जमिन तातो भएपछि स्थानियवासी अचम्मित
Posted by
purwanews
Published on
Saturday, May 28, 2011
गर्मीको समयमा जमिनको सतह तातो हुन्छ भने भित्र चिसो हुँदै जान्छ । पानी सहितको ओसिलो तह हुने हुँदा जमिन चिसो हुन्छ सतह भन्दा । तर इटहरीको एक घरको आँगन स्वभाविकभन्दा तातो अनुभव भएपछि स्थानियवासीहरु अचम्ममा परेका छन् ।
इटहरी ८ स्थित एक घरको आँगनमा तातो अनुभव भएपछि स्थानियले सो ठाउँमा खन्दै जाँदा अझ तातो अनुभव गरेका थिए । अन्य स्थानभन्दा सो स्थानमा अस्वभाविक तातोपनाको अनुभव स्थानियले गरेका हुन् । सो स्थान वरपर केही हाडहरु समेत भेटिएको थियो ।
यता स्थानियले भने घरधनी अघोरी हुने प्रक्रियामा रहेको हुँदा मानिसको मासु खाएर हाड फ्यालेको हुनसक्ने बताएका छन् । उनका छिमेकीले घर धनी आफैले मानिसको मासु खाएर हाड गाडेको बताएपनि घरधनी नभएका कारण केही खुल्न सकेन । विवाह, भोजमा क्याटरिङको काम गर्दे ती व्यक्ति मानसिक रुपमा केही केही विक्षिप्त रहेको स्थानियको भनाई छ ।
इटहरीको एक घरको आँगन स्वभाविकभन्दा तातो अनुभव भएपछि स्थानियवासीहरु अचम्ममा परेका छन् ।
इटहरी ८ स्थित एक घरको आँगनमा तातो अनुभव भएपछि स्थानियले सो ठाउँमा खन्दै जाँदा अझ तातो अनुभव गरेका थिए । अन्य स्थानभन्दा सो स्थानमा अस्वभाविक तातोपनाको अनुभव स्थानियले गरेका हुन् । जमिन तातेको हुँदा ग्याँस खानी हुनसक्ने कतिपयको अनुमान छ भने कतिपयले नजिकै सेफ्टी ट्यांकी रहेकाले पनि जमिन तातो भएको अनुमान गरेका छन् ।
प्रहरीले भने हाडहरुलाई उठाएर प्रयोगशालामा पठाउने तयारी गरेको छ भने सम्बन्धित घरधनीलाई बोलाएर सोधपुछ गर्ने इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरिक्षक महेन्द्र श्रेष्ठले बताए । जमिन तातेको सम्बन्धमा भुगर्भविद्को सल्लाह लिने तयारी थालिएको बताए । सुनसरी, जेठ १४

प्रतिक्रिया दिनुहोस् >>