मोबाइल सेक्सले झण्डै सत्यानाश !
मिठो स्वरमा कुनै राम्री केटीले फोन गरिन् भने पुरुषहरु के गर्छन् ? अवश्य पनि कुरा गर्छन् र पछि कल ब्याक गर्छन् । अनि बारम्बार फोन । मायामा अडिएको यो संसारमा माया पाउने इच्छा सबै पुरुषमा हुन्छ । त्यसैले फोनमा मिठो मिठो गफ हुन्छ र सम्बन्ध जति गाढा हुदै जान्छ, त्यती नै खुला रुपमा कुरा हुन्छ । तर सावधान, त्यही मोबाइलमा गरिएको गफ तपाइको आजसम्मको मानसम्मानको अचानो समेत बन्न सक्छ ।
समाजमा युवतीमाथि शोषण हुन्छ, न कि युवकमाथि । महिलाहरु हिंसा र यौन शोषणको शिकार हुन्छन् । तर पुरुषहरु पनि महिलाको शोषणमा पर्छन् भन्ने सत्यतालाई स्वीकारीँदैन । नेपालको कानुन नै यस विषयमा मौन छ । जसको फाइदा केही आपराधिक मनोवृत्तीका व्यक्तिहरुले उठाउन थालेका छन् ।
सुनसरीको इटहरीमा यो साता यस्तै घटना घटेको छ । इटहरीस्थित एक क्याम्पस पढाउने एकजना शिक्षक विगत केही हप्तादेखि मानसिक तनाव भोगिरहेका छन् । ट्युसनमा विद्यार्थीले फोनकललाई आधार बनाएर वार्गेनिङ गर्न थालेपछि उनको होस हवास उडेको छ ।
संखुवासभाबाट इटहरी आएर कोठा डेरा लिएर बस्ने गरेकी एक विद्यार्थीले ट्युसन पढाउने क्रममा नजिकिएका एक शिक्षकसँग निरन्तर फोन सम्पर्क गरिन् । शिक्षकको पनि मन त हो, उनी पनि विन्दास कुरा गर्न थाले । विवाहित ती शिक्षकको त्यतीखेर होस हवास उड्यो, जतिखेर मोबाइलमा रेकर्ड गरिएको गफलाई सार्वजनिक गरिदिने धम्की दिँदै दुई लाख रुपैयाको माग गरियो ।
आफूमाथि शिक्षकले यौन शोषण गर्न खोजेको र अश्लिल कुरा बोलेको आरोप लगाउँदै पोल खोलिदिने भन्दै दुई लाख रुपैयाको माग गरीन् । यता शिक्षक पनि हैरान भए । पैसा दिउँ त यौटा गफको त्यती धेरै मूल्य चुकाउनुपर्ला भनेर उनले सोचेकै थिएनन् । नदिउँ भने आजका दिनसम्म कमाएको मानप्रतिष्ठा र पारिवारिक माहौल नै बिग्रिने चिन्ता ।
युवतीले ती शिक्षकलाई करिब एक हप्तासम्म मानसिक तनाव दिइन् । युवतीले वार्गेनिङ गरेर पाउने दुई लाख रुपैयाको भागवण्डामा केही युवा र उनलाई ढाडस दिने उनकै महिला मित्रहरु सहभागि थिए ।
पुर्वाञ्चलको एक टेलिभिजनमा प्रशारण हुन थालेको एक टेलिसिरियलमा अभिनय गरी फिल्मी दुनियामा समेत प्रवेश गरेकी ती युवती पुरुष सहकर्मीहरुलाई साथमा लिएर रकम वार्गेनिङमा उत्रिएपछि पिडित शिक्षक स्थनिय नेताहुँदै प्रहरीको शरण लिन बाध्य भए । प्रहरीकै पहलमा इलाका प्रहरी कार्यालयमा सबै पक्षलाई बसाएर छलफल थालियो ।
गत शनिबार भएको छलफलमा पहिला त प्रहरीले पनि ती युवतीको पक्ष लिएर वकालत गर्दै थिए । ‘यदि शिक्षकले ती युवतीलाई यौनको लागि फोनबाट बाध्य बनाउन खोजिएको भए मुद्धा चलाउने विचार थियो ।’ इलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक महेन्द्र श्रेष्ठले भने । तर छलफलमा भइदियो उल्टो । छलफलकै बिचमा ती युवतीले अश्लिल शब्द प्रयोग गर्दै शिक्षकलाई गाली गरेपछि विवाद मिलाउन उपस्थित सबै झस्के । आफ्नो संवेदनशील अंगमा इशारा गर्दै ‘तैले यसैको लागि यत्रो गरेको होइन ?’ भनेर भनेपछि छलफलमा उपस्थित सबैमा भागाभाग भयो । यसपछि छलफलको माहौल नै अर्कै भयो । ‘छलफलकै क्रममा ती युवतीले अश्लिल शब्दमा शिक्षकलाई गाली गर्न थालेपछि म पनि सोच्न बाध्य भएँ ।’ इलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक महेन्द्र श्रेष्ठले भने । अस्वभाविक व्यवहार देखाएपछि शिक्षकलाई माफि माग्न लगाएर सहमती गरियो ।
पहिला फोनमा जस्तो सुकै संवादको लागि बाध्य बनाउने र कुरा गरिसकेपछि त्यही फोन संवादलाई आधार बनाएर रकम वार्गेनिङ गरेको घटना प्रकाशमा आएको पहिलो घटना हो । तर यस्तो अपराधले संस्थागत रुप नलियोस् । पूर्वन्युज
प्रतिक्रिया दिनुहोस् >>