युवाहरुको फायरपछि इटहरी दिनभर तनावग्रस्त


विहान नेपाली काँग्रेसका सक्रिय कार्यकर्तालाई गोली प्रहार गरेको चार घण्टा नबित्दै् इटहरीको जुटविकास टोलमा पुगेका काँग्रेस युवाहरुले हवाइ फायर गरेका छन् । घरेलु हात हतियार र पेस्तोल सहित कार र मोटरसाइकलमा पुगेका युवाहरुले दिन दहाडै पेस्तोल पड्काउन थालेपछि स्थानियवासीले सुरक्षाको माग गर्दै इलाका प्रहरी कार्यालय इटहरी घेराउ समेत गरे ।
बस काउण्टरको विषयमा भएको विवादमा बुधबार विहान युवासँघनिकट युवाहरुले काँग्रेस कार्यकर्ता राजकुमार राईलाई गोली प्रहार गरेका थिए । त्यसको चार घण्टा पछि एमाले जिल्ला सदस्य रुपेश बजगाईको घर घेर्न पुगेका काँग्रेस निकट युवाहरुले एक दर्जन हवाइ फायर गरेका थिए ।
युवाहरुको हवाइ फायरपछि आतंकित स्थानियवासीले घर घरबाट ढुंगा तथा बोतलले प्रतिकार गरेका थिए । सो क्रममा प्रहरीले समेत सुरक्षा दिन नसकेको स्थानियको आरोप छ । प्रहरीको गस्ती नजिकै भएतापनि सुरक्षा दिन नसकेको उनीहरुको भनाई छ । प्रहरीले भने दुवै घटनामा संलग्न १२ जनालाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा काजी दहाल, कपिल गुरुङ, अमृत चौधरी लगायत रहेका छन् ।
आफ्नै टोलमा हवाइ फायर भएपछि आतंकित जुटविकास टोलका स्थानियहरुले शान्ती सुरक्षा कायम र गोली चलाउनेलाई कारवाहीको माग गर्दै किटानी जाहेरी समेत दिएका थिए । उनीहरुले ९ जनाका विरुद्ध किटानी जाहेरी समेत दिएका छन् । स्थानियवासीले काजी दहाल, विशाल ढकाल, अनिल गुरुङ लगायतका विरुद्ध जाहेरि दिएका हुन् ।
यता बम तथा गोलीका त्रासका कारण इटहरीको सुरक्षा व्यवस्था कमजोर हुँदै गएको प्रति सुरक्षा निकायको समेत ध्यानाकर्षण भएको सुनसरी प्रहरी प्रमुख राजु मानन्धरले जनाएका छन् । हिमालय टेलिभिजनलाई प्रतिक्रिया दिँदै एसपी मानन्धरले घटनाको विषयमा बुझेर उचित कदम चालिने र गुण्डागर्दी नियन्त्रण गर्ने प्रतिबद्धता व्यक्त गरे ।
सुनसरी, असार ३०


प्रतिक्रिया दिनुहोस् >>


Latest Posts

Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

भोट दिनुहोस् :