मलामीले सैनिक जवान लुटे
Posted by
purwanews
Published on
Thursday, October 14, 2010
बैतडी, आश्विन २८ - दसैं बिदामा घर र्फकदै गरेका नेपाली सेनाका दुई जवान घर नजिकै लुटिएका छन् ।
बुधबार साँझ गोठलापानीबाट घरतर्फ जाँदै गरेका दशरथचन्द १०का दिपक बिष्ट र ११ का कैलाश चन्दलाई दशरथचन्द नगरपालिका ९ कापडीगाँउमा लुटिएका हुन् ।
चमेलिया जलबिद्युत आयोजना स्थित सुरक्षा क्याम्पमा कार्यरत सैनिक जवान बिष्ट र चन्द छन् ।
महाकाली नदीमा स्थानीय एक महिलाको दाहसंस्कार गरी घर र्फकदै गरेका मलामीले ४० हजार नगद, नौ आनाको सुनको औंठी र जुत्ता समेत लुटेको पिडितले बताएका छन् । दुवै जनालाई कुटपीट गरी लुटेको पीडितले बताए ।
लुटपाटमा संलग्न रहेको आरोपमा प्रहरीले दशरथचन्द ८ मौनीगाउँका १५ जनालाई नियन्त्रणमा लिएको थालिगडा प्रहरी चौकी ईन्चार्ज गोपी भण्डारीले बताए । (kantipur)
प्रतिक्रिया दिनुहोस् >>