यौनकर्मीसँगै होटलबाट पक्राउ परे नेता लक्ष्मण थारु

काठमाडौं, असोज २४ 
व्यवसायिक यौनकर्मीसँग गेष्ट हाउसमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष लक्ष्मण थारु पक्राउ परेका छन्। महानगरीय प्रहरी परिसर काठमाडौंले बागबजारमा रहेको गणेश गेष्ट हाउसवाट यौनकर्मी महिलासहित नेता थारुलाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार आईतबार बिहान साँढे नौ वजे गेष्ट हाउसमा पुगेको प्रहरीले छापा मार्नेक्रममा कोठामा राधिका मगर (नाम परिर्वतन ) सँग नग्न अवस्थामा अवस्थामा एक पुरुष फेला परेको थियो। प्रहरीले दुबैलाई नियन्त्रणमा लिएर सोधपुछ गर्नेक्रममा पक्राउ परेका ब्यक्तिले आफू लक्ष्मण थारु रहेको बताउँदै प्रहरीलाई पक्राउ नगर्न धम्क्याएपछि प्रहरीले थारु र युवती सहित गेष्ट हाउस सञ्चालिका पार्वती पुरीलाई समेत पक्राउ गरेको थियो।
प्रहरीले पक्राउ परेका तीनै जनालाई सार्वजनिक अपराध ऐनको अभियोग लगाएर अनुसन्धानका लागि हिरासतमा राखेको छ।
जनयुद्धकालमा माओवादीमा सक्रिय रहेका थारु माओवादी शान्तिपूर्ण राजनीतिमा आए लगत्तै विद्रोह गरी मञ्चको गठन गरेका थिए। उनले तराईका थारु प्रभावित जिल्लाहरुमा मधेसी जनअधिकार फोरम लगायतका तराई केन्द्रित दलले सुरु गरेको एक मधेस एक प्रदेशको विरोधमा थारुहटको माग गर्दै आन्दोलन गरेका थिए। केही महिना अगाडि मञ्च र फोरमबीच एक मधेस एक प्रदेशको मागमा सहकार्य गर्ने सहमति भएको दुबैले संयुक्त पत्रकार सम्मेलन गरी सार्वजनिक गरेका थिए। (ekantipur.com)

प्रतिक्रिया दिनुहोस् >>


Latest Posts

Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

भोट दिनुहोस् :