फिगर फोबिया
Posted by
purwanews
Published on
Sunday, July 17, 2011
केही वर्षयता सिनेमा, टेलिभिजन र मोडलिङको बढ्दो प्रभावका कारण सौन्दर्यको मापदण्ड तीव्र रूपमा परिवर्तन हुँदै गएको छ। हिजोआज आवश्यकताभन्दा बढी सुन्दर देखिने चाहना, त्यसमाथि फेसनको अनावश्यक दबाब तथा खुल्ला बजार र विश्वव्यापीकरणले सुन्दरताको मान्यता एवं अर्थमा पनि प्रभाव परेको पाइन्छ। सुन्दरतासँग सम्बन्धित विज्ञहरू फिगरप्रतिको यस्तो फोबियाले अप्रत्यासित परिणाम जन्माउने कुरामा सहमत देखिन्छन् । सौन्दर्यको नयाँ चाहनाले युवतीहरू आफ्नो स्वास्थ्यलाईर् समेत दाउमा राख्न पछि पर्दैनन्। कडा डाइटिङका कारण मासिक धर्ममा गडबडी, रिंगटा लाग्ने र पेट पोल्नेजस्ता समस्या देखिन थालेका छन्। यद्यपि बजारवादले जिरो साइज फिगरलाईर् यति लोकपि्रय बनाइदिएको छ कि तमाम प्रयासका बाबजुद पनि यसको ज्वरो बढेको बढ्यै छ।
सौन्दर्यको मानक समय र स्थानअनुरूप कहिल्यै स्थायी हुँदैन। जिरो फिगर ३२-२२-२४ को नापमा छाती ३२ इन्च, हिप ३४ इन्च र कम्मरको माप २२ इन्च हुन्छ। यही साइजलाईर् मोडलिङ र सौन्दर्य प्रतियोगिताको संसारमा आकर्षण मानिन्छ। त्यसैले युवतीहरू हल्का र आकर्षक शरीरका लागि कम भोजन गर्छन्। मोडलिङमा स्थापित युवतीहरूमा त कामको आवश्यकता भएकाले यसलाईर् बाध्यताका रूपमा बुझ्न सकिन्छ तर स्लिम फिगरको उद्देश्य युवाहरूलाईर् आकषिर्त गर्नु पनि हो। यसका लागि युवतीहरू जस्तोसुकै मूल्य चुकाउन पनि तयार हुन्छन्। कम्मरको मात्र होइन अनुहारमा पनि केही बोसो जमेको अनुभव भए कस्मेटिक सर्जरीलगायतका विकल्पको प्रयोग भएको पाइन्छ। मनोचिकित्सकहरूका अनुसार फिगर बनाउने पागलपनमा शरीरलाईर् कंकाल बनाउनु बुद्धिमानी होइन। यो एउटा मृगतृष्णा हो जुन हदभन्दा माथि गएपछि मानसिक समस्याको सम्भावना बढ्छ।
ग्ल्यामरस फिगरको चाहना हरेक महिलामा पाइन्छ तर जिरो फिगरको चाहनामा युवतीहरू जुन ढंगबाट सन्तुलित आहारसम्मलाईर् बेव्स्ता गरिरहेका छन् त्यो अत्यन्त घातक छ। ब्युटी थेरापिस्टहरूका अनुसार शरीरमा पौष्टिक तत्वको कमीका कारण पाचनशक्ति पनि कमजोर हुन्छ अनि मानिसलाईर् भोक लाग्दैन। यसबाट एनोरोक्सियाको समस्या प्रारम्भ भै रिंगटा लाग्ने र बेहोसीको समस्या सिर्जना हुनुका साथै गर्भाश्ायको समस्या र हड्डी कमजोर हुने खतरा बढ्छ। डाइटिसियनहरूका अनुसार एउटी सामान्य महिलालाईर् प्रतिदिन औसतमा १५ सयदेखि २५ सय क्यालोरी आवश्यक हुन्छ। तर जब यो घटेर १२ सय हुन पुग्छ तब शरीरले आफ्नो भित्री भाग एवं हड्डीबाट त्यसको कमी पूरा गर्न थाल्छ, यो प्रक्रिया स्वास्थ्यका लागि संकट हो।
चिकित्सकहरूका अनुसार तौल कम गरी फिगर सन्तुलित राख्न जगिङ, व्यायाम, प्राणायाम र योगको सहारा लिनु डाइटिङ र तौल घटाउने औषधि सेवनभन्दा धेरै उत्तम हो। कतिपय अवस्थामा हार्मोन असन्तुलनका कारण युवतीहरूमा मासिक धर्म पनि अनियमित हुन्छ। विशेषज्ञहरूका अनुसार स्लिम टि्रम रहन योग तथा सन्तुलित आहार आवश्यक छ। कम चिल्लोयुक्त आहारका साथै फलफूल र तरकारीलाईर् प्राथमिकता दिनुपर्छ। बिहान नास्ता गर्नुपर्छ। यसले मोटोपनबाट जोगाउँछ। तरकारी, फलफूल, ब्रेड, चामल, दूध, दही, माछा, दाल, मटर, अण्डा आदि खानुपर्छ। दिनमा तीन पटक भोजन गर्नुपर्छ। भोजनमा ६० प्रतिशत कार्बोहाइड्रेट र २० प्रतिशत प्रोटिन हुनुपर्छ। डाइट पिल्सको सेवन एवं न्यूनतम क्यालोरीबाट स्लिम टि्रम बन्ने उपाय अपनाउनुभन्दा तौल घटाउने प्राकृतिक उपाय अपनाउनु उपयुक्त हुन्छ (naari)
प्रतिक्रिया दिनुहोस् >>

