स्वास्थ्य संस्थाको नाममा ब्रम्हलुट

नपढेका मानिसले पनि डाक्टरको बोर्ड झुण्ड्याए
एक्सरे सेवा जोखिमपूर्ण

सर्वसाधारणलाई सचेत हुन आग्रह

इटहरी, कात्र्तिक २६
पूर्वाञ्चलका अधिकांश स्वास्थ्य संस्थाहरुमा योग्यता नपुगेका स्वास्थ्यकर्मी रहेको भन्दै मेडिकल एशोसिएसन नेपालले सर्वसाधारणलाई उपचार गराउँदा सचेत हुन आग्रह गरेको छ ।
पूर्वाञ्चलका झापा, मोरङ र सुनसरीका गरी ९६ वटा स्वास्थ्य संस्थाको अनुगमन गरेको परिषद्ले शुक्रबार ९० प्रतिशत स्वास्थ्य संस्थाहरु मापदण्ड नपुगेको कारण बिरामीहरुले राम्रो उपचार नपाउने सम्भावना बढेको बताए ।
बलियो कानुन तथा नियमित अनुगमनको अभावमा स्वास्थ्य संस्थाहरुले दिने सेवा कम गुणस्तरको रहेको परिषद्का अध्यक्ष हरि लम्सालले बताए । स्वास्थ्य संस्था अनुगमनका क्रममा मापदण्ड नपु¥याउने संस्थाहरुलाई परिषद्ले कारवाहीको चेतावनी दिएको बताउँदै सर्वसाधारणले समेत योग्य चिकित्सक भए नभएको निश्चित गर्नुपर्ने बताए ।
अधिकांश क्लिनिक तथा स्वास्थ्य संस्थाहरु विना दर्ता सञ्चालनमा रहेको उनको भनाई छ । त्यसका साथै विना शैक्षिक योग्यता डाक्टर भनेर बिरामी जाँचिरहेको कारण बिरामीहरुले जोखिमको सामना गरिरहेको लम्सालले बताए । एक्सरे तथा ल्याबहरुमा समेत योग्यता नै नपुगेका कर्मचारीहरुले सेवा दिइरहेको बताउँदै स्वास्थ्य संस्थाको सेवा अत्यन्त न्युन स्तरको रहेको बताए ।
तीन वटा जिल्लामा गरेको अनुगमनका क्रममा निजी स्वास्थ्य संस्था, नर्सिङ होम तथा क्लिनिकहरु गरी ९६ वटा स्वास्थ्य संस्थाहरुमा निरिक्षण गरिएको उनले जनाए । तीमध्ये २३ वटा स्वास्थ्य केन्द्रमा सञ्चालनमा रहेको एक्सरेमा पढ्दै नपढेका व्यक्तिहरु कार्यरत् रहेको जनाए । ‘एक्सरे गर्न बसेका कर्मचारीलाई एक्स रे भन्ने नै थाहा नभएको पाइयो ।’ उनले भने । २३ वटा स्वास्थ्य संस्था मध्ये एउटा एक्सरे ल्याबमा मात्र दक्ष जनशक्ति पाइएको खुलासा गरे ।
ल्याबमा काम गर्ने व्यक्तिले सम्बन्धित विषयमा विशेष शिक्षा हाँसिल गरेको हुनुपर्ने नियम रहेतापनि ल्याब असिस्टेन्टले नै सबै चेक जाँचहरु गर्ने गरेको उनले बताए । होमियोपेथी, नेचुरोपेथी विषयहरुमा समेत पीएचडीको सर्टिफिकेट नलिइ नै डाक्टर भनेर बोर्ड टाँगेर बस्नेहरु भेटिएको लम्सालले खुलासा गरे । उनका अनुसार होमियोपेथी सेवा दिइरहेका पाँच वटा स्वास्थ्य संस्था जाँच गर्दा चार वटा संस्था मापदण्ड विपरीत सञ्चालनमा रहेको फेला परेको छ । ल्याबमा समेत कम योग्यता हुनेले उच्च तहको चेकजाँच गर्ने गरेको बताए । उनका अनुसार जाँच गरिएका सात वटा फिजियोथेरापी सेन्टरमध्ये एउटा मात्र कानुनअनुसार सञ्चालनमा रहेको लम्सालले बताए ।
इटहरीमा सञ्चालनमा रहेका अस्पतालहरु पूर्वाञ्चल जनरल हस्पीटल, माता मनकामना आरोग्य केन्द्र, सामुदायिक स्वास्थ्य केन्द्र, पञ्चकोशी स्वास्थ्य संस्थामा अनुगमन गरिएको र ती सबै संस्थाहरु मपदण्ड विपरीत सञ्चालन भइरहेको खुलासा गरे ।
बलियो कानुनको अभावमा स्वास्थ्य संस्थाहरुमा विकृती मौलाएको भन्दै कानुनलाई परिमार्जन गरी कडा नियम बनाउन मन्त्रालयमा पहल गरिरहेको लम्सालले बताए । हाल योग्यता नपुगी स्वास्थ्य सेवा दिने व्यक्तिलाई रोजगारबाट निस्कासन गर्ने र १० हजार रुपैया जरिवाना गराउने नियम स्वास्थ्य व्यवशायी परिषद् नियमावली २०५६ मा रहेकोमा सोलाई परिमार्जन गर्न सिफारिस गरिएको लम्सालले खुलाए । ‘योग्यता नपुगेका मानिसलाई रोजगारमा लगाउनेलाई एक लाख र काम गर्नेलाई पचास हजार रुपैयासम्म दण्ड जरिवानाको व्यवस्था गर्न सिफारिस गरेका छौं ।’ उनले भने ।
लम्सालले झापाको विर्तामोडमा रहेको अकुप्रेसर उपचार केन्द्रका चिकित्सक के जंग रायमाझीसँग शैक्षिक योग्यताको प्रमाणपत्र माग गर्दा दिन नसकेको खुलाए । उनका असिस्टेन्टले समेत योग्यता हाँसिल नगरेको पाइएको बताए ।
यस्तै सुनसरीको झुम्कामा रहेको मोर्डन डाइग्नोष्टिक सेन्टर प्रालि समेत विना दर्ता सञ्चालनमा रहेको बताउँदै त्यस केन्द्रका चिकित्सक महानन्द मेहताले निरिक्षणमा जाँदा झुटो दर्ता नम्बर भनेर आफूहरुलाई समेत झुक्याउन खोजेको अनुभव लम्सालले सुनाए ।
अनुगमनको क्रममा आफूहरुले धम्कीको सामना समेत गरिरहेको बताउँदै लम्सालले स्वास्थ्य संस्थाहरुलाई अनुशासनको दायरामा ल्याइ छाड्ने समेत बताए ।

प्रतिक्रिया दिनुहोस् >>


Latest Posts

Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

भोट दिनुहोस् :