मृतक मजदुरलाई बिमा कम्पनिले रकम दियो
Posted by
purwanews
Published on
Sunday, September 4, 2011
एशियन लाइफ इन्स्योरेन्स कम्पनिले सुनसरीको महेन्द्रनगर–८ स्थित एक विमितको परिवारलाई मृत्युपछिको विमा रकम प्रदान गरेको छ ।
हरिदेव सहनी मलाहा का श्रीमती दयावती सहनी मलाहालाई पतिको मृत्युपछि पाँच लाख २५ हजार रुपैया भुक्तानि दिएको हो ।
वैदेशिक रोजगारमा जाने क्रममा सरकारले गरेको अनिवार्य बिमा अन्र्तगत कम्पनिले रकम प्रदान गरेको हो । मलाहको गत जेठ २७ गते साउदी अरेबियामा गाडी दुर्घटनामा परि मृत्यु भएको थियो । कम्पनीका धरान शाखा प्रबन्धक चुडामणि सुवेदी र इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक राजेन्द्र विश्वकर्माले संयुक्त रुपमा एक कार्यक्रमका बिच चेक हस्तान्तरण गरेका थिए ।
सुवेदीले हालसम्म धरान शाखा्बाट १९ जना बिमीतको मृत्युदावी भुक्तानी गरीसकीएको जानकारी दिँदै कम्पनिमा विभिन्न बैकहरु मार्फत बिमाशुल्क जम्मा गर्न सकिने तथा दाबी भुक्तानीमा अन्यन्तै सरल प्रकृया अपनाइएको कारण आफ्नो कम्पनिमा जिवन बिमा गर्नेको सख्या बढ्दो रहेको बताए ।
उनले जिवन बिमा गर्दा रकम तिर्नुनपर्ने बरु केही रकम बिमा कम्पनीमा बचत मात्र गर्नु पर्ने र आर्थिक जोखिम व्यवस्थापनको निर्बीकल्प यन्त्र बिमा मात्र भएको बताए । धरान शाखामा कम्पनिका १२ हजार ग्राहक छन् ।
नेपालमा दर्जनौंको संख्यामा बिमा कम्पनिहरु स्थापना भएका छन् । बिमा कम्पनिप्रति मानिसको विश्वास र आकर्षण बढ्दै गएको छ । आफ्नो कमाइको केही अंश बिमा कम्पनिमा जम्मा गरी जीवनपछि परिवारको सुविधा सुनिश्चित गर्न चाहनेहरुको संख्या बढ्दो छ । वैदेशिक काममा जान चाहने कामदारको अनिवार्य बिमा गर्नुपर्ने नियम नै नेपाल सरकारले ल्याएपछि बिमा गर्ने मानिसको संख्या बढेको अन्य विभिन्न कम्पनिहरुको भनाईछ । भदौ १९, photo by :Sujan Bhandari
प्रतिक्रिया दिनुहोस् >>