प्रतिष्ठानमा लाखौको घोटाला

आखिरमा जे भनिएको थियो त्यही भयो । दक्षिण एशियामै प्रतिष्ठित सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सुरक्षा सम्बन्धी टेण्डरमा व्यापक अनियमितता भयो । पहिलो नम्बरमा परेको कम्पनिको साटो दोस्रो नम्बरमा परेको कम्पनिलाई प्रतिष्ठानको सुरक्षा गार्डको टेण्डर दिइयो । खुलेआम भ्रष्टाचार अनि कमिसनको खेल । पूर्वन्युजले दुई महिना अघि प्रतिष्ठानमा हुन लागेको भ्रष्टाचारको खुलासा गरेको थियो । कमिसनको लोभमा प्रतिष्ठान पदाधिकारीहरुले देखादेखी लाखौको चलखेल गरेका छन् ।
प्रतिष्ठानका उपकुलपति, रजिष्ट्रार, अस्पताल निर्देशक लगायतका पदाधिकारीको मिलोमत्तोमा पहिलो नम्बरमा परेको सुरक्षा कम्पनीलाई बेवास्ता गरेर गलत ढंगले दोश्रो नम्बरमा टेण्डर हाल्ने कम्पनीको नाममा दर्ता भएको टेण्डरको कोटेशन स्वीकृति भएको खुल्न आएको हो ।
दोश्रो नम्बरको टेण्डर हाल्ने सुरक्षा कम्पनी ग्रुप फोर सेक्युरिटीका संचालकहरुले २५ लाख रुपिया घूसबापत रकम प्रतिष्ठानका अधिकारीहरुलाई काठमाण्डौमै बोलाएर वितरण गरेपछि दोश्रो नम्बरमा परेको सो कम्पनीको ठेक्का स्वीकृत गरिएको हो । सो कम्पनीले बार्षिक सुरक्षा सम्बन्धी ठेक्काका लागि १ करोड ३० लाखको प्रस्ताव पेश गरेको थियो । पाँचवटा कम्पनीहरुले पेश गरेको टेण्डर प्रस्तावमध्ये सबैभन्दा कम दररेटको बार्षिक १ करोड २ लाखको टेण्डर सुप्रिम गोरखा सेक्युरिटी प्रालिको नामबाट दर्ता थिकज्ञयो । तर, ठेक्काको नियम अनुसार सबैभन्दा कम दररेटको प्रस्तावलाई स्वीकृत गर्नुको साटो ग्रुप फोर सेक्युरिटी कम्पनीको १ करोड ३० लाखको ठेक्का प्रस्ताव स्वीकृत गर्नुले पनि प्रतिष्ठानभित्र व्यापक अनियमितताको पुष्टि हुने स्रोतहरुले बताएका छन् । बार्षिक २८ लाख देखादेखी घाटा सहने अवस्था हुँदा समेत किन प्रतिष्ठानका पदाधिकारीहरुले ग्रुप फोरकै नामको टेण्डर स्वीकृत गर्यो भन्ने कुरा रहस्यको बिषय बनेको छ ।
यसैगरी, २५ लाखमा ठेक्काको कारोबार मिलाइएपछि चार दिनअघि ग्रुप फोर सेक्युरिटी कम्पनीको नामको ठेक्का स्वीकृत भएको प्रतिष्ठानले सूचना अनलाइनमार्फत सार्वजनिक गरिसकेको छ । अनलाइनमार्फत गैरकानूनी ढंगले ठेक्का स्वीकृति गरिएका ग्रुप फोर सेक्युरिटीको नाममा जारी सूचनामा ७ दिनभित्रमा दाबी विरोध गर्न भन्ने शर्त समेत उल्लेख छ । तर हाल प्रतिष्ठानका अधिकारीहरु त्यही ७ दिने म्यादलाई टार्नका लागि कसरतमा जुटेका स्रोतहरुले बताएका छन् ।
प्रतिष्ठानका भ्रष्ट पदाधिकारीको यही कुरा बुझेपछि अन्यायमा परेको भन्दै पहिलो नम्बरमा परेको सुप्रिम गोरखा सेक्युरिटी प्रालिको तर्फबाट शाखा संचालकहरु जुद्धबहादुर लोहनी र युवराज राईले सोमबार सुरक्षा सम्बन्धी ठेक्काको बोलपत्रको सूचना बमोजिम समावेश भएका सबै फारम, निर्णय तथा सो सम्बन्धी आवश्यक सम्पूर्ण कागजातको प्रमाणित फोटोकपी उपलब्ध गराउन प्रतिष्ठानमा निवेदन दर्ता गराएका छन् । उनको निवेदनको दर्तानम्बर ४३७६ हो । तर उनले आफ्नो अधिकार क्षेत्रभित्र रहने गरी निवेदन दिए पनि उनलाई प्रतिष्ठानले प्रमाणित फोटोकपी उपलब्ध गराउन नसक्ने भन्दै सोमबार फर्काएको छ । सूचनाको हक समेत कार्यान्वयन नगर्ने प्रतिष्ठानको प्रशासनको भ्रष्ट नीति विरुद्ध पीडितहरुले मंगलबार अदालतमा मुद्धा दायर गर्ने तयारी समेत गरेका छन् । उनीहरुले अदालतमा आफ्नो अधिकार क्षेत्रभित्र पर्ने प्रमाणित फोटोकपी पाउनुपर्ने र गलत ढंगले ठेक्का स्वीकृत भएको ग्रप फोर सेक्युरिटीसँग प्रतिष्ठानको सम्झौता रोक्का गर्नुपर्ने माग गर्दै अदालतको ढोका ढकढक्याउने भएका छन् ।
प्रतिष्ठानका प्रवक्ता विजय रिमालले अनियमितता भएको चर्चा हामी कहाँ आएको बताए । उनले प्रतिष्ठानका पदाधिकारीहरुले यो निर्णय गरेकाले आफु जस्ता तल्लो तहका कर्मचारीलाई केही जानकारी नभएको उनले बताए ।
गुप्रफोर सेक्युरिटीका प्रबन्धक निर्देशक महेश श्रेष्ठले आफुहरुले गैर कानूनी काम नगरेको दावी गर्दै कून हिसावले आफुहरुको टेण्डर स्वीकृत भएको हो प्रतिष्ठानका कर्मचारीलाई सोध्न् आग्रह गरे ।
प्रतिष्ठानको टेण्डर लगायतका विभिन्न क्षेत्रमा लाखौको भ्रष्टाचार हुने गरेतापनि अनुगमन निकाय कमजोर हुँदा प्रतिष्ठान दिनानुदिन खोक्रो बन्दै गइरहेको छ ।
सुनसरी, २७ असार

प्रतिक्रिया दिनुहोस् >>


Latest Posts

Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

भोट दिनुहोस् :