जहिँतहीँ भ्रष्टाचार : कालोपत्रे सडकमा उम्रियो 'झार'
Posted by
purwanews
Published on
Wednesday, July 27, 2011
यो सडकलाई हेर्नुहोस् त । हेर्दा कालोपत्रे । तर कालोपत्रे बिचबाटै झार पलाइसकेको अनि ठाउँ ठाउँमा खाल्डाखुल्डी परेको । निर्माण भएको एक महिना नबित्दै सुनसरीको दुहबी ५ मा रहेको यो सडकमा कालोपत्रेभित्रैबाट झार पलाएर ठाउँ ठाउँमा भत्केपछि स्थानियवासी हैरान भएका छन् । सडक डिभिजन कार्यालयको लगानीमा निर्मित यो सडक कालोपत्रे गर्न सुनसरीको सम्सेर निर्माण सेवाले १३ लाखमा ठेक्का पाएको थियो । १२ लाख रुपैया निकासा भइसकेको छ । तर काम गुणस्तरीय नहुँदा ६५० मिटर लामो यो सडकमा गरिएको लगानी वालुवामा पानी झै भएको छ ।
आफ्नै घर अगाडीको बाटोमा देखादेख यसरी कम गुणस्तरको काम भएपछि निर्माणको लागि ठेक्का पाउने ठेकेदार कम्पनिलाई कारवाही गर्नुपर्ने माग स्थानियको छ ।
यता क्षेत्रीय सडक डिभिजन कार्यालय विराटनगरले भने सो सडकको विषयमा गुनासाहरु आएकोले मापदण्डअनुसारको सडक भए नभएको निरिक्षण गरी गुणस्तरहीन काम गर्नेको धरौटी जफत र कालो सुचीमा राख्ने जनाएको छ । साउन ९
प्रतिक्रिया दिनुहोस् >>