गर्मीमा हुने समस्या हटाउने घरेलु उपाय


गर्मी महिनाको सुरुवातसँगै मानिसमा विभिन्न खालका समस्या उत्पन्न हुन थाल्छन् । गर्मीले गर्दा खाना अपच हुने, नाथ्रो फुट्ने, झाडापखाला लाग्ने आदि विविध समस्या देखा पर्छन् ।  यस्ता समस्याबाट बच्न केही घरेलु उपाय अवलम्वन गरे निकै सहयोग पुग्छ।
अपच
खाना अपच हुनु भनेको आहार ठीक तरिकासँग नपच्नु हो। खाना खाएपछि कहिलेकाहीँ खाना अपच हुनु सामान्य हो। जाडोको तुलनामा गर्मीमा खाना अपच हुने सम्भावना बढी हुन्छ। यसले गर्दा शरीर भारी हुनुका साथै डकार आउँछ र पेट पनि दुख्छ। समाधान :

  • हर्रो, सुठो र सीधेनुनलाई समान मात्रामा मिसाएर चूर्ण बनाउने । यो चूर्णलाई २ देखि ३ ग्राम चिसो पानीका साथ सेवन गर्दा खाने कुरा सजिलै पच्छ । 
  • १ चिया चम्चा जिरा, आधा चिया चम्चा धनियाँ, बिरेनुन, चिनी, मह, अमला, १ चिया चम्चा सुप, ६ वटा कालो अंगुर मिसाएर उमाल्ने र खाने ।
  • दिउँसो सुत्ने बानी भएकाहरूले सुत्नुभन्दा पहिले काँचो हिङ, सुठो, मरिच, पिपला र सीधेनुनलाई तातोपानीमा मिसाएर लेप बनाई पेटमा लगाउने ।
  • खाना अपच भएपछि चिसो पानी थोरै-थोरै मात्रामा पटक-पटक पिउने । 
  • १२५ ग्राम भुटेको हिङ अथवा ३ सय मिली ग्राम बिरेनुन तथा ज्वानो पानी पिउने । वायुविकार र रगतमासी
  • १ ग्राम कालो तिलमा ५ ग्राम चिनी हालेर बाख्राको दूधका साथ सेवन गर्ने ।
  • १ चम्चा महमा २ देखि ५ ग्राम मूलहठीको चूर्ण मिसाएर दिनमा ३ पटक सेवन गर्ने । यसले रगतमासी ठीक हुन्छ ।
  • बाख्राको दूधका साथमा चन्दनको चूर्ण मिसाएर खाने । 
  • दुई चम्चा धनियाँ पानीमा उमालेर सेवन गर्ने । 
  • आधा चिया चम्चा अदुवाको रस, १ चिया चम्चा जिरा पाउडर, आधा चिया चम्चा मेवाको बीउ, १ चिया चम्चा मह मिसाएर दिनमा दुई पटक सेवन गर्ने । 
  • आधा गिलास ताजा अनारको रस दिनमा तीन पटक पिउने । 
  • ३ टेबल स्पुन ताजा दही, आधा चिया चम्चा जिरा पाउडर, थोरै मात्रामा नुन, थोरै मात्रामा महलाई राम्रोसँग मिसाएर दिनमा तीन पटक सेवन गर्ने ।
  • खिचडी खाँदा चामल र मुगको दालको मात्रा खाने ।

नाथ्रो फुटे 

  • २ सय २५ ग्राम दूबोको रस, ५० ग्राम तिलको तेल, २५ ग्राम फिटकिरी चूर्ण मिसाएर दिनमा ३-४ पटक नस लिँदा पुरानो नाक फुट्ने रोग पनि ठीक हुन्छ । 
  • ज्यामिरको जरा अथवा त्यसको फूल पिसेर चामलको पानीका साथ पिउँदा  नाथ्रो फुट्ने समस्या कम हुन्छ । रगत आएका बेला उक्त रस नाकमा राख्यो भने पनि रगत आउन बन्द हुन्छ । 
  • १० ग्राम शंखपुष्पी, १५ ग्राम मरिच तथा ७ वटा अलैंची मिसाएर पिस्ने र एक कप पानीको घोल बनाउने र हरेक दिन पिउने । 

हैजा

  • नरिवलको जटाको खरानीमा मह मिसाएर ख्वाउने । 
  • कपूरलाई पुदिना अथवा प्याजको रससँग मिसाएर खाने । 
पटक-पटक प्यास लागे 
  • धनियाँलाई पानीमा भिजाउने । २ घन्टापछि त्यसलाई मुछेर छान्ने । त्यसपछि उक्त पानीमा मह अथवा चिनी मिसाएर पिउने ।
  • कडा परबल र जौको काँडामा चिनी मिसाएर पिउने । 
  • भुटेको जौको पिठोमा पानी र घिउ हालेर सेवन गर्ने ।
  • इमिलीको गेडालाई पिसेर त्यसलाई पानीमा घोल्ने र कपडाको सहायताले छान्ने । त्यसपछि चिनी मिसाएर पिउने ।
  • मेथीको सुकेको पातलाई केही समय पानीमा भिजाएर राख्ने । त्यसपछि हातले मुछेर छान्ने । यो पानीमा थोरै मह मिसाएर २-२ घन्टाको फरकमा रोगीलाई खान दिने ।

आँखा पोल्ने समस्या 

  • बेसार, फिटकिरी र इम्लीको पातलाई बराबर मात्रामा मिसाएर पिस्ने । त्यसपछि त्यसलाई सफा कपडामा बेरेर आँखा सेक्ने ।
  • सफा कपासलाई दूधमा भिजाएर आँखामा राख्ने । यो उपाय दिनमा ३-४ पटक अवलम्वन गर्नुपर्छ । 
  • १० ग्राम दाक्षलाई राति पानीमा भिजाउने । बिहान त्यसलाई हातले मुछेर चिनीमा मिसाएर खाने । 

उल्टी 

  • एउटा कागतीको रस र एक चम्चा चिनीलाई दुई चम्चा पानीमा मिसाएर एक-एक घन्टाको अन्तरालमा खाने ।
  • १० मिलिलिटर अदुवाको रसमा १० मिलिलिटर प्याजको रस मिसाएर सेवन गर्ने ।
  • ६ ग्राम पुदिना र २ ग्राम बिरेनुन मिसाएर पिस्ने । यो मिश्रणलाई चिसो पानीमा घोलेर पिउनुपर्छ ।
  • ज्वानो र ल्वाङ पिसेर पानीका साथ चाट्ने । 

गाँठागुँठी

  • करेलाको जरा पिसेर गाँठागुँठीमा लेप लगाउने । 
  • पीपलको पातमा घिउ लगाएर बाँध्ने । 
  • हरेक बिहान चिसो पानीमा मह मिसाएर गाँठागुँठी र शरीरको गर्मी नहराउन्जेलसम्म पिउने । 

गर्मीमा उपयोगी अचार 

  • सय-सय ग्राम सुठो, धनियाँ, कचरी, बिरेनुन, ५०-५० ग्राम भुटेको जिरा, टिम्मुर, १०-१० ग्राम भुटेको हिङ र अलैंची । 
  • सबै सामग्रीलाई पिसेर मिश्रण बनाउने । त्यसलाई कराहीमा थोरै घिउका साथ सानो आगोमा हल्का भुट्ने र बोतलमा राख्ने । 
  • यो चूर्णलाई ५ ग्राम दैनिक रूपमा तातोपानीका साथ सेवन गर्ने । यसले अपच हुँदैन । यो चूर्णमा थोरै मात्रामा पानी मिसाएर पिस्दा स्वादिष्ट चटनी तयार हुन्छ । (Naari)


प्रतिक्रिया दिनुहोस् >>


Latest Posts

Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

भोट दिनुहोस् :