नैतिक पढाउने शिक्षककै नैतिकता गिरेपछि
विद्यालयमा नैतिक शिक्षा पढाउने शिक्षक आफै नैतिक पतनमा प¥यो भने के हुन्छ ? त्यस्ता शिक्षकले पढाएको नैतिक शिक्षाको के अर्थ ? सुनसरीको बक्लौरीस्थित एक किशोरी विद्यार्थी आफ्नै शिक्षकको नैतिक पतनका कारण जीवन र मरणको संघारमा छिन् ।
घरमा एक्लै भएको मौकामा साँझ रात आउने शिक्षक विश्वेश्वर चौधरीले विवाहको आश्वासन र धम्की दिएर पटक पटक यौनसम्पर्क गरेपछि बक्लौरीकी १७ वर्षिया पुजा चौधरी गर्भवती भइन् ।
उनको गर्भ तुहाउन विश्वेश्वरले नै औषधी समेत खुवाइदिए । तर औषधीले नकारात्मक रुप लियो । औषधी खाएको एक महिना बित्यो, रक्तश्राव जारी छ । विहे गर्ने आश्वासनले मख्ख परेकी यी किशोरीले बराहक्षेत्रमा गएर सिंदुर पोते पनि गरिन् । तर शारीरिक सुखका लागि यी किशोरीसँग सम्बन्ध राखेका शिक्षक चौधरी एक महिनादेखि यीनको सम्पर्कमा छैनन् र विद्यालयमा समेत अनुपस्थित छन् ।
चौधरीलाई उपस्थित गराएर नाता कायम गराउन पहल गरिरहेपनि प्रहरीले आर्थिक प्रलोभनमा परेर चौधरीलाई खोज्न चासो नदेखाएको स्थानिय पारालिगल कमिटिकी कार्यकर्ता शारदा कार्कीले बताइन् ।
यता प्रहरीले भने चौधरीको खोजी भइरहेको जनाउँदै पीडितलाई अदालतबाट नाता कायम गराइ अंशको अधिकार लिन सुझाव दिएको छ । करणी नभइ राजीखुसीमै सम्बन्ध राखेकाले कुनै कानुनी उजुर नलाग्ने पकली प्रहरी इन्स्पेक्टर विपिन गौतम बताउँछन् । पीडितको परिवारले पनि फरार शिक्षकलाई पक्राउ गर्न अनुरोध गर्दै शान्ती सुरक्षा कायम गरीपाउँ भन्दै प्रहरी कार्यालयमा निवेदन दिएअनुसार शिक्षक चौधरीको खोजी जारी रहेको जनाए ।
जीवनभर साथ पाउने आश्वासन पाएपछि तन मन सुम्पिएकी कक्षा ८ मा पढ्दै गरेकी यी किशोरी अब विश्वेश्वरसँग बिहे भने नगर्ने सोँचमा छिन् । ‘अब आयो भने विहे गर्दिँन । बरु सबैको अघि उसलाई नङ्ग्याउँछु ।’ उनले भनिन् । उपचार तथा नाता कायम गराइ अधिकार पाउनुपर्ने उनको माग छ । सुनसरी, असार ३०
प्रतिक्रिया दिनुहोस् >>