एक्लो विजेता

 




सुनसान सडकमा बसेको उसले आफ्नो छातालाई कोटमा झुण्ड्याएको छ । उसलाई तातो घामको पनि पर्वाह पनि नभएको देखिन्छ ।
केके सोचेझै गरेको ऊ एकैछिनमा खित् खित् हाँस्न थाल्यो ।
‘के भो ?’ बाटो हिड्ने एक जना बटुवाले उसको काँधमा धाप मार्दै सोध्यो ।
भुक्क परेको गाला झन् फुलाउँदै उसले प्रतिक्रिया दियो, ‘म खामचन्द्रे, नखाइ कन त म छाड्दै छाड्दिँन ।’
अचम्ममा परेको बटुवाले सोध्यो, ‘के छाड्दिनँ भन्नु भा ? के भयो तपाइँलाई ?’
अझ ठूला ठूला आँखा बनाउँदै झन् आक्रामक पारामा उसले भन्यो, ‘सय पल्ट हारे पनि छाड्दिनँ । ती नाथे भातमाराहरुले छाड्दैमा म हार मान्छु ?’
वटुवाले केही सोध्न खोज्दै थियो, आकाशतिर हेर्दै खामचन्द्रेले फेरी भन्यो, ‘दशैं आउँदैछ । म खान्छु । अनि तपाइलाई पनि खुवाउँछु ।’

अलमलमा परेको वटुवाले खामचन्द्रेको कोटको खल्तीमा केही कागज देख्यो । उत्सुकतापूर्वक उसले तान्न खोज्यो । ‘हुन्न ।’ झट्कारिँदै उसले प्रतिक्रिया दियो, ‘यो राष्ट्रको सम्पत्ती हो ।’
‘म पनि राष्ट्रको नागरिक हुँ । हेर्ने अधिकार त मलाई पनि छ ।’ वटुवाले जिद्धि गर्छ ।
‘तिमी नागरिक भए म तिम्रो मालिक हुँ ।’
‘को हो तपाइँ ?’
‘म खाम चन्द्रे ।’
‘के गर्नुहुन्छ ? ’
‘केही गर्दिँन । लाप्पा खेल्छु । ’
‘को सँग ?’
आँखा ठूला पार्दै भन्यो, ‘जोरी खोज्नेसँग ।’
‘कसले खोज्यो जोरी ?’
‘पचपन्ने र झलेले ।’
वटुवाले बल्ल केही बुझ्यो । अनि खामचन्द्रेको अनुहारमा ध्यान दिएर हे¥यो । केही बुझे झै उसल े भन्यो, ‘भनेपछि तपाई रामचन्द्र । प्रधानमन्त्रीको दाबेदार ?’
‘धत् ।’, उसले हका¥यो, ‘रामचन्द्र होइन, खामचन्द्र । रामचन्द्र नाम राखेँ । तर मैले के पाएँ ? अहिलेको जमाना भनेको रामको होइन । रावणको हो । म खाम चन्द्रे । अब मेरो ध्यान खानमा मात्र छ । म प्रधानमन्त्रीको खाबेदार ।’
सुनेर बटुवा हाँस्यो । खामचन्द्रे छक्क प¥यो ।
‘किन हाँसेको ?’ उसले सोध्यो ।
‘भनेपछि संविधानसभामा गाईजात्रा देखाएर जग हँसाउने तपाइ नै हो ?’
‘जे सुकै जात्रा भन । तर म युद्धमा लडेर जित्ने मान्छे हुँ । म हार्न जान्दिँन । हार खानु तर हरेस नखानु भन्ने मेरो सिद्धान्त हो ।’ खामचन्द्रेले भन्यो ।
‘अनि अरु दुई जनाले त सहमतीको लागि प्रतिष्पर्धा छाडे नि ।’ वटुवाले भन्यो ।
‘नालायक हुन् ती ।’ मुख बिगार्दै भन्यो, ‘हरुवाहरु ।’
‘प्रतिष्पर्धी नै नभएपछि को सँग प्रतिष्पर्धा गर्नुहुन्छ त तपाईँ?’ बटुवाले सोध्यो ।
‘एक्लै भए पनि गर्छु ।’ खामचन्द्रेले छाती फुलाउँदैभन्यो, ‘जन्मेँ एक्लै । मर्ने हो एक्लै, प्रतिष्पर्धा गर्न किन साथी चाहियो ?’
‘प्रतिष्पर्धा गर्न त कम्तिमा दुई जना त चाहियो नि ।’ वटुवाले आफूल 75; जानेको कुरा बतायो ।
‘चाहिन्छ ।’ उसले भन्यो ‘तर छैन ।’
‘अनि ?’
‘त्यही भएर म एक्लो बिजेता ।’ कोटको दुवै फेरालाई दुइ हातले पन्छाउँदै कम्मरमा हात राखेर उसले भन्यो, ‘यही मेरो माग हो ।’
वटुवाले केही सोध्न खोज्दै थियो, खामचन्द्रेले भन्यो, ‘ऊ । फेरी प्रतिष्पर्धाको समय भयो । दशौं पटक हो क्यारे । मैले पनि भुलिसकेँ ।’
उसले एउटा डोरी निकाल्यो । डोरीको एउटा छेउ त्यत्तीकै भुईँमा छोडिदियो । अर्को छेउ समातेर तान्न थाल्यो । तान्ने क्रममा ऊ बर्बराउँदै थियो, ‘जित्यो । जित्यो । केटोले विना दुष्मनको खेल दशौं पटक पनि जित्यो ।’

प्रतिक्रिया दिनुहोस् >>


Latest Posts

Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

भोट दिनुहोस् :