बहुभाषिक नाटक महोत्सव शुरु
Posted by
purwanews
Published on
Friday, July 1, 2011
पूर्वन्युज/मनोज ढोडारी : बहुभाषिक नाटक महोत्सव २०६८ मकवानपुरको हेटौंडामा उद्घाटन गरिएको छ । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति एवम् बरीष्ठ संगीतकार अम्बर गुरुङले महोत्सवको उद्घाटन गर्नुभएको हो ।
उद्घाटन महोत्सवमा बोल्दै गुरुङले नेपाली नाटक र संगीतलाई राज्यले माया गर्नुपर्ने धारण राख्नुभयो । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानकाा उपकुलपति प्रचण्ड मल्लको सभाध्यक्षतामा भएको कार्यक्रममा नाटक महोत्सवका संयोजक रमेश रञ्जन झा, तिर्थ बहादुर थापा प्रतिष्ठानका सदस्य मिथिला शर्मा, कविता आले, स्थानिय संयोजक उज्वल शर्मा, मध्यमाञ्चलका क्षेत्रिय प्रशासक हरिराम कोइराला, मध्य क्षेत्र प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक गंगाप्रसाद पाण्डे, प्रमुख जिल्ला अधिकारी दिनेश भट्टराई लगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा नाटकबारे संयोजक झाले प्रष्ट पार्नुभएको थियो । महोत्सवमा नेपाली खस, गुरुङ, मैथली, नेवारी, चेपाङ, अवद्यि र भोजपुरी भाषामा ८ वटा नाटक मञ्चन हुनेछ । एउटै मन्चमा विभिन्न भाषका नाटक मन्चन हुने महोत्सव २२ गतेसम्म चल्नेछ । हेटौंडा १६ असार
प्रतिक्रिया दिनुहोस् >>


