७० वर्षको उमेरमा रिक्साको सहारा
Posted by
purwanews
Published on
Thursday, January 8, 2009
धनबहादुर पुरी
तपाई ७० वर्ष पुग्नुभयो भने तपाई के गर्नुहुन्छ ? कल्पना गर्नुहोस् नातिनातिना खेलाउँदै बस्नु हुन्छ । या त खाटमा बसेर रामायण पढ्दै हनुहुन्छ । या त ओच्छ्यानमा बसेर नाति नातिनाको स्याहारमा मख्ख पर्दै हुनुहुनेछ ।
तर हाँसपोसा–४ मौलियाका ७० वर्षिय दाह्री जुँगा सेतै फुलिसकेका सुकल चौधरी भने रिक्सा चलाएर बिहान बेलुकाको छाक टार्न यात्रुहरुको पर्खाइमा तरहराको चौकमा दिन बिताउँदै हुन्छन् ।
धनी बाबुको छोरा भएको भए उनी खटियामा बसेर मनमा लागेका कुरा खान्थे होलान् । यात पुख्र्यौली सम्पत्ती भएको भए त्यती गाह्रो पर्दैनथ्यो । हुन त केहि समय अघि मौलियाका एक जमिन्दारको घरमा जन्म लिएका चौधरी तीन भाइ मध्येका जेठा छोरा हुन् ।
केहि वर्ष अघि आफ्नी श्रीमती र तीन जना छोरी गुमाएको सम्झँदाको क्षणले विरक्तिदै चौधरी भन्छन् डाक्टरको त विश्वास नै लाग्दैन । आफ्नो सन्तानको लागि सो समयमा हजारौँ खर्च गरे । जग्गा जमिन बेचे तैपनि अकालमै ज्यान गयो ।
भएको जमिन सकिएपछि अर्काको जमिनमा खेती गर्दै आएका चौधरीको खेत पनि मालिकले बेचेपछि भौतारिँदै हिँडेका छन् । चौधरीले त्यसको केही समय पछि बस चालकको रुपमा काम काम गरे । तर १३ वर्षयता रिक्सा कुदाउन थालेका चौधरीसँग अब त रिक्सा चलाउनुको कुनै विकल्प पनि छैन ।
पीडा भुलाउन उनी रक्सीको सहारा लिन्छन् । भन्छन् ‘दिनभरी काम गरेर गलेको बेला रक्सी खान्छु ।’ कानसम्म राम्रोसँग सुन्न नसक्ने चौधरी हाल कान्छा भाई पुसन चौधरीका घरमा बस्दै आएका छन् । भाई कोलीराम चौधरीले पनि आफुलाई माया गरेको बताउँछन् । चौधरी चामलको बोरा धान जस्ता गह्राँँै कुरा बोक्न सक्तैनन् । दिनमा १५० देखि २०० कमाउँछु दुःख मान्दै चोधरी भन्छन् । विगत केहि वर्ष यता उहाँलाई सास बढ्ने बिरामीले च्यापी सकेको छ तथापी बिहान बेलुकाको हात मुख जोड्न गर्मी होस् या जाडो, भालेको डाक सँगै उनी ग्राहकको खोजीमा नै हुन्छन् निरन्तर ...
प्रतिक्रिया दिनुहोस् >>