा पठाएको थियो । तर यसरी पठाइएका नोटहरु त्रुटीपूर्ण भेटिएका हुन् ।
प्याकिङमा नै नोट आउने र त्यस्तै प्याकिङमा नै बजारमा पठाइएको हुँदा त्रुटी भएको हुनसक्ने राष्ट्र बैंकको विराटनगरस्थित क्षेत्रीय कार्यालयले जनाएको छ ।
purwanews, kartik 3
प्रतिक्रिया दिनुहोस् >>