लागूपदार्थ सेवन गर्ने दुलाहा मण्डपबाटै पक्राउ

घरमा बेहुली पुर्याएर सुहागरात मनाउने सपना बोकेका बेहुला विवाह मण्डपबाटै प्रहरी फन्दामा पर्ने अवस्था आयो भने के हुन्छ ? पक्कै पनि कुनै फिल्ममा बाहेक कसैले यस्तो घटना कल्पना नगरेको हुनसक्छ । तर शनिबार इटहरीस्थित एक मन्दिरमा यस्तै घटना घटेको छ ।
मोरङको बेलबारी ४ लालभित्तीबाट बस र कार रिजर्भ गरेर जन्तिका साथ बेहुली लिन आएका कृष्णप्रसाद ओझा शनिवार सुनसरीको इटहरी स्थित सत्संग भवनमा आयोजना गरिएको विवाह मण्डपबाटै समातिएका हुन् ।
लागूपदार्थ प्रयोग गरि विवाह मण्डपमा बसेको बेहुलीका परिवारले थाहा पाएपछि उनि प्रहरीको फन्दामा परेका हुन् । उनी लागूपदार्थ सेवन गरि मण्डपमा बसेका थिए । सोही क्रममा बेहुलीका आफन्तलाई अपशब्द प्रयोग गरेपछि उनि लागूपदार्थ प्रयोगकर्ता भएको शंका गरिएको थियो । सो लगत्तै बेहुली सकुन्तला पोखरेलका परिवारले यस्तो अवस्थाका मान्छेलाई छोरी दिन नसक्ने भन्दै प्रहरीलाई खबर गरि ओझा जिम्मा लगाएका हुन् ।
इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरिक्षक महेन्द्र श्रेष्ठले बेहुला ओझा लागूपदार्थ प्रयोगकर्ता नै भएको बताए । उनले लागूऔषधका रुपमा केही गोटी खाएको उनले बताए । मेडिकल गरि उसले कून लागूऔषधी खाएका हुन् पत्ता लगाउने उनले बताए । लागुपदार्थ प्रयोग गरेर नराम्रो व्यवहार गरेको भन्दै आक्रोसित दुलही पोखरेल पक्षामा सहभागीहरुको आक्रोसका कारण मन्दिर परिसर केही समय तनावग्रस्त बनेको  थियो । विवाह मण्डपबाट बेहुलालाई जोगाएर ल्याउन प्रहरीलाई मुस्किल परेको निरिक्षक श्रेष्ठले बताए ।
बेहुली पक्षको आग्रह र छलफलपछि विवाह रद्ध गर्ने निर्णय भएको प्रनि श्रेष्ठले बताए । विवाहको लागि फुलमाला गर्दादेखि भएको सबै खर्च बेहुला पक्षले क्षतिपुर्ती वापत तिर्नु पर्ने माग गरेकाले बेहुलाले क्षतिपुर्ती बेहुलीपक्षलाई भराएपछि मात्र पक्राउ परेका ओझालाई छाडिने उनले बताए । श्रेष्ठका अनुसार ३२ बर्षीय बेहुला काठमाण्डौं बस्दै आएको र एक फाइनान्समा काम गर्दै आएको जानकारी बेहुलापक्षले दिइएको छ ।
बेहुलाले लागुपदार्थ प्रयोग गरेर नराम्रो व्यवहार गरेको कारण आफुले छोरी नदिने निणर्य गरेको बेहुलीका बुबा अर्जुन पोखरेलले जानकारी दिए । गोडा धुने बेलामा बेहुलाको वास्तविक रुप बेहुली पक्षले चाल पाएको थाहा पाउन साथ विवाहमा आएका जन्तिहरुको भागाभाग मच्चिएको थियो ।
बेहुला भएकै अवस्थामा ५ पटकसम्म शौचालय जाने बहानामा नशालु पदार्थ सेवन गरेको बेहुली पक्षको उजुरीका आधारमा ओझालाई पक्राउ गरेको प्रहरीले बताएको छ । यता बेहुला ओझाले भने आफुले कुल नपुजेको कारण बिरामी भएको स्पष्टिकरण दिएका छन् । बिरामी हुँदा आफूबाट केही अप्रिय काम भएको हुनसक्ने समेत उनले जनाएका छन् । इटहरी, १४ जेठ

प्रतिक्रिया दिनुहोस् >>


Latest Posts

Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

भोट दिनुहोस् :