एमाओवादी नेता बाबुरामलाइ शहीद पुत्रको प्रश्न र उत्तर (भिडियो)
Posted by
purwanews
Published on
Sunday, May 15, 2011
एमाओवादी उपाध्यक्ष डा बाबुराम भट्टराई प्रमुख अतिथि रहेको सभामा कक्षा ७ मा अध्ययन गर्ने राजन राई पुगे र बाबुराम भट्टराईसँग सोधे, ‘तपाइको पार्टी तिन चिरामा छ । यस्तो अवस्थामा पार्टी फुट्यो भने हाम्रो हालत के हुन्छ ?’ उनले आफ्ना शहीद पिताको सपना पुरा नभएको भन्दै चिन्ता समेत व्यक्त गरे ।सुनसरीको हाँसपोसामा रहेको शहीद स्मृती विद्यालयको दोस्रो वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा पुगेका भट्टराईलाई १३ वर्षिय ती शहीदका छोराले प्रश्न गर्दा सभाहल तालीले गुञ्जियो ।
एमाओवादी नेता बाबुराम भट्टराईले भने मन्तव्यका क्रममा पार्टी भित्र विभिन्न विचार धाराका नेताहरु हुने हुँदा पार्टी भित्रको विचारको अन्तरबाट आत्तीन नहुने बताए । उनले शहीदका सपना पुरा गर्ने दिशामा आफूहरु अघि बढीरहेको जनाउँदै शहीदको बलिदानी खेर नफाल्ने वचन समेत दिए ।
प्रतिक्रिया दिनुहोस् >>
