अमेरिकाभन्दा चीनका राष्ट्रपति शक्तिशाली


विश्वका सबैभन्दा शक्तिशाली व्यक्तिहरुको सूचिको शीर्ष स्थानमा अमेरिकी राष्ट्रपति बाराक ओबामालाई चिनियाँ राष्ट्रपति हु जिन्ताओले उछिनेका छन्। गत वर्षको सूचिमा ओबामा पहिलो स्थानमा थिए।
अमेरिकी म्यागेजिन फोर्ब्सले निकालेको सूचिमा पृथ्वीका ६ अर्ब ८० करोडमध्ये ६८ सबैभन्दा शक्तिशालीको नाम रहेको छ।
सूचिका लागि फोर्ब्सले विभिन्न उपाय अपनाएको बताएको छ। सम्पतिमात्र मापन गरिएको छैन जसका कारण अर्बपतिहरु पनि सूचिबाट हटेका छन्। यी त्यस्ता व्यक्ति हुन्, जसले विश्वलाई आफ्नो इच्छामा घुमाउने शक्ति राख्छन्- फोर्ब्सले भनेको छ।
'विश्वको सबैभन्दा बढी जनसंख्या भएको देशका महत्त्वपूर्ण राजनीतिक नेता र विश्वको कूल जनसंख्याको पाँच भागको एक भागमाथि झण्डै तानाशाही नियन्त्रण कायम गर्ने शक्ति भएको' भन्दै फोर्ब्सले ६७ वर्षीय जिन्ताओलाई सबैभन्दा शक्तिशाली व्यक्ति भएको बताएको छ।
अमेरिकी राष्ट्रपति बाराक ओबामा दोस्रो स्थानमा झर्नुको कारण फोर्ब्सले लेखेको छ- भर्खरैको सम्पन्न अमेरिकाको संसदीय निर्वाचनमा पराजय भोगेको र त्यसका कारण तल्लो र माथिल्लो दुवै सदनमा पकड कमजोर हुनु। तर 'विश्वको सबैभन्दा ठूलो सेनाको कमान्डर चिफ हुनु, विश्वको सबैभन्दा विशाल अर्थतन्त्र र स्वतन्त्र विश्वको नेताको अनौपचारिक उपाधिका कारण' उनी दोस्रो स्थानमा रहेको फोर्ब्सले लेखेको छ।
सूचिमा भारतमा सत्तारुढ दलकी नेतृ सोनिया गान्धी नवौँ नम्बरमा रहेकी छिन् भने भारतीय प्रधानमन्त्री मनमोहन सिंह १८ औँ नम्बरमा छन्। फ्रान्सका राष्ट्रपति निकोलस सार्कोजी (१९) र अमेरिकी विदेशमन्त्री हिलारी क्लिन्टनभन्दा (२०) भन्दा भारतीय प्रधानमन्त्री बढी शक्तिशाली देखिएका छन्।
फेसबुकका सीइओ मार्क जुकेरवर्ग ४० औँ नम्बरमा छन्। उनको स्थान संयुक्त राष्ट्र संघका महासचिव बान कि मुनभन्दा एक स्थानमाथि र तिब्बती आध्यात्मिक गुरु दलाई लामाभन्दा एक स्थानमात्रै तल हो।
गुगलका संस्थापकद्वय ल्यारी पेज र सेर्गेइ बिन भने २२ औँ र २३ औँ नम्बरमा रहेका छन्।
पाकिस्तानका राष्ट्रपति आसिफ अलि जर्दारीको नाम सूचिमा छैन तर पाकिस्तानी सेनाका प्रमुख असफक परवेज कयानी भने २९ औँ नम्बरमा छन्। उत्तर कोरियाली राष्ट्रपति किम जोङ इल ३१ औँ नम्बरमा छन्।
साउदी राजा अब्दुल्ला बिन अब्दुल अजिज अल साउद तेस्रो नम्बरमा छन् भने रुसी राष्ट्रपति भ्लादिमिर पुटिन चौथोमा। इसाई धर्मगुरु पोप बेनेडिक्ट पाँचौँ नम्बरमा छन् भने छैटौँ नम्बरमा जर्मन चान्सलर एन्गेला मर्केल, बेलायती प्रधानमन्त्री डेभिड क्यामरुन सातौँ नम्बरमा छन्।
नराम्रो काम गरेर पनि शक्तिशाली हुनेहरुको नाम पनि सूचिमा रहेको छ। ओसामा बिन लादेन ५७ औँ नम्बरमा छन् भने भूमिगत गिरोह डी कम्पनीका सञ्चालक डन दाउद इब्राहिम ६३ औँ नम्बरमा छन्। त्यसैगरी मेक्सिकोका लागू औषध तस्करी गर्ने कम्पनी सिनालोआ कार्टेलका अर्बपति जोआक्विन गुज्मन लोएरा ६० औँ नम्बरमा छन्।
परम्परागत मिडियाका व्यवस्थापकहरु जस्तै बीबीसीका महानिर्देशक मार्क थम्पसन जस्ता व्यक्ति सूचिबाट हट्दा अमेरिकी सेनाबारे गोप्य अभिलेख सार्वजनिक गर्ने साइट विकिलिक्सका प्रधान सम्पादक जुलियन आस्सान्गे ६८ औँ नम्बरमा छन्।
एसियाका सबैभन्दा धनी व्यक्तिका रुपमा रहेका भारतीय धनाढ्य मुकेश अम्बानी ३४ औँ नम्बरमा छन्। भारतीय स्टिल व्यापारी लक्ष्मी मित्तल ४४ औँ नम्बरमा छन्। अर्का भारतीय व्यापारी रतन टाटा ६१ औँ नम्बरमा छन्।(nagarik)

प्रतिक्रिया दिनुहोस् >>


Latest Posts

Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

भोट दिनुहोस् :