सुरक्षा र सरकारी निकायले महसुल तिरेनन्
Posted by
purwanews
Published on
Saturday, March 5, 2011
दुरुपयोग र रकम अभावमा महसुल बढी
इटहरी/सुरक्षा तथा सरकारी निकायले विद्युत् तथा टेलिफोनको महसुल वापत ठूलो रकम तिर्न बाँकी रहेको खुलासा भएको छ । इटहरी र यसवरपरका गाविसहरुमा रहेका अधिकांश सुरक्षा निकायले टेलिफोन र विद्युत् महसुलवापत लाखौं रकम वर्षौंदेखि बुझाउन बाँकी रहेको खुलासा भएको हो ।
विद्युत् महसुल नबुझाउने संस्थाहरुमा पूर्वाञ्चल तालिम केन्द्र सबैभन्दा अगाडि छ । (हेर्नुहोस्, तथ्यांक) साउनदेखि माघ मसान्तसम्मको तथ्याङ्कअनुसार केन्द्रले ६२ हजार रुपैयाँ बुझाउन बाँकी छ । त्यस्तै, दोस्रोमा नेपाली सेनाको पूर्वी पृतना पर्छ । पूर्वी पृतना र झुम्कास्थित क्षेत्रीय कारागारले ५८/५८ हजार रुपैयाँ बुझाउन बाँकी छ । त्यस्तै, नेपाली सैनिक ब्यारेक, हेल्थपोष्ट, पकलीस्थित सशस्त्र प्रहरी कार्यालय, सुनसरी–मोरङ सिँचाइ आयोजनाले समेत हजारौं रुपैयाँ तिर्न बाँकी देखिएको छ । यी कार्यालयमध्ये केहीको मासिक विद्युत् उपयोग बढी हुने हुँदा बढी रकम बाँकी देखिए पनि नियमित रुपमा तिरेको जनाइएको छ । सैनिक ब्यारेकले नियमितरुपमा महसुल बुझाएको प्राधिकरण स्रोतले जनाएको छ ।
त्यस्तै, इटहरीस्थित धेरै सरकारी कार्यालयले विद्युत् महसुल समयमा तिर्दैनन् । समयमा महसुल नतिर्दा ती कार्यालयले जरिवानावापत ठूलो रकमसमेत बुझाउने गरेको प्राधिकरणको इटहरी शाखा कार्यालयले जनाएको छ । प्राधिकरणका इटहरी शाखा प्रमुख मनोज यादवका अनुसार सरकारी संस्थाहरुको विद्युत् महसुल तिर्ने प्रवृत्तिमा पछिल्लो समयमा भने केही सुधार आएको छ । अघिल्ला वर्षहरुमा लामो समयसम्म धेरै रकम बक्यौता राख्ने गरेकामा पछिल्लो समयमा भने बिल तिर्ने काम नियमितरुपमा नै भएको उनले बताए ।
धेरै कार्यालयले टेलिफोनको बिलसमेत तिरेका छैनन् । बिल बाँकी राख्ने सरकारी कार्यालय तथा सुरक्षा निकायहरुमा इटहरी इलाका प्रहरी कार्यालय अग्रस्थानमा छ । उसले २ लाख १ हजार रुपैयाँ बुझाउन बाँकी छ । ०२५–५८०१०० नम्बरको टेलिफोनको बिल नतिरिएको हो । त्यस्तै, पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयले समेत एक लाख ९९ हजार रुपैयाँ तिर्न बाँकी देखिएको छ । टेलिफोन बिल नतिर्ने सरकारी तथा सुरक्षा निकायहरुमा पूर्व क्षेत्रीय सशस्त्र प्रहरी बल तेस्रो स्थानमा छ । उसले एक लाख ९२ हजार तिर्न बाँकी छ । उसले ०२५–५८१६०० नम्बरको टेलिफोनको महसुल नतिरेका कारण लाइन काटिएको टेलिकमको इटहरी शाखाले जनाएको छ । हाँसपोसास्थित प्रहरी चौकीले एक लाख ५२ हजार तिर्न बाँकी रहेकोले चौकीको ०२५–४७६१०० नम्बरको लाइन काटिएको छ ।
यस्तै पकली इलाका प्रहरी कार्यालय, रोड रिह्याबिलिटेशन कम्पनी, पूर्वी पृतना तथा पूर्व क्षेत्रीय ट्राफिक कार्यालयले समेत हजारौं रुपैयाँ तिर्न बाँकी देखिएको छ । महसुल नतिरेकाले रोड रिह्याबिलिटेशन कम्पनीको ०२५–५८१५४० र शहरी विकास आयोजनाको ०२५–५८४९२७ नम्बरको लाइनसमेत काटिएको छ ।
सर्वाधिक बक्यौता रहने कार्यालयमा परेको इटहरी इलाका प्रहरी कार्यालयको फोन दुरुपयोग हुने गरेको इन्स्पेक्टर श्यामल सुब्बाले जनाए । ड्युटीमा खटिएका प्रहरीले व्यक्तिगत काममा फोन प्रयोग गर्ने भएकाले धेरै बिल उठेको उनको भनाइ छ । चौकीको कामले समेत फोन गर्नुपर्ने भएकोले धेरै बिल उठ्नु स्वाभाविक भएको उनले बताए । धेरै दुरुपयोग भएकोले ०२५–५८०१०० नम्बरबाट मोबाइलमा कल नजाने बनाइएको उनले जनाए । बजेट अपुग हुँदा बक्यौता बढेको उनले जनाए ।
क्षेत्रीय ट्राफिक कार्यालयका लेखापाल गणेश पन्थीले बक्यौता तिर्न रकम माग गरिएको जनाउँदै रकम आउनेबित्तिकै सबै चुक्ता गर्ने तयारीमा रहेको बताए । कार्यालयले भने दुर्घटनाबारे बुभ्mन धेरै प्रयोग हुँदा बढी रकम उठेको दावी गरेको छ । प्रहरीहरुले नै आफन्तहरुलाई फोन गर्दा बढी रकम उठ्ने गरेको एक प्रहरीले नै जानकारी दिए । ‘सार्वजनिक जस्तै छ,’ उनले भने, ‘हाकिम नभएको बेला फोनमा रजाइँ चल्छ ।’ हाँसपोसा चौकीमा पनि प्रहरीहरुले फोन दुरुपयोग गर्ने गरेका छन् । अत्याधिक दुरुपयोगका कारण बक्यौता धेरै भएपछि टेलिकमले चौकीको टेलिफोन नै काटिदिएको छ ।
टेलिकम शाखा प्रमुख धनबहादुर थापाले सरकारी संस्था तथा सुरक्षा निकायले धेरै रकम तिर्न बाँकी राखेको जनाए । ताकेता गर्दा उनीहरुले बजेट अभाव भएको बताउने गरेको जानकारी दिए । बिल नतिरेकाले निजी लाइन काटिएको भए पनि सरकारी संस्था तथा सुरक्षा निकायको कार्यको गम्भीरता हेरेर धेरैजसो लाइन नकाटिएको उनले प्रष्ट्याए ।
प्राधिकरणका अनुसार जिल्ला प्रशासन कार्यालयले समेत बिल नतिरेकोले केही महिनाअघि त्यहाँका केही टेलिफोन लाइन काटिएका थिए । सरकारी कार्यालयहरुमा कार्यालय प्रमुखहरुले चलाउने टेलिफोनको मात्र महसुल तिर्ने र अरुको नतिर्ने प्रवृत्ति देखिएको स्रोतले बताएको छ । टेलिफोन महसुलमा सरकारी संस्थालाई जरिवाना नलाग्ने भएकाले पनि संस्थाले ढिलो बुझाउने गरेका छन् ।
(source: blast.com.np)
इटहरी/सुरक्षा तथा सरकारी निकायले विद्युत् तथा टेलिफोनको महसुल वापत ठूलो रकम तिर्न बाँकी रहेको खुलासा भएको छ । इटहरी र यसवरपरका गाविसहरुमा रहेका अधिकांश सुरक्षा निकायले टेलिफोन र विद्युत् महसुलवापत लाखौं रकम वर्षौंदेखि बुझाउन बाँकी रहेको खुलासा भएको हो ।
विद्युत् महसुल नबुझाउने संस्थाहरुमा पूर्वाञ्चल तालिम केन्द्र सबैभन्दा अगाडि छ । (हेर्नुहोस्, तथ्यांक) साउनदेखि माघ मसान्तसम्मको तथ्याङ्कअनुसार केन्द्रले ६२ हजार रुपैयाँ बुझाउन बाँकी छ । त्यस्तै, दोस्रोमा नेपाली सेनाको पूर्वी पृतना पर्छ । पूर्वी पृतना र झुम्कास्थित क्षेत्रीय कारागारले ५८/५८ हजार रुपैयाँ बुझाउन बाँकी छ । त्यस्तै, नेपाली सैनिक ब्यारेक, हेल्थपोष्ट, पकलीस्थित सशस्त्र प्रहरी कार्यालय, सुनसरी–मोरङ सिँचाइ आयोजनाले समेत हजारौं रुपैयाँ तिर्न बाँकी देखिएको छ । यी कार्यालयमध्ये केहीको मासिक विद्युत् उपयोग बढी हुने हुँदा बढी रकम बाँकी देखिए पनि नियमित रुपमा तिरेको जनाइएको छ । सैनिक ब्यारेकले नियमितरुपमा महसुल बुझाएको प्राधिकरण स्रोतले जनाएको छ ।त्यस्तै, इटहरीस्थित धेरै सरकारी कार्यालयले विद्युत् महसुल समयमा तिर्दैनन् । समयमा महसुल नतिर्दा ती कार्यालयले जरिवानावापत ठूलो रकमसमेत बुझाउने गरेको प्राधिकरणको इटहरी शाखा कार्यालयले जनाएको छ । प्राधिकरणका इटहरी शाखा प्रमुख मनोज यादवका अनुसार सरकारी संस्थाहरुको विद्युत् महसुल तिर्ने प्रवृत्तिमा पछिल्लो समयमा भने केही सुधार आएको छ । अघिल्ला वर्षहरुमा लामो समयसम्म धेरै रकम बक्यौता राख्ने गरेकामा पछिल्लो समयमा भने बिल तिर्ने काम नियमितरुपमा नै भएको उनले बताए ।
धेरै कार्यालयले टेलिफोनको बिलसमेत तिरेका छैनन् । बिल बाँकी राख्ने सरकारी कार्यालय तथा सुरक्षा निकायहरुमा इटहरी इलाका प्रहरी कार्यालय अग्रस्थानमा छ । उसले २ लाख १ हजार रुपैयाँ बुझाउन बाँकी छ । ०२५–५८०१०० नम्बरको टेलिफोनको बिल नतिरिएको हो । त्यस्तै, पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयले समेत एक लाख ९९ हजार रुपैयाँ तिर्न बाँकी देखिएको छ । टेलिफोन बिल नतिर्ने सरकारी तथा सुरक्षा निकायहरुमा पूर्व क्षेत्रीय सशस्त्र प्रहरी बल तेस्रो स्थानमा छ । उसले एक लाख ९२ हजार तिर्न बाँकी छ । उसले ०२५–५८१६०० नम्बरको टेलिफोनको महसुल नतिरेका कारण लाइन काटिएको टेलिकमको इटहरी शाखाले जनाएको छ । हाँसपोसास्थित प्रहरी चौकीले एक लाख ५२ हजार तिर्न बाँकी रहेकोले चौकीको ०२५–४७६१०० नम्बरको लाइन काटिएको छ ।
यस्तै पकली इलाका प्रहरी कार्यालय, रोड रिह्याबिलिटेशन कम्पनी, पूर्वी पृतना तथा पूर्व क्षेत्रीय ट्राफिक कार्यालयले समेत हजारौं रुपैयाँ तिर्न बाँकी देखिएको छ । महसुल नतिरेकाले रोड रिह्याबिलिटेशन कम्पनीको ०२५–५८१५४० र शहरी विकास आयोजनाको ०२५–५८४९२७ नम्बरको लाइनसमेत काटिएको छ ।
सर्वाधिक बक्यौता रहने कार्यालयमा परेको इटहरी इलाका प्रहरी कार्यालयको फोन दुरुपयोग हुने गरेको इन्स्पेक्टर श्यामल सुब्बाले जनाए । ड्युटीमा खटिएका प्रहरीले व्यक्तिगत काममा फोन प्रयोग गर्ने भएकाले धेरै बिल उठेको उनको भनाइ छ । चौकीको कामले समेत फोन गर्नुपर्ने भएकोले धेरै बिल उठ्नु स्वाभाविक भएको उनले बताए । धेरै दुरुपयोग भएकोले ०२५–५८०१०० नम्बरबाट मोबाइलमा कल नजाने बनाइएको उनले जनाए । बजेट अपुग हुँदा बक्यौता बढेको उनले जनाए ।
क्षेत्रीय ट्राफिक कार्यालयका लेखापाल गणेश पन्थीले बक्यौता तिर्न रकम माग गरिएको जनाउँदै रकम आउनेबित्तिकै सबै चुक्ता गर्ने तयारीमा रहेको बताए । कार्यालयले भने दुर्घटनाबारे बुभ्mन धेरै प्रयोग हुँदा बढी रकम उठेको दावी गरेको छ । प्रहरीहरुले नै आफन्तहरुलाई फोन गर्दा बढी रकम उठ्ने गरेको एक प्रहरीले नै जानकारी दिए । ‘सार्वजनिक जस्तै छ,’ उनले भने, ‘हाकिम नभएको बेला फोनमा रजाइँ चल्छ ।’ हाँसपोसा चौकीमा पनि प्रहरीहरुले फोन दुरुपयोग गर्ने गरेका छन् । अत्याधिक दुरुपयोगका कारण बक्यौता धेरै भएपछि टेलिकमले चौकीको टेलिफोन नै काटिदिएको छ ।
टेलिकम शाखा प्रमुख धनबहादुर थापाले सरकारी संस्था तथा सुरक्षा निकायले धेरै रकम तिर्न बाँकी राखेको जनाए । ताकेता गर्दा उनीहरुले बजेट अभाव भएको बताउने गरेको जानकारी दिए । बिल नतिरेकाले निजी लाइन काटिएको भए पनि सरकारी संस्था तथा सुरक्षा निकायको कार्यको गम्भीरता हेरेर धेरैजसो लाइन नकाटिएको उनले प्रष्ट्याए ।
प्राधिकरणका अनुसार जिल्ला प्रशासन कार्यालयले समेत बिल नतिरेकोले केही महिनाअघि त्यहाँका केही टेलिफोन लाइन काटिएका थिए । सरकारी कार्यालयहरुमा कार्यालय प्रमुखहरुले चलाउने टेलिफोनको मात्र महसुल तिर्ने र अरुको नतिर्ने प्रवृत्ति देखिएको स्रोतले बताएको छ । टेलिफोन महसुलमा सरकारी संस्थालाई जरिवाना नलाग्ने भएकाले पनि संस्थाले ढिलो बुझाउने गरेका छन् ।
(source: blast.com.np)
प्रतिक्रिया दिनुहोस् >>