पैसा नहुनेलाई निःशुल्क तालिम


पर्यटनको प्रशस्त सम्भावना रहेको नेपालमा पर्यटकीय क्षेत्रहरु प्रशस्तै छन् । प्राकृतिक सम्पदाको प्रयोग गरेर पनि धेरै नेपाली युवाहरुले आय आर्जन गर्न सक्छन् । तर पछिल्लो समयमा रोजगारीको खोजीमा विदेशीने युवाहरुको ताँती बढ्दो छ । यसरी विदेशिने युवाहरु जोखिमपूर्ण श्रम क्षेत्रमा संलग्न हुने गर्छन् । सीप र क्षमता भएकाहरुले विदेशमा राम्रै अवसर र आम्दानी पाएपनि सीप र दक्षता विना विदेशिएकाहरुले दुःख पाएर फर्किनुपरेका घटनाहरु बारम्बार घट्ने गर्छन् । सकेसम्म स्वदेशमै सीप सिकेर काम गर्ने, विदेशिनै परेमा पनि सीप सिकेर दक्ष भएर जान व्यवशायीहरु सल्लाह दिन्छन् ।
युवाहरुलाई सीपमुलक प्राविधिक तालिम दिने काममा विगत लामो समयदेखि संलग्न इटहरीका कलाकार रोजन राईले इटहरीमा राम्रो तालिम, रोजगार केन्द्र नामक तालिम प्रदायक संस्था खोलेर युवाहरुलाई विभिन्न सीपमुलक तालिम दिन सुरु गरेका छन् । उनीसँग गरिएको कुराकानीको एक अंश प्रस्तुत गरिएको छ ।
कलाकारको रुपमा तपाइलाई धेरैले चिन्छन्, अहिले व्यवशाय सुरु गर्नुभयो नि ।
कला र व्यवशाय एक आपसका शत्रु होइनन् । कलाकार पनि व्यवशायीक हुनुपर्छ र कला सिर्जनासँगै व्यवशायलाई पनि अघि बढाउनुपर्ने भएकोले व्यवशाय सुरु गरेको हुँ । यस अघि पनि होटल सञ्चालन गरिसकेको छु । भने कलाकार उत्पादनको लागि समेत तालिम दिँदै आएको छु । त्यही सीप र ज्ञानलाई प्रयोग गरेर मैले तालिम केन्द्र खोलेको हुँ ।
कला सिर्जना गरेर कलाकार बाँच्न नसक्ने अवस्था हो ?
अहिलेको सन्दर्भमा अलि गाह्रो छ । राज्यले समेत कलाकारहरुको लागि खासै सोचेको छैन । यस्तो अवस्थामा कलासिर्जना बेचेर जीविका चलाउन मुस्किल छ । तर लगावका साथ काम गर्ने हो भने राम्रो आम्दानी समेत गर्न सकिन्छ । मेरै सिर्जनाहरु समेत राम्रै मुल्यमा बिक्रि भएका छन् । हतोत्साहि भने भइहाल्नुपर्ने अवस्था छैन ।
राम्रो तालिम, रोजगार केन्द्र खोल्नुभएको छ, मुख्य उद्देश्य के हो ?
युवाहरुलाई सीप सिकाउने नै केन्द्रको उद्देश्य हो । स्वदेशमै आफ्नो व्यवशाय सुरु गर्न चाहने, राम्रो रोजगारको क्षेत्रमा काम गर्न चाहने वा विदेश जान चाहनेहरुको लागि समेत प्रयोगात्मक रुपमै तालिम दिएर दक्ष बनाउने उद्देश्य हो । युवाहरु जति सीप सिकेर दक्ष हुन्छन्, समाज त्यती नै सुरक्षित र आर्थिक रुपमा दह्रो हुन्छ भन्ने मान्यता हो ।
कस्ता तालिमको व्यवस्था छ ? 
होटलसम्बन्धि सम्पूर्ण तालिमहरु जस्तै वेटर, कुकिङ, हाउस किपिङ, होटल म्यानेजमेन्ट लगायतका तालिम छन् । साथै सेक्युरेटी गार्ड, सिलाइकटाइ, ब्युटिसियन, ड्राइभिङ, मुर्तिकला, हस्तकला, पेन्टिङ लगायत डेढ दर्जन बढी किसिमका तालिम दिन्छौं ।
सीपमुलक तालिम किन आवश्यक छ ?
हातमा सीप भएको मानिसले मात्र आफ्नो दैनिकी चलाउन सक्छ । सीप भएमा भोकै बस्नु पर्दैन । त्यसैले स्वदेशमा वा विदेशमा काम गर्न चाहनेहरुले पनि सीपमुलक तालिम लिनु आवश्यक छ । व्यवहारिक रुपमै सिकाउने हुनाले पनि हाम्रो तालिम केन्द्रमा सीकेको सीप व्यवहारीक र उत्पादनमुलक हुन्छ भन्ने हाम्रो दावी छ ।
तालिम लिएकाहरुलाई कसरी दक्ष बनाउनुहुन्छ ?
तालिमको लागि टाढाबाट सिक्न आउनेहरुलाई बस्ने व्यवस्था छ । तालिम लिनेलाई सम्बन्धीत श्रम क्षेत्रमै लगेर प्रयोगात्मक रुपमा काम गर्ने व्यवस्था छ । उत्कृष्ठलाई काममा लगाइदिने व्यवस्थाहरु समेत छन् । साथै पैसा नहुनेलाई समेत निःशुल्क सिकाउने व्यवस्था छ । प्रत्येक महिना ५ जनालाई त छात्रवृत्ती नै दिने व्यवस्था समेत गरेका छौं । मुर्तिकला, हस्तकला तालिम लिनेहरुको उत्पादनको बजार प्रबद्र्धनमा समेत सहयोग गर्छौं ।
अन्त्यमा ...
सीप भएको मानिसको कदर र आवश्यकता जताततै हुन्छ । त्यसैले सीप सिकेर दक्ष बन्न चाहनेहरुलाई सहयोग गर्न यो तालिम केन्द्रको स्थापना भएको छ । भविष्यमा विभिन्न गैह्रसरकारी संस्थासँग मिलेर युवाहरुलाई स्वरोजगार बनाउन प्रयासरत् छौं । हाम्रो तािलम केन्द्रमा तालिम लिनेलाई रोजगारका क्षेत्रमा समेत सक्दो सहयोग गर्न प्रतिबद्ध छौं । त्यसैले हाम्रो तालिम रोजगार केन्द्रमा सीप सिकौं, स्वरोजगार बनौं ।
प्रतिक्रिया दिनुहोस् >>


Latest Posts

Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

भोट दिनुहोस् :