गृहमन्त्रीको गृहजिल्ला : शान्तीसुरक्षा मिल्ला ?

नमुना नेता बन्छु र जनतालाई शान्ती सुरक्षाको प्रत्याभुती दिलाउँछु भन्दै नयाँ गृहमन्त्री विजय गच्छदारले पहाडै खसाउँछु झै गरेर काठमाडौका विभिन्न स्थानमा भाषण दिइरहेकै समयमा उनैको गृहगाविस तनमुनाको छिमेकी गाविस दुहबीबाट एकजना व्यक्तिको फोन आयो । नाम नखुलाउने शर्तमा उसले भन्यो, ‘दुहबीमा साह्रै असुरक्षा भयो । प्रहरी र अपराधि सरोबरी भए, मिडिया भनेको भगवान हो, लेखिदिनुप¥यो ।’
दुहबी सुनसरी र मोरङ औद्यँेगिक करिडोरको सबैभन्दा महत्वपूर्ण क्षेत्र हो । तर दुहबीमै शान्ती सुरक्षा यति फितलो छ कि त्यहाँका उद्योगी र व्यवशायी नै आतंकित बन्ने गरेका छन् । प्रहरीप्रति न त जनताको आशा छ, न छ व्यवशायीहरुकै । प्रहरीलाई फोन गर्दा भुमीगत समुहले चाल पाउने अवस्था छ सो क्षेत्रमा ।

अहिलेका प्रधानमन्त्री विजय गच्छदारको गृहजिल्ला हो सुनसरी । दुहबी नजिकै उनको घर छ । तर उनकै जिल्लामा बारम्बार बम विष्फोटका घटनाहरु बढिरहेका छन् । सुनसरीको इटहरी, धरान र इनरुवामा बारम्बार बम काण्ड भइरहेका छन् । पहाडी जिल्लामा संघर्ष गर्दै आएको खम्बुवान नामक संगठनले इटहरी केन्द्रित भएर बम राख्न थालेपछि यहाँका सरकारी कार्यालय र सर्वसाधारण निकाय त्रस्त बनेका छन् । दुई महिनाको बिचमा सुनसरीका विभिन्न स्थानमा एक दर्जन बम फेला परीसकेका छन् । तर खम्बुवानका पुनम लिम्बुबाहेक कसैलाई पक्राउ गर्न सकेको छैन प्रहरीले । बारम्बार बम काण्ड भइरहनु तर प्रहरीले कभर टिम परिचालन गरेको भनिएपनि उल्लेखनिय उपलब्धी हात पार्न नसक्नुले तिमी कुटेजस्तो गर, म रोए जस्तो गर्नु भन्ने जस्तो अपराधी र प्रहरीबिच साँठगाँठ त छैन भन्ने आशंका समेत उब्जाएएको छ ।
दुहबीको मुख्य राजमार्गमा सम्साँझै मानिस लुटिने र अपहरणमा पर्ने गरेका छन् । दुहबीमा प्रहरी निरिक्षक नेत्र बरुवाल आएदेखि असुरक्षा बढेको गुनासो स्थानियको छ ।
आइतबार साँझ समेत दुहबीमा तीन जना मानिसलाई अज्ञात युवा समुहले लुटपाट गरेको बताउँदै प्रहरी प्रशासनसँग नै डराउनुपर्ने अवस्था उत्पन्न भएको समेत गुनासो गरेका छन् । ‘केही बोलौं भने प्रहरी र गुण्डा सरोबरी छन् ।’ स्थानिय एक युवाले नाम नबताउने शर्तमा भने, ‘देखेपनि नदेखेजस्तो गर्नुपर्छ ।’ उनले बारम्बार आतंकित भएर बस्नुपरेको जनाउँदै कमिसन र घुसखोरी मौलाएका कारण प्रहरीदेखि नै डराउनुपर्ने अवस्था उत्पन्न भएको छ ।
औद्योगिक करिडोर समेत रहेको दुहबीमा पटक पटक लुटपाटका घटनाहरु हुने गर्छन् भने स्थानिय उद्योगका व्यवशायीहरु समेत भुमीगत समुहको चन्दा आतंक खेपिरहेका छन् । प्रहरी प्रशासनलाई उजुरी गर्ने बित्तिकै भुमीगत संगठनका व्यक्तिहरुले फोन गर्ने र धम्क्याउने हुँदा प्रहरी प्रशासनकै संरक्षणमा अपराध हुने गरेको आरोप लगाउँछन् ।
दुई महिना अघि चन्दा माग गर्दै गर्दाको अवस्थामा शशस्त्रले पक्राउ गरेका दुई जना भुमीगत संगठनका कार्यकर्तालाई दुहबीका प्रहरी निरिक्षक नेत्र बरुवालले छाडेका थिए । स्थानिय मैनावती स्टीलबाट चन्दा माग गरी निस्किँदै गरेका बिराटनगरका रामकिशोर चौहान र मोहम्मद कौशरलाई शशस्त्र प्रहरी दुहबीले पक्राउ गरेको थियो । पक्राउ गरेको भोलीपल्टै उनीहरु छुटेका थिए । उनीहरुको साथबाट बन्द भइसकेको सप्तरीको एक पत्रिकाको प्रेसकार्ड समेत बरामद गरिएको थियो । पत्रकारको भेषमा अपराधमा संलग्न ती व्यक्तिलाई समेत प्रहरीले विना अनुसन्धान र कारवाही छाडिदिएको थियो ।
उद्योगले उजुरी नदिएको र भरपर्दो प्रमाण समेत नभएको भन्दै दुहबी प्रहरी प्रमुख बरुवालले उनीहरुलाई छाडेपनि प्रहरी संगठनहरुबिचको समन्वयको अभाव पनि सुरक्षा समस्याको कारकको रुपमा देखा परेको पुष्टि भएको हो ।
दुहबी क्षेत्रमा मात्र दुई दर्जन उद्योगहरु छन् । उद्योगीहरुले समेत बारम्बार चन्दा आतंकका कारण पीडित हुनुपरेको गुनासो गरेका छन् । चन्दा आतंकको बारेमा प्रहरीलाई खबर गर्नासाथ भुमीगत संगठनले थाहा पाएर फोन गर्ने गरेका घटनाहरुले प्रहरीमाथि विश्वास गर्न सकिने अवस्था नरहेको स्थानिय व्यशवायी महेश पोख्रेलले आरोप लगाए । उद्योगपतीहरु प्रहरीमा खबर गर्नमा भन्दा चन्दा दिन नै सुरक्षित महसुस गर्ने गरेको उनले बताए ।
प्रहरी निरिक्षक बरुवाल भने उद्योगमा कुनै असुरक्षाको अवस्था नरहेको बताउँछन् । सुरक्षा गस्तीमा आफैपनि संलग्न हुने गरेको बताउँदै छिटफुट घटना घट्नु र आतंकित बनाउनेका विरुद्ध उजुरी नदिनुले अपराधी पक्राउ गर्न नसकेको जिकिर गर्छन् ।
यता असुरक्षाको कारण त्रसित बनेका सुनसरीवासीहरु प्रहरीको ज्यादती विरुद्ध सडकमा उत्रिएका छन् । शान्ति सुरक्षा फितलो भएको र प्रहरी आफै गुन्डागर्दी र अपराधमा संलग्न भएको आरोपसहित स्थानीय र्सवसाधा™ण प्रहरीविरुद्ध सडकमा उत्रिएका छन् । जनताका लागि शान्ति सुरक्षा दिन प्रहरीहरू कमजोर हुँदै गएको र प्रहरी आफैं अपराधमा संलग्न भएको भन्दै सुनसरीको झुम्का, दुहबी तथा मोरङको बेलबारीका र्सवसाधारण प्रहरी प्रशासनकै विरोधमा सडकमा उत्रिएका हुन् । दिनप्रतिदिन अपराधका घटना बढ्दै गए पनि प्रहरीले शान्ति सुरक्षा दिन नसकेको विरोधमा आइतबारदेखि नै झुम्काका बजार पसल अनिश्चितकालका लागि बन्द भएका छन् ।
झुम्काको जय श्री किराना पसलमा शनिबार लुटपाट भएपछि आक्रोशित व्यापारीहरूले सुरक्षाको माग गर्दै बजार बन्द गराएका हुन् । तीनजनाको समूहले शनिबार पसलका सञ्चालक जय श्री साहलाई पेस्तोल देखाएर नगद ५० हजार रुपैयाँसहित अन्य सामान लुटपाट गरेको थियो ।
बारम्बार हत्या, चोरी, चन्दा आतंक, लुटपाट भइरह“दा समेत प्रशासनले सुरक्षा व्यवस्था कायम राख्न चासो नदेखाएकाले आन्दोलन थाल्नुपरेको उद्योग वाणिज्य संघ झुम्काका अध्यक्ष सगेन चौधरीले बताए । इलाका प्रहरी कार्यालय पकलीका प्रहरी निरीक्षक विपीन गौतमले भने शान्ति सुरक्षाकै लागि दिनरात प्रहरी जनताको सेवामा समर्पित भएको दाबी गरे । उनले घटनामा संलग्नहरूको खोजी भइरहेको तर व्यापारीहरूले भनेजस्तो शान्ति सुरक्षा फितलो नभएको जिकिर गरे ।
यस्तै, दर्ुइ साताअघि पाशविक तवरले हत्या गरिएकी मोरङ बेलबारी-४ की विमला पौडेलको हत्यामा संलग्नलाई अझै प्रहरीले पक्रन नसकेको भन्दै त्यहाँका महिलाले सोमबार दिउँसो प्रहरी प्रशासनविरुद्ध नाराबाजी गर्दै इलाका प्रहरी कार्यालय घेराउ गरेका छन् । गत ४ भदौमा हत्या गरिएकी पौडेलको हत्यामा संलग्नको खोजीका लागि प्रहरी प्रशासनले चासो नदेखाएको भन्दै बेलबारीको नारी विकास संघको नेतृत्वमा आधा दर्जनभन्दा बढी संघ/संस्थाका महिलासहित आएको टोलीले कार्यालय घेराउ गर्दै पर््रदर्शन गरेका हुन् । इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक दर्ुगा थापाले घटनाका विषयमा अनुसन्धान भइरहेको र दोषी पत्ता लाग्नासाथ जनतासामु र्सार्वजनिक गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
यता, सुनसरीको दुहबीका स्थानीयवासीले शान्ति सुरक्षा नपाएको गुनासो गरेका छन् । प्रहरी प्रशासन भूमिगत संगठनसँग मिलेर चन्दा आतंक र गुन्डागर्दी गर्न थालेपछि आफूहरू असुरक्षित भएको गुनासो स्थानीयको छ । दुहबीको मुख्य राजमार्गमा सम्साँझै मानिस लुटिने र अपहरणमा पर्न थालेको भन्दै स्थानीयले प्रहरी निरीक्षक नेत्र बरुवाल आफंैले गुन्डागर्दीलाई बढावा दिएको आरोप लगाएका छन् ।
एकातर्फ गुण्डाराज, अर्कोतर्फ प्रहरीप्रतिको मानिसको गुनासो अनि अविश्वासका बिचमा चर्चित गुण्डा गणेश लामालाई संरक्षण दिएको आरोप लागिरहेका गृहमन्त्री गच्छदारले गृहजिल्लामै शान्ती सुरक्षा मिलाउन सक्ने हुन् कि नसक्ने हुन्, त्यो हेर्न केही दिन प्रतिक्षा गर्नुपर्ने देखिन्छ ।२२ भदौ
प्रतिक्रिया दिनुहोस् >>


Latest Posts

Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

भोट दिनुहोस् :