इमेज अवार्ड कुन विधामा कसले पाए ?

नेपालकै सवैभन्दा ठूलो म्युजिकल अवार्ड भनिएको ईमेज अवार्डको तेह्रौ संकरण काठमाडौंमा सम्पन्न भएको छ । यो अवार्डमा लाईफ टाईम एचिभमेन्ट अवार्डका रुपमा वरिष्ठ गीतकार कालीप्रसाद रिजाललाई प्रदान गरिएको छ । रिजाललाई दोसल्ला, ताम्रापत्र, अवार्डले सम्मान गरिएको हो । सम्मान पाएपछि गीतकार रिजालले अझै लेख्न अभिप्रेरीत गरेको प्रतिक्रिया दिए । गितकार कालीप्रसाद रिजालले झरेको पात झै भयो, आखा छोपी नरोउ भनी, विहान उठ्ने वितीकै जस्ता चर्चित गितहरु लेखेका छन् ।
अवार्ड कार्यक्रममा नेपाली गीतसंगितका क्षेत्रका चर्चित श्रष्टाहरुको सहभागिता रहेको थियो । काठमाडौंको आर्मी अफिसर्स क्लबमा भएको कार्यक्रममा नेपालका चर्चित गायक तथा गायिकाहरुले आफ्नो संागितिक प्रस्तुती राखेका थिए । अवार्ड विभीन्न २० विधामा प्रदान गरिएको थियो ।


अवार्डको पुर्ण विवरण यसप्रकार रहेको छः
१. सवोत्कृष्ट नव कलाकारः समिर (पि्रय)
२. सर्वोत्कृष्ट समुह गायनः ईथोस व्यान्ड (सुस्तरी)
३. सर्वोत्कृष्ट चलचित्र गितः सुगम पोख्रेल (व्याच नम्वर १६)
४. सवोत्कृष्ट गित मुद्रणः श्यामश्वेत रसाईली (तिमी अर्कै)
५. सर्वोत्कृष्ट संगित संयोजनः महाराज थापा (छुकछुके रेल)
६.सर्वोत्कृष्ट गितकारः गजेन्द्र ताम्लिङ (मुटु माग्यौ तिमीले)
७. सर्वोत्कृष्ट संगितः न्यूह वज्रचार्य (छाएछ वसन्त)
८. सवोत्कृष्ट राष्ट्रिय भावनाले अभिप्रेरीत गितः (वनाउ संविधान)
९. सर्वोत्कृष्ट लोकगितः ढाका टोपी सिरैमा
१०. सर्वोत्कृष्ट लोकदोहोरी गितः एउटा आत्मा छ
११. सर्वोत्कृष्ट एल्वमः वन्ली लभ
१२. सर्वोत्कृष्ट गितः एडि्रन प्रधान (साथी)
१३. सर्वोत्कृष्ट म्युजिक भिडियो सम्पादकः प्रविन श्रेष्ठ (मुग्लान )
१४. सर्वोत्कृष्ट म्युजिक भिडियो छायांकारः विनोद डंगोल (तुवाँलो)
१५. सर्वोत्कृष्ट म्युजिक भिडियो निर्देशकः प्रताप सिं (रंगाउ की)
१६. सर्वोत्कृष्ट म्युजिक भिडियोः लौ छाएछ वसन्त
१७. सर्वोत्कृष्ट गायन पप महिलाः श्रेया सोताङ (नजिक छैन)
१८. सर्वोत्कृष्ट गायन पप पुरुषः दिपेश किशोर भट्टराई (तिम्रो आखा)
१९. सर्वोत्कृष्ट गायन महिलाः निशा देशार (तिम्रो मेरो)
२०. सर्वोत्कृष्ट गायन पुरुषः रामकृष्ण ढकाल (छुकछुके रेल)
यस्तै, यो वर्षको पव्लिक च्वाईसको अवार्ड दिपेश किशोर भट्टराईले प्राप्त गरेका छन् । अवार्ड कार्यक्रम तमकझमकका साथमा आयोजना गरिएतापनि गतवर्षको तुलानामा केही फितलो देखिएको थियो । जेहोस्, नेपाली गतीसंगितको क्षेत्रमा विगत १३ वर्षदेखि आयोजना हुँदै आएको ईमेज अवार्डले गीतसंगितको विकासमा ठूलो योगदान पुर्याएको कुरालाई भने विर्सनु हुँदैन । aswin 8,onlinekhabar
प्रतिक्रिया दिनुहोस् >>


Latest Posts

Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

भोट दिनुहोस् :