कण्डम सस्तो भएपछि ...

सबैले बुझेकै कुरा हो कण्डम गर्भनिरोधक र यौन रोगबाट सुरक्षाको लागि सम्भोगका बेला प्रयोग हुन्छ । तर कण्डमको प्रयोगलाई यौनसँग मात्र जोडेर हेरियो भने त्यो अपूरो हुने रहेछ ।
केही समय पहिला आएको एक खबरमा भारतको बनारसी सारी बनाउन समेत कण्डमको प्रयोग हुने बताइएको थियो । अहिले फेरी अर्को खबर आएको छ । क्युवामा कण्डमको प्रयोग सम्भोगमा मात्र होइन माछा मार्न पनि प्रयोग गरिन्छ ।
माछा मार्ने ढँडियाको रुपमा कण्डमको प्रयोग गरिन्छ भन्ने सुन्दा धेरैलाई अचम्म लाग्नसक्छ । तर यो कुरा सत्य हो की क्युबामा माछा मार्ने देखि लिएर विभिन्न खेल र समारोहमा बेलुनको सट्टा कण्डम नै फुलाएर राखिन्छ । अभिभावकले आफ्ना बच्चाबच्चीको बर्थ डे पार्टीमा समेत कण्डमलाई बेलुनझै फुलाएर राख्ने गर्छन् ।
अरु सामान निकै महंगो रहेको क्युबामा चिनमा बनेका कण्डम भने निकै सस्तोमा पाइन्छ । त्यहीँ भएर होला यसको खास प्रयोजन नबुझेका बालबालिकाले समेत खेलौना र कार्टुन बनाउन कण्डमकै प्रयोग गर्ने गर्छन् । onlinekhabar


प्रतिक्रिया दिनुहोस् >>


Latest Posts

Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

भोट दिनुहोस् :