आयो गुप्तचर !
Posted by
purwanews
Published on
Tuesday, August 30, 2011
गुप्तचरले शहर बजारका धेरै व्यक्तिको बारेमा धेरै गोप्य कुरा पत्ता लगाएको छ र खोज्दै पनि छ । ती सबैलाई क्रमैसँग खुलासा गर्ने भएको छ ।"अमेरिकाजस्तो विश्वशक्तिका गोप्य भनदा गोप्य दस्तावेज त सार्वजनिक भए भने मैले जड्याहा सज्जनको पोल खोल्दा र भ्रष्टाचारीको गला समात्दा केही विराउँछु जस्तो लाग्दैन । कसले कसलाई कसरी ठग्यो भन्ने बारेमा म खुलासा गर्दै जानेछु ।
अब तपाइ सोच्नुहोला, यत्रिका धेरै सञ्चारमाध्यम छन्, फेरी यो गुप्तचरकै काम किन परो ?
एउटा कुरा के याद राख्नुस् भने, गुप्तचरले त्यस्तो कुरो पत्ता लगाउँछ, जुन कुनै पत्रकारले पनि पत्ता लगाउन सक्दैनन् । फेरी पत्रकारको लागि वातावरण पनि असुरक्ष्ँित छ रे । पुर्वन्युज चलाउने पत्रकारहरुले मसँग यही गुनासो पोखेपछि मलाई पनि केही सहयोग गर्न मन लागो र मैले यो स्तम्भ सुरु गरेको हुँ ।
अब हेर्दै जाउँ, कसको, कसरी पोल खुल्छ । तर गुप्तचर एक्लैले पनि धेरै गर्न सक्दैन । त्यसको लागि तपाइ सबैको सहयोग चाहिन्छ है । गाउँ घरमा कोही कसैले कुनै शंकास्पद काम गरो भने खुसुक्क मलाई भन्नुहोला । मलाई इमेलबाट जानकारी पठाउनुस् । इमेल एड्रेस चाहि यही पुर्वन्युजकै । किनकी छुट्टै इमेल चलाउँदा फरी समस्या पर्छ मलाई । फेरी बिर्सिरहने बानी छ, पासवर्ड बिर्से भने खत्तम । इमेलमा विषय लेख्ने ठाउँमा गुप्तचरको लागि भनेर लेख्नुभयो भने, पुर्वन्युजका कसैले पनि त्यो इमेल खोल्दैनन् र सुरक्ष्ँित मसँग आइपुग्छ ।
अघि पछि यो पुर्वन्युजमा तैले लेखेको कुरो कसरी पढ्ने भनेर सोध्नुहुन्छ भने माथिको निलो बारमा खिचडी भनेर लेख्या छ, त्यसैभित्र एसएमएस र जोक्स सँगै मलाई पनि यसो ठाउँ दिएका छन् । त्यहाँबाट मलाई समात्न सक्नुहुन्छ ।लौ त लागेँ म त सुराकी गर्न । एक दुई दिनमा झकास खबर लिएर आउँछु ।"प्रतिक्रिया दिनुहोस् >>