तिमी लिम्बू की सुब्बा ?
आज भोली कुन्नी किन म लिम्बूहरुले सुब्बा थर लेखिरहेको देख्न पाइरहेको छु । की म भ्रममा पो परेको ? सोच्न पनि बाध्य भइरहेको छु । सुब्बा थर उत्पति भएको हो ? तर त्यो त ममा उत्पन्न भएका भ्रम मात्र त रहेछ । नामको पछाडी सुब्बा लेख्नेहरुलाई पनि सोधेको छु । सुब्बा थर नयाँ उत्पति भएको थर हो ? उत्तरमा पाउछु सुब्बा त लेखेको मात्र हुँ म त लिम्बूनै हो । अर्को प्रश्न गर्छु, हालै सम्पन्न भएको जनगणनामा थर के लेख्नु भो नी ? कति सहज । सुब्बा लेख्दै आएको थिए सुब्बा नै लेखे । अविकसित क्षेत्रमा जन्मेका अशिक्षित व्यतिmको उत्तर भने होइन यो । यो त शिक्षित बुद्धिजिवि भनिएका शहरमा आफ्ना परिचय गुमाएर बसेका कथित लिम्बू भनिएका सुब्बाहरुको उत्तर हो यो ।
सरकारी अहोदाको कुनै पद त होनी सुब्बा, तर किन यसलाई थर बनाइदै छ ? जान्ने बुझ्ने भनिएका सुब्बा थर लेखाउन चाहाने सुब्बाहरुलाई मेरो प्रश्न रहेको छ ।
ए सुब्बाहरु तिमीहरुनै हौ लिम्बू जातीको लागी अभिषापहरु । तिमीहरुको कारणले तिमीहरु त आफै अस्तित्व विहिन बन्दै छौ, त्यति मात्र नभएर लाखौ भावि सन्ततीहरुलाई पनि तिमीहरु सुब्बा बनाउदै छौ । खबरदार तिमीहरुलाई बुझन सक्ने इतिहसका लिम्बू सन्तानहरुले त्यतिकै छाड्ने छैनन् । मितिहरुलाई अर्को प्रश्न । इतिहासको कुन पाना र हामी लिम्बूहरुको मुन्धुमको कुन कुनामा लिम्बूहरुले सुब्बा थर पनि देख्दा, भन्दा हुन्छ भनेर लेखिएको छ । को हाम्रा अग्रज पूर्खाहरुले भनेका छन् हामी सुब्बा पनि होऔ भनेर ? तिमीहरुको नामको पछाडी सुब्बा झुण्ड्याइरहेका छौ ।
अचम्मको कुरा अर्को छ , तिमीहरु थर सुब्बा लेख्छौ तर तिमी के थरी भन्दा लिम्बू भन्छौ । तिमीहरु कुन नैतिकताले म लिम्बू हुँ भनेर गौरव गर्छौ । ताकि तिमीहरु आफ्ना नामको पछाडी लिम्बू लेख्न सक्दैनौ । त्यसैले त तिमीहरु अव चाडै नै गैह्र लिम्बूमा परिणत हुदै छौ । त्यो कुरा तिमि सुब्बाहरुलाई थाह छ कि छैन् । यदी थाहा छैन भने यो स्तम्भकारको स्तम्भलाई आधिकारीक जानकारी रुपमा लिए हुन्छ ।
मितीहरुलाई सर्वविदितै छ । केही समय अगाडी मात्र नेपालमा राष्ट्रिय जनगणना सम्पन्न भएका छ । त्यही गणनामा तिमीहरुले सुब्बा थर लेखेका छौ र तिमीहरुको बलबुताले भ्याए सम्म सुब्बा लेख्न लगाएका छौ । त्यसैले सरकारले अवको तथ्याङ्कमा तिमीहरु लिम्बू नभएर सुब्बा थरीका रुपमा तथ्याङ्कीत गर्दैछ । अनि तिमी सुब्बाहरुको मातृभाषा, संंस्कृति, रितिरिवाज अनि परम्परा के हुन्छ ? त्यो कुरा तिमिहरुले केही सोचिरहेका छैनौ । केही वर्ष अघि सम्म लिम्बू तिमिहरु यो वर्षदेखि साच्चिकै सुब्बा हुने छौ । अनि नेपालमा नयाँ थरको उत्पति भयो भनेर केही दिन सम्म केही सञ्चार माध्यमहरुमा पनि मुख्य समाचार नबन्नला भन्न सकिन्न । जसरी केही वर्ष अगाडी पश्चिम नेपालका आदीवासी भूमिपुत्र राउटेहरु सहरतिर निस्कदा प्रमुख समाचार बनेका थिए ।
तिमी सुब्बाहरु पनि अल्पसंख्यक जातीको हुने छौ । अनि तिमीहरुको नयाँ इतिहास बन्ने छ । र तिमीहरुको पुस्ता देखि सुब्बा थरीहरु पनि नेपाली इतिहासमा रहने छ ।
तिमिहरु जुन दिन देखि नेपाल सरकारले सुब्बामा दर्ता गराउछ तिमिहरुले त्यसै दिनहरु देखिनै अहिले बोल्दै आएको मातृभाषा लिम्बूभाषा बोल्न छाड्नु पर्छ, तिमिहरुले नाच्दा यालाङ, के लाङ, माङ् लाङ नाच्न पाउने छैनौ । मिमीहरुले नया“ भाष, संस्कार संस्कृति, परम्परा विकास गर्नु पर्छ । किनकी वीर लिम्बूवनी लिम्बूका सन्ताहरुले तिमीसुब्बाहरुलाई बाँकी राख्ने छैन । तिमिहरुलाई अधिकार हुने छैन लिम्बूले बोल्ने मातृभाषा बोल्न, त्यतिमात्र होइन लिम्बू संस्कार संस्कृति र रितिरिवज तिमिहरुले मनाउन पाउने छैनौ । किनकी मितिहरु त सुब्बा पो होउत ।
यी सम्पूर्ण कुराहरु गरिरहदा भन्न खोजिएको खास कुरा के हो भने । हालै मात्र सम्पन्न भएको राष्ट्रिय जनगणनामा धेरै लिम्बूहरुले आफ्नो थर–सुब्बा, भाषा–नेपाली, धर्म–हिन्दु लेखाएका छन् । कारण लिम्बू हँदा हुदै सुब्बा बन्न मन पराउने केही व्यतिmहरुले बुझेर या नबुझेर लिम्बूको साटो सुब्बा, किरातको नभएर हिन्दु, लेखाएका हुन । त्यसको असर भने साचो लिम्बूहरुलाई परेको छ । यस प्रकारका कृयाकलापहरुका कारया यो वर्षको जनगणना मार्फत पनि यथार्त तथ्याङ आउन सक्ने कुरामा विश्वास गर्न सकिन्न । किनकी जति संख्यामा लिम्बू हुन पर्ने हो, त्यती संख्यामा लिम्बू तथ्याङ्कमा नभेटीने पक्का छ । यसरीनै केही लिम्बूहरु आफ्नो पहिचा गुमाइ रहेका छन् ।
इतिहासको यो महत्वपूर्ण घडिमा सुब्बा बनिरहेका लिम्बूहरुको कलंक सुब्बाजीहरुलाई अझै पनि दुई मार्ग प्रसस्त छ । आज सम्म आम लिम्बूजातीहरुले तिमिहरुलाई एक पल्टको लागी माफी दिने छन् ता की तिमिहरुमा सत बुद्धी आउन आवश्यक रहेको छ । सुब्बाजीहरुलाई दुई बाटो पुन लिम्बूमा फर्कने र सुब्बा नै भएर जाने । सुब्बाजीहरुले रोज्नु पर्ने अवस्था आएको छ । यति मात्र हो लिम्बू नै हुने हो भने साचो लिम्बू हुनु पर्छ, लिम्बू जातीको भाषा, रितिरिवाज, परम्परा संस्कार संस्कृतिलाई जोगाउदै विकासको बाटोमा लाग्नु पनर्छ । सुब्बा हुने हो भने तिमिहरुले लिम्बू जातीको सबै कुराहरुलाई त्यागेर आफ्नो भाषा, संस्कार, संस्कृति र परम्पराको विकास गरेर लैजानु पर्छ ।
–मिलन लिम्बू
milanlimboo@gmail.com
प्रतिक्रिया दिनुहोस् >>

