अन्तर्जातिय विवाह गरेपछि १८ वर्षदेखि सडकमा

अन्तर्जातिय विवाह गर्ने आफ्ना सन्तानलाई अरबपती पिताले सडकमा छोडिदिन्छन् भन्ने सुन्दा पत्याउन गाह्रो पर्नसक्छ । तर सुनसरीको दुहबीमा घरबाट निकालिएको पिडा खेपेर चारजनाको यो परिवार विगत १८ वर्षदेखि बाँचिरहेको छ ।
सुनसरी र मोरंगमा गरी करिब ५० विगाहा भन्दा धेरै जग्गा भएका ३८ वर्षिय नवलकिशोर भगतका पिता सत्यनारायण भगतले आफ्ना छोरा बुहारीलाई विवाह घरमै पस्न दिएनन् । अन्तर्जातिय प्रेम विवाह गरेपछि विस्थापित हुनुपरेको श्रीमती तारा भगतले दुःखेसो पोखिन् ।
सुनसरीको दुहबीमा मात्रै सत्यनारायणको चार ठाउँ घडेरी छ भने तीमध्ये दुई वटामा घर छ । तर घरबाट खेदिएका छोरा बुहारीहरु भने तीन वर्ष डेरामा बसेपछि वुवाले अर्कालाई भाडामा दिएको घर खाली भएपछि जबरजस्ती बस्न थाले । तर वुवा त्यहाँबाट पनि छोरालाई हटाउन चाहन्छन् । पटक पटक बल प्रयोग गरेर हटाउन खोजेको नवलको भनाई छ । पछि प्रहरीमा उजुरी गरेपछि मात्र उनीहरु त्यहाँ बस्न पाएका हुन् ।
दुई जना छोराछोरी पढाउन र खाने जोहो गर्न भगत परिवारले सानो चियापसल थापेको छ । जेनतेन परिवार चलिरहेको छ ।
अन्तर्जातिय विवाह गरेकै कारण वुुवाले आफ्नो सम्पत्ती बहिनी, बहिनी ज्वाइ लगायत बहिनीका सासु ससुरा सम्मले पनि पाएका छन् । नवलका अनुसार उनका पिताले छोरी ज्वाईका सबै नातेदारहरुलाई जग्गा जमिन दिएका छन् । तर जात नमिलेको विवाह गरेकै कारण आफ्नै छोरालाई भने उनी हेर्न पनि चाहँदैनन् ।
अहिले भने नवलले आफ्ना वुवाको विरुद्ध एक वर्ष अघि मुद्धा दर्ता गराएका छन् । अबण्डाका साथै बुवाले विभिन्न व्यक्तिको नाममा गरिदिएको जग्गा रोक्का गर्न भन्दै १७ वटा मुद्धा हालेका छन् र न्यायको खोजीमा छन् । छोरी ज्वाईको परिवारलाई दिइएको जग्गा फिर्ता गराउने र आफ्नो अंश पाउने गरी उनले मुद्धा दर्ता गराएका छन् । सुनसरी, असार २८
प्रतिक्रिया दिनुहोस् >>


Latest Posts

Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

भोट दिनुहोस् :