नेपालबारे विकिलिक्स खुलासा


विश्वभरका गोप्य दस्तावेज सार्वजनिक गर्दै आएको विकिलिक्सले नेपालबारे सार्वजनिक गरेका तथ्यहरु :

कार्यकारी अधिकार हातमा लिने राजा ज्ञानेन्द्रलाई दिल्लीले सचेत गराएको थियो

करिब छ वर्षअघि कार्यकारी अधिकार आफ्नो हातमा लिने तात्कालीन राजा ज्ञानेन्द्र शाहको निर्णयबाट आक्रोशित भारतले उक्त कदमले बहुदलीय प्रजातन्त्रलाई मात्रै नभइ राजतन्त्रलाई पनि क्षति पुर्‍याउन सक्नेबारे उनलाई सचेत गराएको विकिलिक्स्ले खुलासा गरेको छ । अन्ततः त्यसको एक वर्षपछि, १९ दिने जनआन्दोलनसामू राजा ज्ञानेन्द्र घुंडा टेक्न वाध्य भए ।
यहांस्थित अमेरिकी दूतावासबाट प्रेषित गोप्य केबल अनुसार, भारतीय विदेशमन्त्रालयका तात्कालीन नेपाल डेस्क प्रमुख रञ्जित रेले शाही कदमलाई अत्यन्तै खराब परिस्थितिका रुपमा चित्रण गर्दै राजा विरुद्ध राजनीतिक दल र विद्रोही माओवादी एकीकृत हुन सक्ने सम्भावना औल्याएका थिए ।
अमेरिकी अधिकारीहरुसंगको कुराकानीका क्रममा रञ्जितले राजाले परिस्थितिको खराब आंकलन गरेको टिप्पणी समेत गरे । 
भारतको 'अपमान'
सरकार विघटन नगर्न र कार्यकारी अधिकार हातमा नलिन आफूले बारम्बर गरेको आग्रह राजा ज्ञानेन्द्रले नमानेपछि भारतले उक्त घटनालाई आफ्नो अपमानको रुपमा लिएको केबलमा उल्लेख छ । विभिन्न कूटनीतिक र सैनिक सूत्रमार्फत राजदरबारसंग संवाद गर्ने भारतीय प्रयास बेवास्ता गर्ने राजाको कदमलाई भारतले थप अपमानको रुपमा हेरेको केबलमा लेखिएको छ ।
शाही कदम लगत्तै भारत सरकारले जारी गरेको कठोर वक्तव्य र त्यसको भोलिपल्ट विदेशसचिव श्याम शरणले पत्रकार सम्मेलनमा राजाको निर्णयविरुद्ध व्यक्त गरेको धारणाले पनि भारत सरकारको आक्रोश प्रतिविम्बित गरेको थि्द्ययो ।
भारत चीन सम्बन्धमा खटपटको् सम्भावना
शाही कदमपछि उत्पन्न संकटले भारतको विदेश नीति खासगरी चीनसंगको उसको सम्बन्धबारे जटील सवाल पैदा गरेको केबलमा उल्लेख छ । घुमाउरो रुपमा शाही कदमप्रति बेइजिंगको स्वीकारोक्ति र दलाई लामाको कार्यालयहरु बन्द गरी चीनलाई खुशी बनाउन राजाले प्रयास गरिरहेको हुन सक्ने आंशकाबीच भारत र चीनबीचको सम्बन्धमा समस्या आउन सक्ने टिप्पणी अमेरिकी अधिकारीहरुले गर्द्येका छन् ।
भारत र अमेरिका राजदूत फिर्तीको तयारीमा
केबल अनुसार, शाही कदमपछि राजालाई कडा सन्देश दिने उद्देश्यसहित आफ्ना राजदूत फिर्ता बोलाउनेबारे समेत अमेरिका र भारतले विचार गरेका थिए । अमेरिकाले  कुनै राजनीतिक प्रगति नभए दुई साताभित्र राजदूत फिर्ता बोलाउने र त्यसमा आफूलाई साथ दिदैं भारतीय राजदूत पनि फिर्ता बोलाउन भारतीय विदेशसचिव श्याम शरणलाई आग्रह गरेको थियो । त्यसपछि भारतले उक्त कदममा अमेरिकालाई साथ दिने जवाफ शरणले फर्काएका थिए ।
भारतलाई रुस, चीन र पाकिस्तानको डर
नेपाली सेनालाई दिदैं आएको हतियार शाही कदमको विरोधमा रोकेपनि भारतले उक्त रिक्ततताको फाइदा रुस, चीन वा पाकिस्तानले लिनसक्ने चिन्ता अमेरिकी अधिकारीहरुसंग व्यक्त गरेको थियो । रुससंग तात्कालीन सैनिक नेत्तृत्वले एमआई १७ हेलिकप्टर मागेको भन्दै भारतीय अधिकारीहरुले गम्भीर चिन्ता जनाएका थिए ।
भारतीय विदेशसचिव श्यामशरणले कतिसम्म कडा टिप्पणी गरेका थिए भने रुससंग गरिएको नेपाली आग्रह आफूहरुलाई असह्य हुने बताएका थिए । पाकिस्तानी राष्ट्पति पर्वेज मुसर्रफले दरबारलाई सहयोगको हात बढाएकोतर्फ पनि भारत थप संशकित थियो । चीनबाट भने त्यस्तो औपचारिक सहयोगको रिपोर्ट प्राप्त नभएको र आफ्नो चासोबारे चिनियां अधिकारीहरुसमक्ष कुरा राख्ने शरणले बताएका थिए ।
२०६८ भाद्र २२, ekantipur

गोलीठट्ठा सकिएपछि ज्ञानेन्द्रले गद्दी त्यागेको खुलासा

संसारका महत्वपूर्ण गोप्य केवलहरु सार्वजनिक गरिरहेको विकिलिक्सले पछिल्ला केही दिनदेखि नेपालसँग सम्वन्धित केवलहरु धमाधम सार्वजनिक गरिरहेको छ । पछिल्लो केवलअनुसार तत्कालीन राजा ज्ञानेन्द्रले रक्तपान रोक्न नभई नेपाली सेनाको गोली गट्ठा सकिने अबस्था आएपछिमात्र गद्दी त्यागेको खुलासा भएको छ ।

जनआन्दोलन २ भन्दा दुई महिनअघि मात्र नेपाली सेनाका तत्कालीन मेजर जनरल प्रकाशबहादुर बस्न्यातले सेनाका १६ हजार एम १६ हतियारका लागि जम्मा १६ हजार ८ सय थान गोली रहेको भन्दै नेपालस्थित अमेरिकी दूतावासमक्ष बिलौना गरेको दूतावासले वासिङटन पठाएको केवलमा उल्लेख गरिएको छ । एम १६ अमेरिकाबाट किनिएको हतियार हो ।

यस्तै भारतले नेपाली सेनालाई बेचेको २५ हजार थान इन्सास राइफलका लागि पनि १ लाख ३० हजार थान मात्र गोली बाँकी रहेको बस्न्यातले अमेरिकी दूतावासलाई जानकारी दिएका थिए । नेपाललाई हतियार उपलब्ध गराउँदै आएका प्रमुख राष्ट्रहरु भारत, अमेरिका र बेलायतले शाही कु सँगै हतियार दिन छाडेका कारण यस्तो संकट आएको उनले दूतावाससँग गुनासो गरेका थिए ।त्यही समयमा नेपाल भ्रमणमा आएका अमेरिकी उपसहायक मन्त्री डोनाल्ड क्यामसमक्ष सेनापति प्याराजंग थापाले सेनाको नाजुक अबस्थाबारे जानकारी गराएका रहेछन् । क्याम्पले सो जानकारी नेपालस्थित भारतीय राजदूत शिवसंकर मुखर्जीसँग सेयर गरेछन् । जवाफमा मुखर्जीले सेनाको हतियार दुस गुणा बढाएपनि माओवादी बिद्रोह नियन्त्रण गर्न नसक्ने दावी गरेका थिए । दुई देशिय सम्झौताका आधारमा हतियार किन्दा कमिसन कम पाइने भएकाले नेपाली सेनाका अधिकारीहरु कालो बजारमा हतियार किन्न चाहेको मुखर्जीले दावी गरेका थिए ।

दाहाल राजनीतिक चतुर्‍याइँ भएका राजनेता

पछिल्ला वर्ष आपसी सम्बन्धमा चिसोपन आए पनि एकताका माओवादी अध्यक्ष पुष्पकमल दाहालबाट भारत निकै प्रभावित भएको र उनलाई राजनीतिक चतुर्‍याइँ भएको नेताका रूपमा नयाँदिल्लीले लिएको विकिलिक्सको खुलासा छ ।
यद्यपि दाहालबारे भारतको त्यस्तो बुझाइ धेरै समय टिक्न सकेन । खासगरी सेनापति प्रकरणपछि सरकारबाट माओवादी बाहिरिएलगत्तै नयाँदिल्लीसँग उनको सम्बन्धको दूरी बढ्यो । यहाँस्थित भारतीय दूतावासको गोप्य विद्युतीय खबर (केबल) अनुसार प्रधानमन्त्रीका रूपमा करिब तीन वर्षअघि दाहालले गरेको भारत भ्रमणको मूल्यांकन गर्दै नेपाल हेर्ने तत्कालीन भारतीय सहसचिव प्रीति शरणले अमेरिकी अधिकारीहरूलाई भनेकी छन्, 'दाहाल एक जना गुरिल्ला नेताबाट राजनेतामा रूपान्तरण भएका छन् ।'

नेपालमा भारतका खास चासोबारे ज्यादै सुझबुझ देखाएको उल्लेख गर्दै शरणले सबै राजनीतिक प्रक्रिया सही ढंगले अघि बढे दाहाललेे फेरि पनि ठूलो जनमत प्राप्त गर्ने भविष्यवाणी गरिन् ।
'वास्तवमा नेपालमा भारतीय चासोहरू जस्तै सुरक्षा, राजनीतिक स्थायित्व, नयाँ संविधान निर्माण र आर्थिक विकासबारे पहिले कुरा उठाउनेमा दाहाल नै थिए,' शरणलाई उद्धृत गर्दै केबलमा उल्लेख गरिएको छ ।
केबलका अनुसार भारतीय वार्ताकारहरूसँगको छलफलमा माओवादी लडाकुबारे नेपालले के गर्नेछ भन्ने विषय पहिले दाहालले नै उठाएका थिए । दाहालले जनमुक्ति सेनाभित्र चरम उत्तरपन्थी र चरम दक्षिणपन्थीबीच गहिरो विभाजन रहेको बताउँदै सामान्य रूपमा नेपाली सेनामा समायोजन गरेरमात्रै यी दुवै पक्षको धारणा खारेज गर्न नसकिने उल्लेख गरेका थिए ।
भारतीय वार्ताकारहरूसँगको छलफलका क्रममा दाहालले सन् १९५० को सन्धि पुनरावलोकनको माग, बाहिर देखाउन मात्रै भएको संकेत दिएको केबलमा उल्लेख छ ।
'सन्धिबाट नेपाललाई भइरहेको फाइदाबारे दाहालले महसुस गरेको बताए । तर आफ्नै सरकारभित्रका अन्य माओवादी साथीहरूलाई खुसी बनाउन सन्धि पुनरावलोकनको दृष्टि आफूलाई आवश्यक भएको उनले भने,' शरणलाई उद्धृत गर्दै केबलमा उल्लेख छ ।

कोइराला राष्ट्रपति भए द्वैध शक्ति केन्द्रः दाहाल
संविधानसभा निर्वाचनपछि उत्पन्न राजनीतिक अप्ठ्यारो फुकाउन भारतबाट प्रभावशाली कम्युनिस्ट नेता सीताराम येचुरी नेपाल पुगेका थिए । निर्वाचनमा माओवादी ठूलो राजनीतिक शक्तिका रूपमा उदय भए पनि तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले सहज रूपमा सत्ता हस्तान्तरण गर्न अस्वीकार गरेपछि राजनीतिक संकट उत्पन्न भएको थियो । येचुरीले त्यतिखेर कोइरालालाई आलंकारिक भूमिकाको अन्तरिम राष्ट्रपतिका रूपमा स्वीकार्न दाहाललाई सुझाव दिएका थिए । यद्यपि कोइरालाले राष्ट्रपति र कमान्डर इनचिफ बन्ने इच्छा येचुरीसँग प्रकट गरेका थिए । दाहालले भने कोइराला राष्ट्रपति भए उनले सेना प्रयोग गरी शक्ति बलियो बनाउन सक्ने र त्यसले द्वैध शक्ति केन्द्रको अवस्था सिर्जना गर्नेतर्क गरेको येचुरीले यहाँस्थित अमेरिकी अधिकारीहरूसँग बताएको केबलमा उल्लेख छ । पछि त्यही अस्वीकारोक्ति दलहरूबीच सहमतिको राजनीति अन्त्य गर्ने कारण बन्न पुग्यो ।
येचुरीले त्यतिबेला नै कंग्रेसलाई राष्ट्रपति, माओवादीलाई प्रधानमन्त्री र एमालेलाई संविधानसभाको अध्यक्ष पद दिए राजनीतिक समीकरण सन्तुलित हुने सुझाव दाहाललाई दिएका थिए । उनले प्रधानमन्त्री पदमा दाहाल जानुभन्दा बाबुराम भट्टराईलाई पठाउन उपयुक्त हुने सुझाव दिएको केबलमा उल्लेख छ । भट्टराईलाई प्रधानमन्त्री प्रस्ताव गर्नु पछाडिको कारण भने केबलमा खुलाइएको छैन ।
भाद्र २०, ekantipur

आफ्नै छोरालाई विश्‍वास गर्दैनन् दाहाल
सिङ्गापुरमा कसलाई भेटेका थिए दाहालले ?
माओवादी अध्यक्ष पुष्पकमल दाहालले आफ्नै छोरा प्रकाश दाहाललाई विश्‍वास गर्दैनन्, किनभने उनी धेरै रक्सी पिउँछन् र भरपर्दा छैनन्- अमेरिकी दूतावासले वासिङ्टनस्थित विदेश मन्त्रालयमा पठाएको यो जानकारीको खुलासा विकिलिक्सले गरेको छ।
सन् २००९ को डिसेम्बर १ मा काठमाडौंस्थित अमेरिकी दूतावासका चार्ज डे अफेयर्स र्‍यान्डी डब्ल्यु बेरीले पठाएको यो केबलमा दाहालको बहुचर्चित रहस्यमय सिंगापुर भ्रमणबारे समेत उल्लेख छ। उपचारका लागि तत्कालीन नेपाली कांग्रेस सभापति गिरिजाप्रसाद कोइराला सिंगापुरमा उपचारका लागि गएका बेला दाहाल एक्कासी सिंगापुर उडेका थिए। सिंगापुर भ्रमणका क्रममा उनले क-कसलाई भेटेका थिए भन्नेबारे आजसम्म कसैले स्वतन्त्र पुष्टि गर्न सकेको छैन।
अमेरिकी दूतावासले भने दाहालको टोलीसँगै रहेका एक नेपाली व्यापारी दिनेश मानन्धरमार्फत् उनको सम्पूर्ण गतिविधिको रिपोर्ट भ्रमणको दुई साता नबित्दै वासिङ्टन पठाइसकेको थियो। मानन्धरका अनुसार सिंगापुरमा दाहालले भारतीय कुटनीतिज्ञ र चिनियाँ अधिकारीहरुलाई समेत भेटेका थिए।
'दाहालको सिंगापुर भ्रमणको बिजनेस क्लासको टिकट, बीएमडब्ल्यु कार भाडा र फोर सिजन्स होटलको खर्च सबै सिंगापुरमा मुख्य कार्यालय रहेको कम्पनी स्मार्ट टेलिकमले बेहोरेको थियो', मानन्धरलाई उद्धृत गर्दै दूतावासले आफ्नो केबलमा लेखेको छ, दाहालले सुरुमा भारतीय प्राध्यापक एसडी मुनीलाई भेटेका थिए। मुनी भारत सरकार र नेपालका माओवादीबीच राम्रो सम्बन्ध कायम हुनुपर्छ भन्ने पक्षमा थिए।
दाहालले नेपालका लागि भारतका पूर्व राजदूत केभी राजन र वर्तमान वरिष्ठ अधिकारीलाई समेत भेटेको मानन्धरले बताएका छन्। ती अधिकारीको नाम भने आफूलाई थाहा नभएको मानन्धरले बताएका छन्। आफूले माओवादी प्रतिनिधि मण्डललाई ठाउँमा पुर्‍याइदिने काम मात्र गरेका र बैठकमा सहभागी नभएको कारण आफूलाई बैठकको विषयवस्तुबारे केही थाहा नभएको पनि उनले दूतावास अधिकारीलाई बताए, केबलमा लेखिएको छ।
सिंगापुर भ्रमणकै क्रममा दाहालले दुई पटक चिनियाँ अधिकारीहरुलाई भेटेको पनि मानन्धरले बताएका छन्। चिनियाँ अधिकारीको परिचय भने खुलाइएको छैन।
भारतीय र चिनियाँसँगको प्रारम्भिक छलफलपछि दाहालले सभापति कोइरालासँग आधा घण्टा गोप्य वार्ता गरेको र त्यसपछि कोइरालापुत्री सुजाता र कृष्णबहादुर महराको साथमा थप २० मिनेट वार्ता गरेको केबलमा उल्लेख छ।
भारतीय अधिकारीसँगको छलफलपछि प्रचण्ड निकै खुसीको मूडमा देखिएका थिए, मानन्धरलाई उद्धृत गर्दै केबलमा लेखिएको छ, 'ती भारतीय अधिकारीले नोभेम्बर १७ मा प्रचण्डका लागि रात्रीभोजसमेत आयोजना गरेका थिए।'
आफूलाई महरानिकट तर माओवादी पार्टीको सदस्य नभएको बताउने स्मार्ट टेलिकमका स्थानीय नेपाली साझेदार मानन्धरलाई दूतावासका अधिकारीले माओवादीका अन्य प्रतिनिधि मण्डलमा जस्तै दाहालपुत्र प्रकाश पनि थिए कि भनी दूतावासका अधिकारीले प्रश्‍न राखेका थिए। त्यसको जवाफमा मानन्धरले भनेका रहेछन्, 'उनी थिएनन् किनभने प्रचण्डले उसलाई विश्‍वासै गर्दैन। प्रकाशले धेरै पिउँछन् र भरपर्दा छैनन्।' 
भदौ १९, nagariknews

बोइङ खरिद गर्न आतंकवादी बिल्ला हटाउनुपर्ने माओवादी सर्त
नेपाल वायुसेवा निगमका लागि अमेरिकी कम्पनी बोइङको जहाज खरिद गर्न तत्कालीन माओवादी नेतृत्वको सरकारले आफ्नो दललाई अमेरिकी सरकारले लगाएको आतंकवादीको बिल्ला हटाउनुपर्ने सर्त राखेको विकिलिक्सले खुलासा गरेको छ।
विश्वभरका अमेरिकी दूतावासको गोप्य कागजात सार्वजनिक गर्दै चर्चामा रहेको वेबसाइट विकिलिक्सले नेपालस्थित अमेरिकी दूतावासले वासिंगटन पठाएका २ हजार २ सय ७८ 'केबल'मध्ये शुक्रबार राति सार्वजनिक गरेका केबलबाट यो खुलेको हो।
नेपालमा विमान बिक्रीका प्रमुख सभेदु रायले सन् २००९ सुरुमा नेपाल भ्रमण गर्दा पनि नेपाल सरकारका अधिकारीले यस्तो सर्त पुनः दोहोर्‍याएको उल्लेख छ। उनले सो सूचना त्यस समयमा राजदूतसँग भेट हुँदा नभनेको बताइएको छ।
अमेरिकी दूतावासले २०६५ फागुन ३० मा पठाएको केबलमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालका आर्थिक सल्लाहकार प्रमोद काफ्लेले यस्तो सर्त राखेको जानकारी दूतावासका अधिकारीलाई बोइङका अन्तर्राष्ट्रिय अपरेसन्सका निर्देशक समिर सहगलले दिएको उल्लेख छ। केबलमा काफ्लेले सन् २००८ अन्त्यतिर अमेरिकी विमान कम्पनी बोइङको सियाटलस्थित मुख्यालयको भ्रमणका समयमा त्यस्तो सर्त राखेको उल्लेख छ।
केबलमा अमेरिकी आतंककारी सूचीका कारण विमान बेच्च अप्ठ्यारो पर्नसक्ने भन्दै त्यसो सूचीबाट माओवादीको नाम चाँडै हटाउने सम्भावना रहेको छ भनी प्रश्न गरिएको छ। बोइङका अधिकारीले युरोपेली विमान निर्माण कम्पनी एयरबसले यस्तो अवस्थाको फाइदा लिन नसक्ने बताएका छन्।
नेपालका कम्युनिस्ट नाममात्रका
नेपालका कम्युनिस्ट पार्टी नाममात्रका कम्युनिस्ट पार्टी भएको रिपोर्ट काठमाडौंस्थित दूतावासले पोस्ट गरेको छ। तत्कालीन अमेरिकी राजदूत मालिनोस्कीले २०५८ फागुन २८ गते पठाएको केबलमा टिप्पणी गरिएको छ, 'नेपालका कम्युनिस्ट पार्टीको नाममा कम्युनिस्ट झुन्डिएको भए पनि उनीहरू युरोपतिरका सोसल डेमोक्रेटिक पार्टीहरूजस्तै छन्। एमालेका नेताले त आफूलाई कांग्रेसभन्दा बढी लोकतान्त्रिक भएको दाबी गर्छन्।'
मालिनोस्कीले आफ्नो कार्यकाल अन्त्यतिर एमाले मुख्यालय भ्रमण गरेका थिए। त्यसबेला एमालेले मुख्यालयमा रहेका विश्व कम्युनिष्ट नेताहरूको तस्वीर हटाएको थियो।
चिनियाँ सेना नेपालमा 
दूतावासले २०५९ असोज १० गते पठाएको केबलमा नेपालले भर्खरै खुल्ला गरेको हिमाल आरोहण गर्न गर्न गएका दुई अमेरिकी आरोहीलाई उद्धृत गर्दै उनीहरूलाई चिनियाँ सुरक्षाकर्मीले गोली प्रहार गरेको जनाएको छ। तिब्बत सीमा नजिकै रहेको सो स्थानमा भदौ ३० गते चिनियाँ सुरक्षाकर्मीले आरोहीलाई लक्षित गर्न पाँचपटक गोली प्रहार गरे पनि कोही घाइते नभएको उल्लेख छ।
केबलमा विभिन्न घटनामा शरणार्थीका रूपमा नेपाल प्रवेश गरेका तिब्बती चिनियाँ सुरक्षाकर्मीको आक्रमणमा परेको उल्लेख छ। घटनाबारे अनुसन्धान गर्न नेपाल सरकारलाई समेत अनुरोध गरेको केबलमा उल्लेख छ। 
रावल, महत 'नजिकका', सुजाताको 'क्षमतामाथि शंका', सिटौला 'बेकामे', गौतम 'आक्रामक' 
दूतावासले माधवकुमार नेपालले मन्त्रिमण्डल पुनर्गठन गर्दा महत्वपूर्ण मन्त्रालय सम्हालेका सबै नेताबारे व्यक्तिगत विवरण वासिंगटन पठाएको छ।
२०६६ साउन १३ गते पठाएको केबलमा मन्त्रीहरूको जात, अंग्रेजी कस्तो बोल्छन्, घरमा कोको छन् लगायतका व्यक्तिगत जानकारीसमेत उल्लेख छ। विजयकुमार गच्छदारलाई दूतावासले भ्रष्टाचारमा संलग्न नेता भनेको छ।
माओवादी अध्यक्ष प्रचण्डको नेतृत्वमा सरकारमा रहेका गृहमन्त्री वामदेव गौतमलाई आक्रामक, गिरिजाप्रसाद कोइराला प्रधानमन्त्रीकालका गृहमन्त्री कृष्ण सिटौलालाई बेकामे भन्दै दुवै गृहमन्त्रीको कार्यकाललाई 'निराशाजनक' भनी टिप्पणी गरिएको छ। नेपाल सरकार गृहमन्त्री भीम रावल अमेरिकानिकट भएको भन्दै खुसी व्यक्त गरिएको छ।
ऊर्जामन्त्री प्रकाशशरण महत पनि दूतावासनजिक रहने व्यक्ति भनिएको उक्त टिप्पणीमा सुजाता कोइरालालाई अमेरिकापरस्त तर कार्यक्षमतामा शंका गर्नुपर्ने भएको बताइएको छ।


तिब्बती शरणार्थी भारत छिराउन अमेरिकाको दबाब


अमेरिका आफूलाई कत्रो प्रजातान्त्रिक मुलुक ठान्छ । भन्ने बेला अरूको मुलुकमाथि कुनै दबाब नदिने, आआफु स्वतन्त्र छन् भन्ने गर्छ । तर नेपालमा बसेर उसले चिन विरुद्ध कत्रो षडयन्त्र गर्ने रहेछ भन्ने विकिलिक्सले पछिल्लो पटक नेपालबारे सार्वजनिक गरेको जानकारीले प्रस्ट पार्छ । अमेरिकाले नेपालमा बसेर चिन विरुद्ध काम गर्न नेपाललाई चर्को दबाब दिएको पनि विकिलिक्सले सार्वजनिक गरेको पछिल्लो केवलले देखाउँछ । 
विकिलिक्सले सार्वजनिक गरेको पछिल्लो केवलको जानकारी अनुसार ज्ञानेन्द्रले सत्ता लिएपछि अमेरिकालाई नेपाल भारत र चिनसित भन्दा अमेरिकासित काम गर्न इच्छुक भनेर दलाली गरेका रहेछन् त्यति बेलाका अमेरिकी राजदूत जेम्स एफ मोरियार्टीसित । अनि उनले अमेरिकालाई राजाको शासनलाई साथ दिन निकै जोड गरेका रहेछन् । राजालाई दबाब दिनु भन्दा सहकार्य गर्न भन्दै अनुरोध गरेका रहेछन् पूर्व राजा ज्ञानेन्द्रका तत्कालीन परराष्ट्र मन्त्री रमेशनाथ पाण्डेले । र राजदूत मोरियार्टीलेपनि यदि ज्ञानेन्द्रले शासन सत्ता हातमा लिएर ठीक काम गरे आफूले साथ दिने बताएका रहेछन् । 
राजाको शासनलाई साथ दिन आग्रह गरेका पाण्डेलाई मोरियार्टीले तिब्बती शरणार्थीहरू बोकेको सवारीलाई नेपालले भारत सहजताका साथ जान दिनुपर्ने शर्त राखिहालेछन् । नेपालमा रहेका तिब्बती शरणार्थीलाई पनि उपयुक्त तरिकाले बसोबास गराउन जोड दिएछन् । बहुदलीय प्रजातन्त्रमा राजाको शासनमा दबाब दिएर अमेरिकाले गल्ती गरेको बताउँदै पाण्डेले नेपाल अर्को बर्मा बन्न सक्ने सम्मको चेतावनी दिन भ्याएछन् ।
पाण्डेले प्रमुख पार्टीका नेताहरुनै मुख्य समस्याका रूपमा रहेकोपनि मोरियार्टी समक्ष उल्लेख गरेका रहेछन् । त्यसैले साना पार्टीका नेतालाई लिएर राजाले सरकार बनाएको बताएका छन् । उनले कस्तो हाँसो लाग्दो कुरोपनि सुनाएका छन् । भने- पार्टीहरुलाइ माओवादीले प्रयोग गर्ने छन् राजा विरुद्ध । तर अन्तत: ती पार्टीपनि खत्तम हुन्छन् । नेपाली कांग्रेस पार्टी यति कमजोर छ कि गिरिजा प्रसाद कोइरालालाई केही भयो भने कांग्रेस टुक्रा टुक्रा हुनेछ । त्यसको स्थान माओवादीले लिनेछन् । 
मौकामा चौका हान्नु पर्छ भन्ने सोचेर होला अमेरिकी राजदूत मोरियार्टीले भने पाण्डेलाई तिब्बती शरणार्थीलाई भारत छिराउने कुरोमै जोड दिएछन् । ढिला सुस्ती नगरि तिब्बती शरणार्थीलाई भारत जाने मार्ग दिन दबाब दिएका छन् । तिब्बती शरणार्थी सेन्टर (टि आर आर सी) मा कम्तीमा एक हजार शरणार्थी रहेको र तिनलाई भारत जाने मार्ग तुरुन्तै दिन नेपाल सहमत हुनुपर्ने दबाब मोरियार्टीले दिएका रहेछन् । 

विकिलिक्सको केबल तल हेर्नुस् अंग्रेजीमाS E C R E T KATHMANDU 002811
SIPDIS
SIPDIS DEPT FOR SA/INS E.O. 12958: DECL: 12/14/2015
TAGS: PREL, PTER, PGOV, PREF, PHUM, NP
SUBJECT: FM PANDEY SEEKS SPECIAL, LONG-TERM RELATIONSHIP WITH U.S.
REF: A. KATHMANDU 2565 B. KATHMANDU 2209
C. STATE 223674 D. KATHMANDU 2568
Classified By: Amb. James F. Moriarty, Reason 1.4 (b/d)
Summary ——- 1. (C) On December 14, Foreign Minister Ramesh Nath Pandey emphasized to the Ambassador that HMGN sought a long-term special Nepal-U.S. relationship; Pandey urged the U.S. to change course and use engagement, rather than pressure, with the King. The Ambassador responded that he was authorized to tell the King that if Gyanendra took the right steps, the U.S. would be there for Nepal.
However, he noted, the King’s course since February 1 had brought the country to crisis. The Ambassador pressed FM Pandey to ensure the issuance of exit permits for buses to carry transiting Tibetan refugees to India; to register the Tibetan Welfare Society; and to respond favorably to our proposal to resettle Tibetan refugees long resident in Nepal. The FM was noncommittal, at times seeming to tie these issues to progress on our bilateral relationship, other times terming these “small issues” that would be easily resolved. Pandey said he planned to notify the Bhutanese FM in Dhaka on the margins of a BIMSTEC meeting that Bhutan should begin repatriation within a few months’ time or Nepal would move “to internationalize the issue.” End Summary.
U.S. Should Engage, Not Pressure, the King
——————————————
2. (C) Foreign Minister Pandey stressed that Nepal wanted to have a special, very close relationship with the U.S., as that was in Nepal’s best interest. He asserted that the U.S. had taken the wrong line in using pressure to try to force the King to take the right steps on multi-party democracy. Instead of using tactics that “could result in Nepal becoming another Burma,” the U.S. should encourage the King to move to multi-party democracy. Pandey argued that if the King knew he could depend on the U.S., “things would be completely different.” The FM also noted that if Nepal did not receive arms from India or the U.S., Nepal would not be short of arms. Later that afternoon, he continued, “a plane of material from one of your best friends” would arrive in Nepal. (Note: DATT went to the airport and observed a UAE chartered cargo plane on the tarmac. We are seeking further details. End Note.)
3. (S) The Ambassador explained that there was a strong sense in Washington that the King needed to take dramatic steps quickly to solve Nepal’s crisis. In response to Pandey’s plea for a relationship based on trust, the Ambassador suggested that the King had shattered that trust and needed to restore it by moving in the right direction. The FM asked that the U.S. provide a roadmap of actions, which he would discuss with the King. The Ambassador reiterated ideas raised in their November 23 meeting (ref A): the King should declare a cease-fire with international monitoring and reach out to the political parties in a real way. He told Pandey that, in his upcoming audience, he would assure the King that if the monarch took the right steps, the U.S. would be there for Nepal.
4. (C) The Foreign Minister complained that the political party leaders were a major problem. Claiming to be a strong supporter of multi-party democracy, Pandey proposed that the King bypass the top Party leaders and encourage middle-tier Party leaders to take a leadership role and join the government. He also worried thatthe Maoists would use the Parties against the King, but then would ultimately finish off the Parties. He decried the Nepali Congress party as so weak that, if something happened to its president, GP Koirala, the Party would splinter into several factions and create a political vacuum that the Maoists would fill. His answer to these problems was that there should be “total understanding between the U.S. and the King.” He offered himself as able to play a role in establishing “total strategic relations between Nepal and the U.S.” He stressed that “whatever issue you ask of me, I will deliver.” The Ambassador noted that Pandey’s proposal would essentially involve decapitating the Parties and was unacceptable. He warned the FM that attempting to manipulate the internal workings of the political parties would not prove a successful strategy for HMGN.
No Clear Answer on Tibetan Refugee Issues
—————————————-
5. (C) The Ambassador explained that, during his early December consultations in Washington, the Hill had expressed considerable concern regarding Tibetan refugee issues. The Ambassador urged Pandey to ensure that the transit of Tibetan refugees proceeded without hindrance. There were about 1,000 Tibetan refugees at the Tibetan Refugee Reception Center (TRRC); Nepal needed to make sure that the process of transiting refugees to India resumed. The Hill had expressed interest in the Tibetan refugee resettlement proposal raised in early October (ref B), to which the FM had not yet responded. The Ambassador also pushed the registration of the Tibetan Welfare Society.
6. (C) The Foreign Minister’s response was ambiguous. He first reiterated that we “should leave these issues with him” and that he would address them, adding that Nepal needed to have a close relationship with the U.S. He later implied that, given the amount of support Nepal had received from the Chinese, there might not be any progress on the issues the Ambassador had raised, unless the U.S. shifted its Nepal policy. The Ambassador emphasized that Tibetan refugee issues were one of the Administration’s and Congress’s key concerns regarding Nepal, and if there were no progress, Nepal could put at risk other parts of the relationship, including development assistancePandey replied that Nepal’s long-term interest was in a relationship with the U.S., not China or India.Will Push Repatriation With Bhutanese FM
—————————————-
7. (C) FM Pandey expressed frustration with the Bhutanese on the lack of progress in repatriating refugees. While stating understanding of Bhutan’s concern about stability, he also worried that RGOB might expel the ethnic Nepalis still living in Bhutan. Pandey said he planned to meet with the Bhutanese FM on December 25 in Dhaka on the margins of the BIMSTEC meeting. He would inform the Bhutanese that repatriation should start within a few months’ time, otherwise Nepal would “internationalize” the issue. He added that Nepal would resume issuing travel documents to the Bhutanese as part of internationalizing the issue. The Ambassador commented that as there currently was nothing guaranteeing that the RGOB would not expel ethnic Nepalis, part of the effort to internationalize the issue should be to take steps to prevent future expulsions. He noted that South Asia Assistant Secretary Rocca had written the Bhutanese FM asking for the SIPDIS terms and conditions for return, and a timeline (ref C). The Ambassador also urged the FM to consider issuing exit permits to allow the resettlement of three vulnerable minor girls (ref D), noting that their resettlement would not ease the pressure on Bhutan to repatriate the refugees from Nepal.
Comment
——-
8. (C) Irrespective of the plane of material that he flagged to us, the Foreign Minister’s repeated pleas to re-establish a special, close relationship show that Nepal is once again seeking U.S. support. We are pushing Tibetan refugee issues hard with other parts of the government, which hopefully will combine to ensure Nepal quickly resumes issuing exit permits to the transiting Tibetan refugees. MORIARTY

२०६८ माघ, nepalplus
विकिलिक्स बारे : कूटनीतिक महाभूकम्प
जन्मेको चार वर्षमै सारा विश्वका महाशक्तिशाली राष्ट्रहरूलाई हल्लाइदिने वेब साइटको नाम हो - विकिलिक्स र यसका संस्थापक हुन् ३९ वर्षे जुलियन असान्ज । उनले यो वेबसाइटमार्फत् अमेरिकाको रक्षा तथा कूटनीतिक क्षेत्रका लाखौं गोप्य दस्तावेज सार्वजनिक गरिदिएर कूटनीतिक गोप्यता भङ्ग गरिदिएका छन् । उनको यो कार्यले विश्व कूटनीतिक गोप्यता भङ्ग भई अमेरिकालगायत विश्वकै सुरक्षा खतरामा परेको भनी सर्वत्र चिन्ता व्यक्त गरिएको छ । यो कार्यले विश्वकूटनीतिक क्षेत्रमा महाभूकम्प गएको छ । कतिपय कूटनीतिज्ञले यसलाई अर्को सेप्टम्बर ११ भनेका छन् । गोपनीयता जोगाउन नसकेको भन्दै कतिपयले अमेरिकी विदेशमन्त्री हिलारी रोेधम क्लिन्टनको राजीनामासमेत मागेका छन् । अमेरिकाको गोपनीयता र प्रतिष्ठामा गम्भीर आघात पारेको यो विषयको छानविन गर्न विशेषज्ञको टोली गठन गरी जिम्मा लगाएको छ भने इन्टरपोलले असान्जलाई पक्राउ गर्न रेड कर्नर नोटिस जारी गरेको छ तर के उनलाई तेगोवध गर्नु उचित हो ? यद्यपि अमेरिकीहरू उनीसँग रिसाएका छन् ।
अफगान र इराक युद्धबारेका अमेरिकी सेनाका गोप्य सूचना यसै वर्ष सार्वजनिक गरेपछि विशेष चर्चामा आएको यो वबेसाइटले पछिल्लो पटक विश्वभरिका २७१ वटा कूटनीतिक नियोगमार्फत् अमेरिकाले विभिन्न मुलुकसँग गरेका कूटनीतिक वार्ता तथा छलफलका अढाई लाखभन्दा बढी गोप्य दस्तावेजहरू सार्वजनिक गर्न थालेपछि यसले विश्वभरि नै सनसनी मच्चिएको छ । अमेरिकाले यो कार्यबाट कूटनीतिक क्षेत्रमा कार्यरत लाखौं कर्मचारीको जीवन खतरामा पर्नुका साथै हजारौंको जागिर जोखिममा परेको भनी चिन्ता र आक्रोश व्यक्त गरेको छ । यस कार्यले विभिन्न मुलुकसँगको कूटनीतिक सम्बन्ध विगि्रने र आतङ्कवादीको मनोबल अरू बढ्ने सम्भावना बढाएको भनी यसका पछि नलाग्न विश्व समुदायलाई आग्रह गरेको छ ।
उता असान्जले भने अमेरिका र उसका सहयोगीले गरेको षड्यन्त्र पर्दाफास गरी वास्तविकताबारे विश्व समुदायलाई सही सूचना दिन र षड्यन्त्रकारी तथा मानवताविरोधी अपराधीलाई जिम्मेवार र उत्तरदायी बनाउन सो कार्य गरेको दावी गरेका छन् । उनले आफूसँग सन् १९९० देखि २०१० सम्मका यस्ता १० लाख गोप्य सूचना भएको बताउँदै उपयुक्त समयमा सार्वजनिक गर्दै जाने बताएका छन् । उनले आउँदो वर्षको सुरूमा आर्थिक तथा वित्तीय क्षेत्रका चर्चित भ्रष्टाचार, अनियमितता र अपराधसम्बन्धी गोप्य दस्तावेजको 'मेगालिक' गरिदिने चेतावनी पनि दिइसेकेका छन् ।
अमेरिकी विदेशमन्त्री क्लिन्टनले विकिलिक्सले सार्वजनिक गरेको कूटनीतिक प्रतिवेदनले विश्वभरका कूटनीतिज्ञको सुरक्षा खतरामा परेको बताउनुभएको छ । उहाँले विकिलिक्सको सो कार्यले विश्व शान्ति र सुरक्षामा खतरा पुगेको आरोप पनि लगाउनुभयो । उहाँले यो कार्यलाई अपराधको संज्ञा दिँदै भन्नुभएको छ- हरेक मुलुकले अन्य मुलुकसँग इमानदारीसाथ गोप्य वार्ता गर्न पाउनु उसको अधिकार हो । सूचना चोर्नेलाई कडा कारबाही गर्नुपर्छ ।
अमेरिकी उपराष्ट्रपतिका पूर्व उम्मेदवार साराह पालिनले त असान्जलाई आतङ्ककारीको दर्जा दिनुपर्ने बताउनुभएको छ । उहाँले असान्जलाई अलकायदा र
तालिवानको दर्जा दिनुभएको छ ।
विकिलिक्सले दुई लाख ५१ हजार २८७ वटा गोप्य प्रतिवेदन सार्वजनिक गर्न थालेपछि अमेरिकालगायत सम्बद्ध मुलुकका नेतामा त्रास छाएको छ । विकिलिक्सले अफगानयुद्धसम्बन्धी ९० हजार थान र इराकयुद्धसम्बन्धी चार लाख थान अमेरिकी सेनाको गोप्य प्रतिवेदन यसअघि नै सार्वजनिक गरिसकेको छ । विकिलिक्सले यी दस्तावेज अमेरिकी रक्षामन्त्रालयको नेटवर्क हृयाक गरी निकालेको हो ।
सन् ९० को दशकको सुरूमा यसको प्रयोग थालिए पनि सेप्टेम्बर ११ को
आक्रमणपछि यसको प्रयोग व्यापक रूपमा गरिएको हो । गोप्य सूचना सवै नियोगमा सजिलैसँग प्रयोग गर्न यसको प्रयोग गरिएको हो । अमेरिकाको रक्षा तथा विदेशमन्त्रालयसँग आवद्ध करिब २५ लाख मानिसले प्रयोग गर्ने भए पनि यसको जटिल पासवर्ड प्रत्येक पाँच महिनामा परिवर्तन गर्ने गरिएको छ ।
विकिलिक्सले नयाँििदल्लीस्थित अमेरिकी दूतवासका तीन हजार ३८, कोलम्बोका तीन हजार २२५, इस्लामावादका दुई हजार २२० वटा गोप्य दस्तावेज प्राप्त गरेको दाबी गरेको छ । विकिलिक्सल यस्ता सूचनाको स्ा्रोत भने खुलाउने गरेको छैन ।
कसले दिए सूचना
विकिलिक्सलाई गोप्य सूचना चुहाएको आरोपमा अमेरिकी मरिन ब्राडली म्यानिङलाई जागिरबाट बर्खास्त गरी सोधपुछ गरिँदै छ । विकिलिक्सले सन् २००७ मा बग्दादमा अमेरिकी अपाचे हेलिकोेप्टरले गोलावारी गरेको भिडिया टेप सार्वजनिक गराउने कार्यमा उनको हात रहेको आरोप लागेको छ । सो आरोप लागेपछि जागिरबाट बर्खास्त गरिएका उनी हिरासतमा छन् । समलिङ्गी भएकी कारण आफूमाथि अन्याय र विभेद गरी जागिरबाट निकालिएको भनी रूष्ट बनेका उनले अमेरिकी गोपनीयता भङ्ग गरिदिने धम्की पनि दिएका थिए । उनले कम्प्युटर नेटवर्कमा गोप्य सूचना समाग्री सङ्कलन गर्ने काम गरेका थिए । अमेरिकाको ओक्लोहामाका वासिन्दा उनी पछि वेल्समा बसाई सरेका हुन् ।
को हुन् असान्ज
विकिलिक्सका सञ्चालक ३९ वर्षे जुलियन असान्ज कम्प्युटर हृयाकर हुन् । उनको जन्म उत्तरी अस्ट्रेलियाको क्वीन्सल्यान्डस्थित टाउन्सभिलमा सन् १९७१ मा भएको होे । फिरन्ते जीव्ान बिताउने उनले सधैं एउटा झोलमा कपडा र अर्को झोलामा ल्यापटप कम्प्युटर बोक्ने गर्छन् । उनले सन् २००६ देखि यो वेबसाइट सञ्चालनमा ल्याएका हुन् । फोब्र्स म्यागजिनले विश्वका शक्तिशाली व्यक्तिको सूचीमा असान्जलाई ६८ औं स्थानमा राखेको छ ।
असान्जले वेबसाइट सञ्चालनका लागि नौ सदस्यीय सल्लाहकार समिति बनाएका छन् । विकिलिक्सको सूचना सङ्कलनका लागि विश्वभरबाट आठ सय जना स्व्ायंसेवकले काम गर्ने गरेका छन् । उनी सन् २००७ मा इराकको बगदादमा अमेरिकी सेनाको अपाचे हेलिकोप्टरले सर्वसाधारणमाथि गोली बर्साइरहेको भिडियो सार्वजनिक गरेपछि विशेष चर्चामा आउन थालेका हुन् ।
रेड कर्नर नोटिस जारी
इन्टरपोलले असान्ज सर्वाधिक खोजी गरिएका व्यक्ति भन्दै उनलाई पक्राउ गर्न रेड कर्नर नोटिस जारी गरेको छ । षड्यन्त्रप्रेरित भएको बताउँदै आएका छन् । उनले विकिलिक्सको चुहावट लुकाउन र आफ्नो छवि विगार्न अमेरिकालगायतका मुलुकले यसो गरेको बताएका छन् ।
नेपालसम्बन्धी गोप्य दस्तावेज सार्वजनिक गरिने विकिलिक्सले नेपालसम्बन्धी गोप्य सूचना पनि सार्वजनिक गर्ने बताएको छ । काठमाडौंस्थित अमेरिकी दूतावासले तयार पारेका नेपालसम्बन्धी दुई हजार २७८ वटा दस्तावेज सार्वजनिक गरिने भएको हो । ती दस्तावेजहरू २०५८ माघ १० देखि २०६६ माघ १३ गतेसम्म नेपालका बारेमा अमेरिकी दूतावासले तयार पारी पठाएका गोप्य सूचना सामग्री हुन् । विकिलिक्सका अनुसार तीमध्ये ८४ आतिगोप्य, एक हजार २९९ गोप्य र ७९५ वर्गीकरणविहीन्ा छन् ।
अमेरिकी दूतावासल पठाएको गोप्य दस्तावेजमा माओवादी विद्रोह, नेपाल-भारत सम्बन्ध, राजनीतिक दलहरू र तिब्बती शरणार्थीलगायतका विषय रहेका छन् ।
विकिलिक्सले नेपालसम्बन्धी गोप्य दस्तावेज सर्वाजनिक गर्न लागेकोमा आपत्ति जनाउँदै नेपालका लागि अमेरिकी राजदूत स्कट डेलिसीले ती दस्तावेजले अमेरिकी नीतिको प्रतिनिधित्व नगर्ने स्पष्ट गर्नुभएको छ । उहाँले यसबाट नेपाल र अमेरिकाबीचको सम्बन्धलाई पनि असर नपार्ने विश्वास व्यक्त गर्नुभएको छ । राजदूत डेलिसीले सो विषयमा परराष्ट्रमन्त्री सुजाता कोइरालालगायत परराष्ट्रविद्हरूसित भेट गरी सो प्रकरणले पार्नसक्ने भ्रमप्रति सचेत हुन आग्रह गर्नुभएको छ ।
यसैबीच प्राप्त ताजा समाचारअनुसार असान्जलाई लन्डनमा पक्राउ गरिएको छ । उनीमाथि स्वीडेनमा दुई युवतीसँग यौन अपराध गरेको अभियोग छ । बेलायती वकीलका अनुसार असुरक्षित यौन सम्पर्कबारे विवाद छ । उता असान्ज आरोपको खण्डन गर्दछ । स्वीडेनले असान्जलाई फर्काउने माग गरिरहेको छ । असान्ज यसलाई राजनीतिक मुद्दा बनाइएको बताउँछन् । विकिलिक्सका प्रवक्ताले गिरफ्तारी प्रेस स्वतन्त्रतामाथि प्रहार हो भन्दै दस्तावेज प्रसारित हुनबाट नरोकिने स्पस्ट पारेका छन् ।
युवामञ्च पुस, २०६७

प्रतिक्रिया दिनुहोस् >>


Latest Posts

Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

भोट दिनुहोस् :