गर्भावस्थाका समस्याहरू
Posted by
purwanews
Published on
Sunday, July 17, 2011
गर्भावस्था एउटा जटिल अनि विशेष अवस्था हो। यो अवस्थामा एकातिर आमा बन्ने खुसी जोडिएको हुन्छ भने अर्कातिर महिलाको ज्यान जाने खतरा पनि हुन्छ। हिजोआज बिस्तारित स्वास्थ्य सेवा तथा बढ्दो जनचेतनाले नियमित स्वास्थ्य परीक्षण गर्ने चलन पनि बढ्दैछ। फलस्वरूप मातृमृत्युदरमा कमी आएको छ। गर्भावस्थामा विभिन्न किसिमका समस्या आउन सक्छन् तथापि नआत्तिई समयमै उपचार गरे धेरैजसो अवस्थामा आमा र शिशु दुवैलाई बचाउन सकिन्छ।
अमिता नेपालीको ५ वर्षअघि पहिलो शिशु घरमै भएको थियो। त्यसबेला कुनै परीक्षण नगराए पनि यसपटक उनी महिनावारी निर्धारित समयमा नभएको ३ हप्ता नबित्दै परीक्षणका लागि अस्पताल गइन्। चिकित्सकले प्रारम्भिक परीक्षणपछि उनलाई भिडियो एक्स-रे गर्ने सल्लाह दिए। आफूलाई केही अप्ठ्यारो नभएको अनि गर्भ बसेको भर्खर दुई महिना पुग्न लागेकाले उनले भिडियो एक्स-रे गर्न उपयुक्त मानिनन् तर दुई दिन नबित्दै उनलाई धेरै पेट दुखेर अस्पतालको आकस्मिक कक्षमा पुर्याइयो। उनको गर्भ पाठेघरमा नरहेर अण्डबाहिनी नलीमा बसेको रहेछ। त्यो फुटेर समस्या देखिएको रहेछ। यो एउटा गम्भीर एवं खतरनाक अवस्था हो। यस्तो अवस्थामा तुरुन्त शल्यक्रिया हुन सकेन भने बिरामीको ज्यान जान सक्छ।
पाठेघरबाहेक अन्य स्थानमा गर्भ रहनुलाई इक्टोपिक पि्रग्नेन्सी भनिन्छ। इक्टोपिक पि्रग्नेन्सी हुने कारण धेरै भए पनि सबै अवस्थामा यसको कारण पत्ता लगाउन सकिँदैन। समयमै भिडियो एक्स-रे गरेर इक्टोपिक पि्रग्नेन्सी रहेको थाहा पाउन सकिन्छ। इक्टोपिक पि्रग्नेन्सी भएको थाहा पाउनेबित्तिकै कुनै विषमस्थिति आउनुअघि नै त्यसको अन्त्य गर्नुपर्छ। इक्टोपिक पि्रग्नेन्सीलाई समयमै परीक्षण गरियो भने शिशुको ज्यान बचाउन नसकिए पनि आमाको ज्यान बचाउन सकिन्छ।
गर्भावस्थामा हुने अर्को प्रमुख समस्या उच्च रक्तचाप हो। अन्य रोगको कारणले पनि उच्च रक्तचाप भएको हुन सक्छ वा उच्च रक्तचाप पहिलोपटक गर्भावस्थ्ाामा देखिन सक्छ। २० साताकी गर्भवती महिला वा शिशु पाएको २४ घन्टाभित्र लगातार रक्तचाप १४०/९० हुनु वा कम्तीमा ४ घन्टाको परक पारेर दुई पटक रक्तचाप नाप्दा १४०/९० हुनु -पहिलो रक्तचाप सामान्य रहेको अवस्थामा) लाई गर्भावस्थाको रक्तचाप वा गेस्टेसलन हाइपर टेन्सन भनिन्छ। यस्तो अवस्थामा गर्भको शिशु तथा आमाको मृत्यु हुने संभावना कम हुन्छ तर अर्को पटक गर्भवती हुँदा रक्तचाप बढी हुनुका साथै अन्य समस्या पनि देखापर्न सक्छन्।
उच्च रक्तचापसँगै पिसाबमा प्रोटिन देखिनुले ठूलो समस्या ल्याउन सक्छ। यसबाट आमा बेहोस हुने, रक्तचाप बढ्ने, अचेत हुने, संक्रमित हुने तथा आमाको मृत्युसमेत हुन सक्ने हुन्छ। गर्भावस्थामा यस्तो समस्या आउनाले शिशु कम तौलको हुने, महिना नपुग्दै जन्मने तथा गर्भमै शिशुको मृत्युसमेत हुनसक्छ। गर्भवती महिलामा देखा पर्ने यस किसिमको समस्यालाई पि्र इक्नाप्पसिया भनिन्छ, यो पहिलो पटकको गर्भमा बढी देखिन्छ। शरीरका सम्पूर्ण रक्तनली, विशेष गरी पाठेघर, मिर्गौला र मस्तिष्कमा रक्तनलीहरू आवश्यकभन्दा बढी संकुचित भएका कारण उच्च रक्तचाप तथा पि्रइक्लाम्पसिया हुन्छ। पि्र इक्लाप्पसियामा भएका गर्भवती महिला एकपटक मात्र पनि अचेत हुने वा बेहोस हुने अवस्थालाई इक्लाम्पसिया भनिन्छ। एकपटक मात्र पनि इक्लाम्पसिया भएका, गर्भवती महिला तथा गर्भमा रहेको शिशु दुवैका लागि खतरा बढेर जान्छ।
गेस्टेसलन हाइपर टेन्सन, पि्र इक्नाप्पसिया तथा इक्लाम्पसिया जटिल किसिमका समस्या हुन्। यसका लागि नियमित रूपमा, चिकित्सकको सल्लाहबमोजिम औषधि सेवन गर्नुपर्छ। यस्तो समस्याका लागि सुविधा सम्पन्न अस्पतालमा भर्ना भएर उपचार गराउँदा पनि अपि्रय समाचार सुन्नुपर्ने हुन्छ।
गर्भावस्थामा अन्य सामान्य समस्या पनि देखापर्न सक्छन्। यो अवस्थामा वाकवाक लाग्नु तथा बान्ता हुन खोज्नुलाई ठूलो समस्या मानिँदैन। त्यस्तो अवस्थामा चिल्लो तथा मसलेदार खानेकुरा सेवन नगरी सुख्खा खानेकुरा खानुपर्छ। यस्तो समस्या सामान्यतया पहिलो तीन महिनासम्म हुन्छ। गर्भको शिशुले सामान्यतया १२ हप्ता पार गरिसकेपछि वाकवाक लाग्न छोड्छ। यद्यपि कसैकसैलाई यो समस्याले पनि निकै पिरोल्न सक्छ। यस्तो पीडालाई हाइपरइमेसिस् ग्राभिडम् भनिन्छ। यस्तो स्थिति प्राय: पहिलो पटकको गर्भमा बढी भएको पाइन्छ। गर्भमा एकभन्दा बढी शिशु रहे तथा अव्यवस्थित गर्भ रहेको अवस्थामा पनि यो समस्या बढी देखिन्छ। यो समस्या वंशाणुगत पनि हुनसक्छ। गर्भावस्थामा एचसीजी हार्मोनको मात्रा बढ्छ। यो हार्मोनको मात्रा सामान्यभन्दा बढी भए धेरै बान्ता हुन सक्छ। एचसीजी हार्मोन धेरै अवस्थामा पत्ता लगाउन सकिँदैन। गर्भमा धेरै पानी हुनु, दुई वा त्यसभन्दा बढी शिशु हुनु आदि त्यसका प्रमुख कारण हुन्। यसबाहेक भिटामिन बी वा प्रोटिनको कमी हुनु तथा मानसिक समस्याहरूले हाइपरइमेसिस् ग्राभिडम् गराउन सक्छन्। गर्भावस्थामा पनि अन्य अवस्थामा जस्तै पिसाबको संक्रमण, पेटको अल्सर, एपेन्डिसाइटिस, पित्त थैलीको संक्रमण, कलेजोको संक्रमण आदिले बान्ता गराउन सक्छ।
गर्भावस्थामा सामान्यभन्दा बढी बान्ता भए तुरुन्त चिकित्सकसँग सम्पर्क गर्नुपर्छ। यस्तो बेला बान्ताको कारण पत्ता लगाउन विभिन्न परीक्षण -रगत, पिसाब, भिडियो एक्स-रे) गर्नुपर्ने हुन सक्छ। कसैकसैमा धेरै बान्ता भएर धेरै पानी तथा लवण खेर गएको हुनसक्छ। त्यस्तो अवस्थामा बिरामीलाई अस्पताल भर्ना गरेर उपचार गर्नुपर्ने हुनसक्छ।
पहिलो तीन महिनामा भएको सानो समस्याले पनि गर्भ तुहिने सम्भावना रहन्छ। यो अवस्थामा लामो दूरीको यात्रा गर्नु, मानसिक तनाव लिनु, धूम्रपान तथा मद्यपान गर्नु हानिकारक साबित हुनसक्छ।
सामान्यतया गर्भावस्थाको दोस्रो तीन महिना समस्या बिहीन हुन्छ। यो अवस्थामा खानामा रुचि बढ्ने, तौल बढ्ने तथा पेट देखिन थाल्ने हुन्छ। यही अवस्थामा रगतको मात्रा बढाउन आइरन तथा क्याल्सियमको कमी हुन नदिन गर्भवती महिलालाई क्याल्सियम चक्कीका साथै टीटी भ्याक्सिन दिइन्छ।
करिब ५० देखि ७० प्रतिशत महिलालाई गर्भको चार महिनादेखि कम्मरको पीडा सुरु हुने गरेको अध्ययनले देखाएको छ। कम्मरको पीडाका अन्य कारणमा गर्भवती महिलाको तौल बढ्नु पनि एक हो। यो बढेको तौललाई पनि कम्मरले थाम्नुपर्ने हुन्छ। यो अवस्थामा पाठेघर तन्किएर बढेको हुन्छ, जसले तल्ला नसाहरूलाई च्यापेको वा प्रेसर दिएको हुन्छ। यी कारणहरूले गर्दा नै कम्मरको पीड हुन्छ भन्ने विज्ञहरूको धारणा छ। गर्भावस्थामा भएको कम्मरको पीडाका लागि आत्तिनु पर्दैन। यस्तो अवस्थामा पीडा कम गर्ने औषधि सेवन गर्ने भन्दा पनि सामान्य व्यायाम गर्ने, तातोले सेक्ने तथा पीडा कम गर्ने मल्हमहरू -डीएफओ जेल, निन्जा जेल) प्रयोग गर्नु राम्रो मानिन्छ। त्यस्तै यो अवस्थामा कसैकसैलाई एसिडिटीले सताउन सक्छ। मुखमा अमिलो पानी आउने, उल्टी -बान्ता) हुन खोज्ने, पेट पोल्ने वा दुख्ने एसिडिटीका लक्षण हुन्। नियमित रूपमा सन्तुलित भोजन गर्ने, चिल्लो, पिरो, अमिलो कम खाने तथा धेरैबेर भोकै नबस्ने कार्यले मात्र पनि यो समस्या कम गर्न सकिन्छ। गर्भको अन्तिम अवस्थामा आएर पनि विभिन्न किसिमका स्वास्थ्य समस्या देखा पर्न सक्छन् र यस्ता समस्याले मानसिक तनाव मात्र उत्पन्न गर्दैनन्, आमा एवं गर्भस्थ शिशु दुवैका लागि खतरा साबित हुन सक्छन्। त्यसैले आफूमा कुनै किसिमका समस्या भए चिकित्सकको सल्लाह लिइहाल्नुपर्छ। (naari)

प्रतिक्रिया दिनुहोस् >>