मृतक व्यक्तिको फेसबुक अपडेट !



मृत्यु भइसकेका व्यक्तिले तपाईंलाई ‘म सम्झिरहेको छु’ भनेर सन्देश पठायो भने के गर्नुहुन्छ ? अझ, परिवार, साथीभाइलाई सन्देश पठाउँदै ‘म चाँडै आउँदैछु, अवतार लिएर’ भन्यो भने के ठान्नुहुन्छ ?
झापाका एक युवकको मृत्युपछि यस्तै सन्देश आएको छ, सामाजिक सञ्जाल फेसबुकबाट । बिर्तामोडस्थित देवी माविका शिक्षक प्रकाश विष्टको साउन २२ गते दुर्घटना भइ उपचारको क्रममा भदौ २ गते सिलिगुडीमा निधन भएको थियो । विहान ३ बजे निधन भएका विष्टकै फेसबुक एकाउन्टमा १७ घण्टापछि स्टाटस अपडेट हुँदै यस्तो सन्देश आएको हो । एकै समयमा दुई वटा सन्देश आएका छन्, जसमा उनले पढाउने विद्यालयका शिक्षक, विद्यार्थीलाई सम्झिरहेको उल्लेख छ ।
विष्टको यस्तो सन्देश देखेर साथीभाइ र परिवार अचम्मित त भए नै, उनीहरु अहिले एकाउन्ट ‘दुरुपयोग’ गर्नेको खोजीमा छन् । विष्टका साथी पत्रकार दीपक अधिकारीले मृत्युबारे शोक व्यक्त गर्दै विष्टको ‘वाल’मा लेखेको सन्देशमा स्वयम् विष्टले नै ‘लाइक’ गरेपछि आईडी र पासवर्ड दुरुपयोगको खुलासा भएको हो । विष्टसँगै निती अर्याल खनालले लाइक गरेका छन् ।
मरेको मान्छेले ‘लाइक’ गरेको देखेर अधिकारीले उनका साथी र मृतकका भाइ किरणसँग सोधीखोजी गरेको सुनाए । उनले भने, ‘प्रकाशको एकाउन्ट दुरुपयोग भइरहेको बारे पत्ता लगाउन अनुरोध गरेँ ।’ मोबाइलबाट स्टाटस अपडेट भएकाले भाइ किरणसँग सोध्दा कसैले प्रकाशको मोबाइल नचलाएको जानकारी पाएको अधिकारीले बताए ।
दुर्घटना हुनुअघि विष्टले असार २३ गते अन्तिम पटक फेसबुकमा फोटो अपलोड गरेका छन् । दुर्घटना भएपछि विज्ञान दाहाल, चन्द्र बाँस्कोटाले शिघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । त्यसपछि पत्रकार अधिकारीले लेखेको सन्देशमा विष्टले नै ‘लाइक’ गरेका छन् । मृत्यु भएको करिब १७ घण्टापछि राति १० बजेर ४ मिनेटमा मोबाइलबाट स्टाटस अपडेट गर्दै उनले आपूmँ अवतार लिएर चाँडै आउने र सोही समयमा आप्mनो स्कुलका शिक्षक र विद्यार्थीलाई सम्झिरहेको सन्देश पठाएका छन् ।
मृतक विष्टको एकाउन्ट दुरुपयोग जसले गरे पनि बेठिक भएको अधिकारीको भनाइ छ । जानेर या नजानेर प्रयोग गरिए पनि समाजमा यसको सन्देश राम्रो नजाने उनले बताए । उनले भने, ‘मृत्युपछि ‘डिजिटल लाइफ’ कसरी व्यवस्थित गर्ने भन्ने सन्देश दिएको छ यो घटनाले ।’ उनका अनुसार ठट्टाको रुपमा लिइने यस्ता गतिविधिले वास्तविक जीवनमा ठूलो असर पार्ने गर्छ । ‘पब्लिक प्लेस भएकाले पनि भोलि फेस गर्नुपर्ने हुन्छ’, उनको तर्क छ । यस्ता आईडीलाई सकेसम्म सङ्गठित भएर व्यवस्थापन गर्न सकिने उनले सुझाव दिए ।
नचाहिँदा सन्देश आउन थालेपछि स्कुलका शिक्षक र विद्यार्थी तनावमा परेको विद्यालयले जनाएको छ । शिक्षकहरुले विष्टको आईडी र पासवर्ड उनकै साथीले प्रयोग गरेको अनुमान गरेका छन् । ‘नहुने कुरा हो’ भन्दै सरहरुले आईडी बन्द गर्न पहल गरिरहेको प्रधानाध्यापक लेखनाथ भट्टराईले बताए ।
मृतकको नामबाट सन्देश आएपछि पवन पौडेल, भुपेश मर्डी, लीलाप्रसाद भण्डारी, चन्द्र बाँस्कोटा, नारायण भण्डारी र विद्यालयका प्रधानाध्यापक भट्टराईले आईडी प्रयोगकर्ताको सोधीखोजी गर्दै कमेन्ट गरेका छन् । नारायण भण्डारीले ११:३९ बजे भनेका छन्, ‘मित्र तिमीलाई हामीले विदा दिइसकेका छौँ तर तिम्रो ‘क्रेजी हार्ट’ले स्वीकार गर्न सकेको छैन ।’ विष्टको एकाउन्टमा यो नै यो अन्तिम सन्देशको रुपमा रहेको छ । रमेश समदर्शी / झापा

प्रतिक्रिया दिनुहोस् >>


Latest Posts

Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

भोट दिनुहोस् :