इडीभीको घनचक्करमा युवाहरु
Posted by
purwanews
Published on
Thursday, October 21, 2010
‘नेपालमा बसेर केही नहुने भयो ।’ अमेरिका जानको लागि डिभि भर्न इटहरीस्थित एक साइबर क्याफेमा पुगेका इटहरी २ का प्रदिप शाहले भने, ‘अब विदेशिनुको विकल्प नै छैन ।’
शाहसँगै क्याफे आइपुगेकी संगिता श्रेष्ठले समेत देशको वर्तमान अवस्थाले गराएको तितो अनुभव पोखिन्, ‘राजनतिक अस्थिरता, भ्रष्टाचारका कारण हामीजस्तालाई काम गरेर खाने अवसर नहुँदा बाध्यताले विदेशिनु परेको छ ।’
शाह र श्रेष्ठ झै धेरै युवाहरु अहिले अमेरिका जानको लागि डिभि भर्न लागिरहेका छन् । स्ववेदेशको राजनीतिक अवस्था र जनशक्ति पलायन तथा रोजगारीको अभावका कारण धेरै युवाहरु इडीभीको चक्करमा छन् यतिखेर । इटहरीस्थित लोटस साइबरका सञ्चालक सुनिल भट्टराईका अनुसार डिभि भर्नेहरुको संख्या यसपालि गतवर्षको भन्दा झण्डै दोब्बर छ ।
अघिल्लो वर्ष उक्त साइबरबाट अढाइ सय जना मानिसले डिभि भरेकोमा या पटक समय सकिन दश दिन बाँकी हुँदा नै तीन सय जना भन्दा बढिले डिभी भरिसकेका छन् । यता इटहरीस्थित मेरो साइबरका सञ्चालक मेघराज पोख्रेलका अनुसार डिभी भर्ने समय सकिनै लाग्दा भीड बढ्दै गएको । तर अमेरिकामा डिभी भर्नुभन्दा अघि जो कोहीले पनि आफ्नो सीप र दक्षता बढाउनुपर्ने भट्टराईको धारणा छ । ‘त्यहाँ गएर सरकारी जागिर पाइने होइन ।’ उनले भने, ‘भाषा, सीप र क्षमताको विकास आफूले गर्नैपर्छ ।’
अमेरिकाले यस वर्ष संसारका विभिन्न देशहरुबाट ५५ हजार मानिस भित्र्याउँदैछ । अमेरिकाको आवासिय भिसाको लागि नेपालमा वर्षेनी लाखौं मानिसले डिभि चिठ्ठा भर्ने गरेका छन् । तर तीमध्ये धेरै कमलाई मात्र चिठ्ठा पर्ने गरेको छ । डिभी फारम भर्ने समय, फारमसँग पठाउनुपर्ने फोटोको गुणस्तर र भर्ने तरिकाले डिभी पर्ने वा नपर्ने विषयमा असर पार्छ भन्छन् भट्टराई ।
वर्षेनी हजारौं नेपालीहरुले डिभी भर्ने गरेतापनि केही सय नेपालीहरु मात्र अमेरिका जान पाउने गरेका छन् । भट्टराई भन्छन्, ‘यो त भाग्यकै कुरा हो ।’ आफ्नो साइबरमा डिभी भरेर अमेरिका पुगेका तीस जना व्यक्तिको फोटो भित्तामा टाँसेका भट्टराई भने आफैलाई डिभी नपरेको दुःखेसो गर्छन् । ‘मैले भरिदिएको डिभी परेर दर्जनौं नेपालीहरु अमेरिका पुगिसके तर आफूलाई चाहि पर्दैपर्दैन । उनी यो वर्ष सातौं पटक डिभी भर्दैछन् । (हिमाल दहाल, कात्तिक ४ )

प्रतिक्रिया दिनुहोस् >>