बाबुरामको राहत योजना यस्तो छ


सरकारले शुक्रबार राहत कार्यक्रम घोषणा गरेको छ । सिंहदरवारमा प्रधानमन्त्री र अन्य मन्त्रीहरुको उपस्थितिमा अर्थमन्त्री वर्षमान पुनले कार्यक्रम घोषणा गरेका हुन ।कार्यक्रमपछि संचारकर्मीहरुको प्रश्नको जवाफ दिंदै प्रधानमन्त्री भट्टराईले शान्ति र संविधानमा जनताबाट उत्साह जनक उर्जा एंव सहयोग लिन राहतको कार्यक्रम ल्याइएको बताए । उनले आन्तरिक स्रोतको भरपूर उपयोग गर्दै नसकिए आयात गरेर भएपनि लोडसेडिङ कम गर्ने प्रयास गरिने जनाए । उनले राहत कार्यक्रम कागजमा मात्रै होइन व्यवहारमै लागु हुने दृढता व्यक्त गरे । उनले आफू कर्मचारीतन्त्रलाई दोष दिने पक्षमा नरहेको बताउँदै कर्मचारी सक्षम रहेको र उनीहरुलाई राम्रो प्रयोग गर्न सक्नेले राम्रो परिणाम निकाल्न सक्ने बताए ।
(राहत कार्यक्रम डाउनलोड गर्नुहोस्)
उनले द्वन्द्वकालमा कब्जा गरिएका सम्पत्ति धेरै फिर्ता भइसकेको र नभएकालाई तत्काल फिर्ताको व्यवस्था मिलाइने जनाए । उनले राहत कार्यक्रमलाई सफल बनाउन आफ्नो पार्टीको पूरा साथ र सहयोग रहने विश्वास व्यक्त गरे । 'कुनै आशंका नराख्दा हुन्छ,'उनले भने-'पार्टीको जिम्मेवार साथीहरुको सहयोगमा यो कार्यक्रम आएको छ ।' सरकारले कालोबजारी र मँहगी र भ्रष्टाचार नियन्त्रण गरेर जनतालाई राहत पुर्‍याउने कार्यक्रम घोषणा गरेको छ । त्यस्तै,सत्य निरुपण मेलमिलाप आयोग र वेपत्ता पारिएका व्यक्ति सम्बन्धी विधेयकहरु १५ दिन भित्र व्यवस्थापिका संसदबाट पारित गराउने, सेनामा मधेशीका लागि निश्चित संख्यामा भर्नाको थालनी गर्ने,नागरिकता वितरण सहज बनाउने र रहेका बाधा व्यवधानलाई तत्काल हटाउने सरकारले घोषणा गरेको छ । भ्रष्टाचार नियन्त्रण गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा छुट्टै इकाई स्थापना गर्ने, युवा स्वरोजगारका लागि २ लाख रुपैयाँ ऋण दिने, जेष्ठ नागरिक,एकल महिला,अपांग र लोपोन्मुख जातिलाई राज्यले दिंदै आएको मासिक सुरक्षा भताको दुरुपयोग नियन्त्रण गरी श्रावणदेखि पुस सम्मको एकमुष्ट दशैं अगाडि दिने सरकारले घोषणा गरेको छ ।
-कालोबजारी र मिसावट नियन्त्रण गर्न सघनताका साथ अनुगमन गरिनेछ ।
-खाद्य भण्डारण क्षमता वृद्धि गरिनेछ ।
-मँहगी र भ्रष्टाचार नियन्त्रणमा जोड दिइने छ ।
-राजमार्गमा सुरक्षा व्यवस्था सुदृढ बनाउन प्रत्येक ५० किलोमिटरमा सुरक्षा पोष्ट राखिनेछ ।
-मदिरा सेवन गरेर गाडी चलाउनेलाई कारवाही गरिनेछ ।
-निजी काममा लगाईका सुरक्षाकर्मी हटाइने छ ।
-सार्वजनिक बिदा घटाइनेछ ।
-एमआरपी को आवेदन सबै जिल्लाबाट संकलन गर्ने व्यवस्था एक महिना भित्र मिलाइने छ ।
-रासायनीक मलको सहज आपूर्तिको व्यवस्था गरिनेछ ।
-किसानलाई सहज ढंगले ऋणको व्यवस्था गरिने छ ।
-ग्रामीण क्षेत्रमा विद्युत जडान शूल्क लाग्ने छैन ।
-पशु स्वास्थ्य सेवा सार्वजनिक बिदाका दिन पनि उपलब्ध गराइने छ ।
-लोडसेडिङ कम गर्न एक महिना भित्र प्रभावकारी कार्यक्रम ल्याइने ।
-फोहर व्यवस्थापनमा बाधा व्यवधान गर्नेलाई कडा कारवाही गरिने छ ।
-५ सय नेपालीलाई रोजगारी दिएको उद्योगमा सुरक्षाका लागि ५ जना प्रहरी राखिने छ ।
-रिक्सा चालकलाई रिक्सा धनी बनाउन सहुलियत ऋण प्रदान गरिने छ ।
-कर्णालीका दुर्गम जिल्लामा एकीकृत सुपथ मूल्य संचालन ल्याइने छ । खाद्यान्न आपूर्तिमा सहज व्यवस्था गरिने छ ।
-मदिरा र सुर्तीजन्य पदार्थ तोकिएको पसलबाट निश्चित उमेर समूहकालाई बिक्रीको व्यवस्था मिलाइनेछ ।
भाद्र २३, ekantipur
प्रतिक्रिया दिनुहोस् >>


Latest Posts

Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

भोट दिनुहोस् :