इन्टरनेटमा सामान बेचेर कीर्तिमान राख्दै नेपाली
Posted by
purwanews
Published on
Sunday, September 18, 2011
किशोरवयमै लन्डन बसाई सरेका एक नेपालीले अनलाइनबाट विभिन्न बस्तु विक्री गर्ने साइट इबेबाट बेलायतमा सबैभन्दा धेरै सामग्री बेच्न सफल भएको पुष्टि भएको छ।
डारियो लोपेज नामले चिनिने सुदीप गौतम लन्डनमा रहेका पितासँग बस्नका लागि आमासँगै सन् २००२ नोभेम्बरमा बेलायत आएका थिए।
उनले मबाइलका एसोसरी बेच्ने कम्पनीको स्थापना गरे। १३ जना कर्मचारी त्यस कम्पनीको वार्षिक कारोबार तीस लाख पाउन्ड (३५ करोड ५० लाख रुपैया) भन्दा बढी छ।
गौतमले लन्डनमा पसल खोली रहेका छन्। उनका लक्ष्य विश्वभर त्यसको शाखा खोल्ने दीर्घकालीन लक्ष्य रहेको छ।
विभिन्न स्थानमा शाखा रहेको कम्पनीको चर्को प्रतिस्पर्धाको बाबजुद उनको साइट सबैभन्दा ठूलो 'इन्डिभिजुअल बिक्रेता' भएको इबेकी प्रवक्ताले पुष्टि गरेकी छिन्। उनले ५ वर्षभित्र ६ लाख पटक विक्री गरेको छ। राजधानी काठमाडौबाट करिब २ सय ५० किलोमिटर पश्चिममा पर्ने गुल्मीका गौतमलले १३ वर्षको उमेरदेखि व्यापार शुरु गरेका हुन्।
'मैले अर्कै कुराका लागि रकम तिर्नु छ भनि झुठो बोलेर आमाको क्रेडिट कार्ड प्रयोग गरेको वेबसाइट दर्ता गरेको थिए,' उनले बिबिसीसँग भने, 'मैले उहाँलाई वेबसाइट डोमेन दर्ताका लागि १० पाउन्ड(१ हजार १ सय ८० रुपैया) चाहिएको छ भनेको भए। उहाँले मलाई कार्ड प्रयोग गर्न दिनुहुन्थेन। यो रकम नै मलाई सन् २००४ मा इबेबाट सिम कार्ड बेच्नका लागि पर्याप्त थियो।'
गौतमले सन् २००४ मा पसलमा १० पाउन्डमा सिम कार्ड बेच्ने गरेको थिए। उनी त्यसको ५० प्रतिशत कम दाममै सीमकार्ड दिने आपूर्तिकर्ता भेटे। उनी अहिले दैनिक इबेबाट २ हजारभन्दा बढी सामग्री बेच्ने गर्छन भने उनका लन्डनस्थित पसलबाट त्यो भन्दा बढी विक्री हुन्छ।
'मेरा रुची दैनिक प्रयोगमा आउने विद्युतीय सामग्री थियो र मेबाइल उद्योगको विकास हुँदै गएको मैले सीम कार्ड बेच्न थाले,' उनले भने।
एक नम्बरको बिक्रेता हुँदा आफूलाई निकै खुशी रहेको बताउने गौतम गत वर्ष दोस्रो रहेका थिए। त्यस अघिको वर्ष उनी तेस्रो नम्बरमा रहेका थिए।
'हामीले सकेजति चाँडो र प्रभावकारी ढंगले सोधाइ र गुनासोहरु प्रतिक्रिया हामी निकै कडा मिहिनेत गरेर जवाफ दिने गरेका छौ र हामी ग्राहले चाँडोभन्दा चाँडो मगाएको सामना प्राप्त गरोस भन्ने चाहान्छौं,' उनले भने।
उनको कम्पनीको निकै विस्तार भएको सन् २००९ मा गौतम धेरै काम गर्नका लागि अफिसमै सुत्ने गर्दथे।
'म एक बजेतिर सुत्थे र बिहान छ बजेदेखि काम गर्न शुरु गर्थे,' उनले भने। नेपालमा यस्तै प्रकारको कम्पनी खोल्ने विचार छैन भनेर सोधेको प्रश्नमा उनले भने, 'त्यहाँ व्यापार शुरु गर्नका लागि धेरै रकम चाहिन्छ। हुलाक सेवा विश्वनीय छैन र धेरै नेपालीले कम्प्युटर प्रयोग गर्दैनन्। त्यसका अतिरिक्त सुदुर पूर्वबाट निर्यात गर्न पनि कठिन छ। बेलायतमा जस्तो सरल त्यहाँ छैन।'
तर उनले यस्तो प्रकारको कम्पनी नेपालबाट शुरु गर्ने विषयमा दीर्घकालीन योजना छ र उनी 'फेसबुक र ट्वीटर' भन्दा फरक नयाँ समाजिक सञ्जाल शुरु गर्न चाहान्छन। nagariknews
प्रतिक्रिया दिनुहोस् >>