एउटा अर्को प्रलय : घटना हो कि संकेत मात्र earthquake

दिनभरी पानी परेर शितल भएको पुर्वी नेपाल जाडो आउने अनुमान गर्दैथियो । विश्वकर्मा पुजाको रौनकमा पुर्वी तराईका थारु समुदाय व्यस्त थिए भने दिनभरको वर्षापछि पनि पानी रोकिने छाँट नदेखिएपछि बेलुकाको खाना पकाउने तयारीमा लागिरहेकै बेलामा एक्कासी भुईचालो आयो, मानिसहरुमा भागाभाग भयो । घर, गाउँ, अस्पताल, प्रहरी चौकी, सबैतिर भागाभाग मच्चियो । ज्यान जोगाउनकै लागि मानिसहरु भागाभाग गर्ने क्रममा केहीले ज्यान गुमाए भने धेरै घाइते भए । दर्जनौं संरचनामा क्षती पुग्यो ।
भुकम्पको धक्का जारी रहँदा सबै भगवानसँग प्रार्थना गर्न थालेका थिए । खुला सडकमा निस्केर पुर्वाञ्चलवासीले भगवान गुहारे भने ४५ सालयताको सबैभन्दा ठूलो धक्का पहिलो पटक अनुभव गरिरहेकाहरु समेत त्रस्त बने । भुकम्पको धक्का मत्थर भएसँगै सबैले शान्तीको सास फेरे । तर ढुक्क हुन सकिने अवस्था अझै छैन । किनकी नेपालमा भुकम्पको समय भएकै हो । एउटा घटना त टर्यो । तर सतर्क बस्नुपर्ने आवश्यकता छ ।
भारतीय प्लेटको तीव्र दबाबका कारण नेपाल वर्षेनी तिब्बती प्लेटतर्फ भासिइरहेको छ । जसको कारण समय समयमा ती दुइ प्लेटको घर्षणको कारण भुकम्प जाने गर्छ । यसपटकको भुकम्पको कारण पनि त्यही हुने अनुमान गरिएको छ । किनकी भुकम्प जाने अन्य कारणहरु, ज्वालामुखी विष्फोटनका कुनै घटना दक्षिण एसियामा सम्भव छ्रैन ।
नेपाल र त्यसमा पनि काठमाडौं भुकम्पको उच्च जोखिममा छ । पूर्वाञ्चलमा धरान भुकम्पको लागि सबैभन्दा जोखिमपूर्ण क्षेत्र मानिन्छ । उदयपुरलाई केन्द्र बनाएर ४५ सालमा गएको भुकम्पले पनि धरानमा नै बढी क्षती गराएको थियो । नेपालमा पाँच जनाको मृत्यु भइसक्दा भारतको सिक्किममा २ जनाको मृत्यु भएको खबर छ । केन्द्र सिक्किम भएपनि नेपालमा बढी असर गरेको स्पष्ट छ । यसबाट पनि नेपालमा बढी भुकम्पको खतरा छ भन्न सकिन्छ ।
मापदण्ड विपरीतका घर बनिनु र व्यशवायीक प्रयोजनका लागि कमसल भवन बनाइनुले भुकम्पको कुनैपनि झट्काले निकै ठूलो जनधनको क्षती निम्त्याउने सम्भावना अझै पनि छ । त्यसैले सबै सतर्क भएर रहन पुर्वन्युज अनुरोध गर्छ ।
भूकम्पको केन्द्र विन्दु भारतको सिक्किम रहेको र ६.८ रेक्टर स्केल भुकम्प गएको थाहा भएको छ ।
७:०२ मा फेरी भुकम्पको सानो धक्का महसुस गरीएको थियो । भूकम्पबाट देशभरकै जमिन हल्लिए पछि मानिस त्रासका कारण केही समय खुला सडकमा ओइरिएर कराएका थिए ।
अब आत्तिनु पर्दैन : विज्ञ
एकचोटि भुइँचालो गइसकेपछि फेरि फर्कन्छ। अब आउने झट्का कुन स्तरको होला, धेरैको चासो यही छ। भूगर्भविद्हरू आइतबार मुख्य झट्कापछिको कम्पन कमजोर हुँदै गएकाले 'आत्तिनुपर्ने अवस्था नभएको' बताउँछन्।आइतबार साँझ ६ बजेर २५ मिनेटमा भुइँचालोको मुख्य झट्का आएपछि एक घन्टाभित्र त्यही केन्द्रविन्दुबाट १४ कम्पन रेकर्ड गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख सोमनाथ सोपकोटाले जानकारी दिए। सुरुको दाँजोमा त्यसपछिको कम्पन कमजोर हुँदै गएको उनले बताए।
मुख्य झट्का ६.८ रेक्टर स्केलको थियो। त्यसपछि ४.८, ३ र २ सम्मको कम्पन रेकर्ड गरिएको विभागले जनाएको छ। मुख्य भुइँचालोपछिका कम्पन (आफ्टरसक्स) कमजोर हुँदै गएकाले अझ ठूलो भुइँचालो जाने सम्भावना कम रहेको सापकोटाले जानकारी दिए।
'ठूलो भुइँचालोपछिका धक्का कमजोर हुँदै गएकाले फेरि त्यही केन्द्रविन्दुबाट ठूलो भुइँचालो जाने सम्भावना कम हुन्छ,' भुइँचालो फर्कन्छ भन्ने आमधारणाबारे सापकोटाले भने, 'ठूलो भुइँचालोपछि पनि थप धक्का महसुस हुनु प्राकृतिक कुरा हो, तर मुख्यभन्दा त्यसपछिका झट्का कमजोर हुँदै गएका छन् भने आत्तिनुपर्देन।'
नेपालमा पश्चिमको लमजुङसम्म भुइँचालोको धक्का अनुभव भएको केन्द्रले जनाएको छ। नेपाल भूकम्प प्रविधि अध्ययन समाजका कार्यकारी निर्देशक आमोदमणि दीक्षित भूकम्प फर्कन्छ भन्ने आममान्यता साँचो भएको बताउँछन्। 'यति ठूलो भुइँचालो धक्का महिनादिनसम्म अनुभव हुनसक्छ,' उनले भने, '६ रेक्टरसम्मका आफ्टरसक आउनसक्छन्।'
यस्तो अवस्थामा चर्किएको घर भत्किनसक्ने हुँदा एकचोटि झट्का आइसकेपछि घर सुरक्षित बनाउनेतिर ध्यान दिनुपर्ने उनको सुझाव छ।
भुइँचालोको केन्द्रबिन्दु नेपाल र भारतको सिक्किमको सिमानामा थियो। जमिनको सतबाट १० देखि २० किलोमिटर गहिराइमा यसको केन्द्रविन्दु रहेको विभागले जनाएको छ। दस दिनअघि पनि त्यही क्षेत्रमा ४.३ रेक्टर स्केलको भुइँचालो गएको थियो। यसअघि २०४५ मा ६.५ रेक्टर स्केलको भुइँचालो जाँदा केन्द्रविन्दु ५५ किलोमिटर गहिराइमा थियो।
सिक्किमदेखि कश्मिरसम्म फैलिएको २ हजार ४ सय किलोमिटर लामो हिमालय क्षेत्रलाई भौगर्भिक दृष्टिले संसारकै चलायमान क्षेत्रका रूपमा लिइन्छ। हिमालयको एकतिहाइ करिब ८ सय किलोमिटर नेपालमा पर्छ। nagariknews
भुकम्पका क्षतीहरु क्रमैसँग :
सुनसरी हरिपुर-
झापाको मेचीनगर नगरपालिका–१० काँकडभिट्टाकी एक बालिकाको गएराति भूकम्पले तर्सेर मृत्यु भएको छ। मेचीनगर–१० भानुटोल निवासी कृष्णप्रसाद घिमिरेकी पाँच वर्षीया छोरी आयुषाको यसरी मृत्यु भएको प्रहरीले जनाएको छ।
आमा रेनुको काखमा बसिरहेकी आयुषा भूकम्पका कारण तर्सिएर बेहोस भएकी थिइन्। बेहोस घिमिरेलाई स्थानीय मनिषा मेडिकलमा उपचारका लागि लैजाँदै गर्दा बाटैमा मृत्यु भएको बुबा कृष्ण घिमिरेले बताए
भूकम्पले घरको छत भत्किएर धरान–१३ फुस्रेस्थित नेपाली सेनाको क्याम्प गेट अगाडि बस्ने एक बालक सहित दुई जनाको मृत्यु भएको हो ।
भुकम्पबाट भारतको सिक्किममा पाँच जना र विहारमा दुई जनाको मृत्यु । नेपालसहित मर्नेको संख्या १३ । भारतको सिलगुडीमा भवनहरु खसेको खबर भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
भुकम्पले नेपालसँग सिमाना जोडिएको तिब्बतमा सात जनाको ज्यान लिएको छ भने २२ घाइते भएका छन्। ६.
अन्य क्षतीका विवरण समेत आउने क्रम सुरु भएको छ ।
![]() |
| भारतको सिक्किममा भुकम्पको कारण आफ्नो घरको चर्केको भित्ता देखाउँदै एक व्यक्ति/NDTV |
![]() |
| भक्तपुरमा आफ्नो भत्केको घर हेर्दै स्थानिय/onlinekhabar |
फेसबुकमा कसले के लेखे :
आजै र राती के देखे सपना मै भरी गएको . . . .. ..
४५ सालपछि पहिलो पटक भुकम्पको महसुस गर्न पाइयो ... सिक्किममा चाहिँ ठूलो धक्का पुर्याएको खबरले दुखित तुल्यायो ...
आज गएको भुकम्पले त सातो खायो होलानी हैन ?हामीले त रेडियो नै बन्द गरेर सडकमा गएर मात्रै सास फेरियो................हुनपनि ७.८ रेक्टर स्केलको गएछ अनि..........जे होस् बाँच्न चाहीँ बाँचियो
६.८ रेक्टर स्केलको भुइँचालो जाँदा पनि काठमाडौं सकुशलै छ...
कुनै घटनाको प्रभाव,असर धेरै समय सम्म मलाई नै मात्र पर्छ कि कसो !
२ साता अघि हामी चढेको भेनले ठक्कर दिएर एक मोटरसाइकल यात्रीको मृत्यु भयो बुट्टाबारीमा !
बाँच्न सक्ने मान्छे पनि मर्दा रहेछन दुर्घटनामा...त्यो घटनाको धंगधंगी अझै मेटिएको छैन,
ओहो ! आजको भूइंचालो !! बाफ रे बाफ !! जीवनमै एस्तो अनुभव पहिलो चोटी भयो ...!
अबुई इ इ इ इ ई ई ई इ ई ई .........!!!!!!!!!!!!!!!
Jyan sabai lai pasyo hunchha. Chamber bhawan najikai wheelchair gudauidai pugna sath ekai choti lagatar pritwi hallana thalyo Bijuli Telephone ko pole hallina thalyo chara haru udndna thale Hidna sakne haru ta vagi gaye Ma vane hattaridai kulla thau ko khoji ma euta parking area ma chhire.Thanks to my 6th scence how did I know there war empty space I really dont know
भूईचालो, निक्कै बेर चालो , बाहिर सडकमा निस्के पछि पनि निक्कैबेर हल्लायो। टोलका सबै मान्छेहरू सडकमा निस्किए पछि कोकोहोलो भयो।
इलाममा भाको दादासँग पनि सम्पर्क भो । मोरङ पथरीमा भएकी सानिमासँग पनि सम्पर्क भो फोनमा , सबैलाई ठिकै छ भन्ने जानकारी आयो । म चै आज रातभरी नसुत्ने भएँ ।
Thanx god! we all r fine.
O my god Vhukampa 6.8 recter scale ko bata balbal bachiyo hau.
नब्बे सालको भुकम्पका बारेमा हाम्रा हजुरबा हजुरआमाहरुको अनूभूति सुन्दा हामी दंग पर्दथ्यौ आज त्यस यताकै शक्तिशाली भुकुम्म जादाको त्रासदीपुर्ण क्षण भने हामी आफैले भोग्यौं । बाच्ने आसा खोज्दै सडक किनारमा पुग्दा धेरै खालका अनूभूतिहरु समेत गरियो । राजधानी भुकम्पबाट सधै खतरा रहेकाले त्यसबाट कसरी बाच्न सकिन्छ भन्ने बारेमा अब त केही सोच्ने कि
तँपाईलाई संसारमा सबैभन्दा बढी माया गर्ने मान्छे, भुइँचालो आएको बेलामा जसले तँपाईलाई फोन गर्नुभयो । तँपाईले संसारमा सबैभन्दा बढी माया गर्ने मान्छे, भुइँचालो आएको बेलामा तँपाईले जसलाई फोन गर्नुभयो
मलाइ त बुरुक् बुरुक् उफार्यो साथी हो भुकम्पले।
२०१८ सालमा म ७ बर्षको थिएँ, ९० सालको जस्तै भूकम्प आउँछ भन्ने ठूलो हल्ला थियो। हाम्रा संरक्षकहरूने बारीमा गोठ बनाए र हामी घर छोडेर त्यही गोठमा बस्यौं तर महिना दिन त्यसरी बस्ता पनि भूकम्प आएन र हामी घरमै सर्यौ
सुनसरीका जनताहरु फेरी पनि भुकँप आउने आशंखामा सडमा नै झरी संगै रात विताउने कोसीस गरिरहेका छन् । म पनि भाग्न सक्ने ठाउमा छु ।
He vagwan...katro ber halleko hau???haina yetro prithibi hallaune power ko 6 rai6???
जापानमा March 11 मा गएको 9 स्केलको भुकम्प अघि 7.1 स्केल सम्मका फोरसक गएका थिए रे, त्यसैले अझै ढुक्कसित नबसेकै राम्रो।
भुकम्पको केन्द्रबिन्दु काठमाण्डौको विरेन्द्र अन्तराष्ट्रिय सम्मेलन केन्द्र हुनुपथ्र्यो । नेताहरु कोहि नरहने गरी ।
भुकम्पको धक्का महसूस गर्दा म घरमा छोरीहरुसँग खेल्दै थिएँ । टोलमा एक्कासी हल्ला। चल्यो र रमिता हेर्न सबै बाहिर आयौं
देशैभरी एकैसाथ गएको भुकम्पले सन्त्रास छाएको छ । फेरी फर्कने चिन्तामा सबै जना घर वाहिर सुरक्षित ठाउँमा बसिरहेका छन्
earthquake
प्रतिक्रिया दिनुहोस् >>

