एउटै गाउँका तीन मन्त्री
Posted by
purwanews
Published on
Saturday, September 17, 2011
सप्तरीको कञ्चनपुर गाविसका तीन नेता वर्तमान सरकारमा मन्त्री छन् । करिब-करिब २० मिनेटको दूरीमा उनीहरूका पुख्र्यौली घर छन् ।
अन्य गाविस मिलाएर नगरपालिका घोषित कञ्चनपुरका जेपी गुप्ता, नन्दन दत्त र हेमराज तातेड क्रमशः सञ्चार, कृषि र वातावरणमन्त्री हुन् । उनीहरूमध्ये गुप्ता र दत्तको पुख्र्यौली घर कञ्चनपुर-७ मा हो भने तातेडको घर वडा नम्बर ६ मा छ ।
कृषिमन्त्री दत्त नगरपालिकाको कञ्चनपुर बजारमा बस्छन् भने सञ्चारमन्त्री गुप्ता बजारनजिकै आवासीय क्षेत्रमा बस्छन् । गुप्ताको नजिकै वातावरणमन्त्री तातेड बस्ने गर्छन् । आगामी १ कात्तिकबाट कार्यान्वयन हुने गरी कञ्चनपुरलाई नगरपालिका घोषणा गरिएको हो । आफ्नो गाउँका तीन नेताहरू एकैपटक मन्त्री भएकोमा स्थानीय बासिन्दा हषिर्त भएको वातावरणमन्त्री तातेडका स्वकीय सचिव पीताम्बर कर्णले बताए । उनले भने, 'तीनैजना मन्त्री एउटै गाउँका भएपछि त्यहाँका जनता खुसी छन् ।'
सञ्चारमन्त्री गुप्ता र कृषिमन्त्री दत्त गणतान्त्रिक फोरमका हुन् भने वातावरणमन्त्री तातेड लोकतान्त्रिक फोरमका हुन् । मतदाता नामावलीमा भने सञ्चारमन्त्री गुप्ताको नाम सप्तरीको फत्तेपुर गाविसमा छ भने कृषिमन्त्री दत्तको घर सुनसरीको मधुवनमा पनि छ । ३० भदौ, nayapatrika
प्रतिक्रिया दिनुहोस् >>
