वाटिका गतिबिधी


वाटिकासँगै भत्कियो सबैको मन
'यसको लागि हामी सबै लागिपर्‍यौं । हामीले श्रम दियौं । सपना देख्यौं ।' केही आत्रmोश र असन्तुष्टिको भावमा इटहरी–५ पचरुखी निवासी रोहितले भने– 'आज सबै सुनसान र उजाड भएको छ ।'
इटहरी–५ मा रहेको काव्यवाटिकाको भौतिक संरचना भत्केसँगै भत्किएको हो रोहितको मन । वष्रौ उनी र उनका सहकर्मीहरु मिलेर वाटिकामा विभिन्न कलाक ृतिको सिर्जना गरे, वाटिकालाइ आफ्‍नो मन्दिरको रुपमा प्रयोग गरे । तर आज भत्केको वाटिकासँगै उनी र उनका सहकर्मी लगायत सबै स्थानीय वासिन्दाहरु खिन्न भएका छन् । काव्यवाटिकाको निर्माणका लागि आफ्‍नो श्रम दिएका स्थानीय वासिन्दा चतुरलाल चौधरी भन्छन्– 'आफ्‍नै घरभmै बनाएँ, तर आज भत्कँदा निकै नराम्रो लागेको छ ।' (काव्यवाटिका बनाइदै गरेको अवस्थाको पुरानो स्वरुप, बाँया)
रोहित र चतुरलाल त उदाहरण मात्र हुन् । उनीजस्ता आज धेरैको मन भत्केको छ । कला सिर्जनाका लागि पूर्वाञ्चलकै प्रमुख थलोको रुपमा विकास गर्न खोजिएको काव्यवाटिका आज पूर्णतया: खण्डहर बनिसकेको छ । त्यसका साथै विकतिको थलोका रुपमा पनि काव्यवाटिका परिचित हुँदैछ ।
20५९ सालमा बनेको वाटिका तीन हेक्टर क्ष्त्रफलमा फैलिएको छ । कलाकार वित्रmम श्रिको योजनामा विभिन्न कलाकारहरुको अथक मेहनतमा वाटिकाको रुप लिएको काव्यवाटिका कुनै समय कला सिर्जना गर्दै ध्यानमा लिन हुन चाहनेको मन्दिर थियो भन्ने कुरा त्यहाँ पुग्ने नयाँ व्यत्तmिले विश्वासै गर्न सक्दैनन् । कलाकारहरुले बनाएका क ृतिहरु यत्रतत्र छरिएका छन्‍ । कति कलाक ृति त चोरिएको स्थानीय वासिन्दाहरु बताउँछन् । श्रीखण्ड, बेल, रुद्राक्ष, साल, सतिसाल, खयरलगायतका दुर्लभ र मूल्यवान वनस्पतिहरु रोपिएको वाटिकामा आजको समयमा सिसौ लगायतका रुखहरुले मात्र मुस्किलले आफ्‍नो अस्तित्व जोगाइरहेका छन् । ती पनि स्थानीय वासिन्दाको संरक्ष्ाकत्व नहुने हो त मासिने अवस्थामा छन् । रोहित भन्छन्– 'सिक्किम र दार्जिलिङ पुगेर ल्याइएका बिरुवाहरु आज एउटै पनि छैनन् ।'
इटहरी नगरपालिका, नेपाल वातावरण पत्रकार समूह: वातावरण्ा सहयोग कोष, राष्टि्रय जनउत्थान केन्द्र, प्लाष्टिक भmोला नियन्त्रण अभियान समूह इटहरी र विभिन्न व्यत्तmिको सहयोगमा स्थापित वाटिकामा मूर्तिकला तालिम सञ्चालन गरिन्थ्यो । वाटिका कलासाधकहरुका लागि मात्र होइन, देशकै विशिष्ट व्यत्तmित्वहरुका लागि पनि चासो र रुचिको ठाउँ थियो । त्यही भएर विभिन्न देशका राजदूतहरुले पनि वाटिका अवलोकन गरेका थिए । तर कुनै समयको हराभरा, मनमोहक र थुप्रै कलाकारहरुको पि्रय थलो आज जीर्ण्ा भएको छ । जुन द ृश्य वाटिका बनाउनेहरु हेर्न पनि सक्दैनन् । 'यहाँका बालबालिकाहरुले पनि यहाँका प्रत्येक रुखहरु सुम्सुम्याएका छन् । यहाँका जराजरासम्म पनि हाम्रो आैला पुगेको छ'– रोहितले भने, 'खान, सुत्न छाडेर पनि वाटिकामा श्रम पोखियो । सिर्जना गरियो । तर वाटिकाको व्यवस्थापन पक्षको लापर्वाहीका कारण आज वाटिका यस्तो अवस्थामा छ ।' तात्कालीन रुपमा कलाकार श्रिको अध्यक्षतामा वाटिका व्यवस्थापन समिति गठन गरिएको थियो । पछि कृष्ण विनोद लम्साल त्यहाँको अध्यक्ष भए । हाल समितिको अध्यक्षमा ठमनाथ लम्साल रहेका छन् । स्थानीय वासिन्दाहरु समितिको लापर्वाहीका कारण वाटिकाको यस्तो अवस्था भएको आरोप लगाउँछन् । समितिले राम्रो काम र पहल गरिदिएको भए वाटिकाको यस्तो अवस्था नहुने बताउँछन् । वाटिकाको भत्केको संरचना निर्माणको सहयोगका लागि यसै आर्थिक वर्षमा इटहरी नगरपालिकाले एक लाख रुपैयाँ छुट्‍याएको छ । तर सो रकम वाटिका निर्माणको लागि अपुग हुने धारणा स्थानीय वासिन्दाको छ । स्थानीय निकायको पहलमा राज्यले नै वाटिकाको संरक्षणको लागि सहयोग गनर्ुपनर्े उनीहरुको माग रहेको छ ।
यता, वाटिकाका योजनाकार कलाकार वित्रmम श्रि भने वाटिकाको विषयमा सम्बन्धित निकायले चासो नदिएको बताउँछन् । उनी भन्छन्– 'मेरो त सारा सपना नै त्यो वाटिका थियो । आज त्यहाँ पुगेर म रुन मात्र सक्छु ।' वाटिकाको पुनर्निर्माणका लागि दल तथा वाटिकाको व्यवस्थापन समितिले वेवास्ता गरेको उनको भनाइ छ । 'वाटिकालार्इ दक्षिण एसियाली मूर्ती कलाकारहरुको तीर्थस्थल बनाउने मेरो योजना मैले सम्बन्धित निकायमा प्रस्तुत गरिसकेको छु । तर कही कसैले सुन्दैनन् ।' उनी दु:खेसो पोख्छन् । वाटिकालार्इ सहयोग प्राप्त भएर एकपटक पुनर्निर्माण गर्न सकियो भने अन्तर्राष्टि्रय सहयोगहरु पनि जुटाउन सक्ने दावी उनको छ ।
काव्यवाटिका इटहरी लगायत पूर्वाञ्चलका कलाकारहरुले देखेको सपना हो । काव्यवाटिकासँग यहाँका कलाप्रेमीहरुको परिश्रम मात्र जोडिएको छैन, भावनात्मक नाता पनि गाँसिएको छ । जुन यी कलाकार र कलाप्रेमीसँग कुरा गनर्े जो सुकैले पनि यिनको आँखामा देख्न सक्छ । तसर्थ वाटिका हरहालतमा बन्नुपर्छ । हिजो काव्यवाटिकाको निर्माणको लागि खटेका सबै स्थानिय वासिन्दा, बालबालिका तथा सबैको भनाइ यही छ । वाटिका नबने भोली गएर कुनैपनि कलाकारले कुनै वाटिकाको सपना देख्न सक्ने छैन । जुन समग्र नेपालकै लागि दूर्भाग्यपूर्ण हुनेछ । काव्यवाटिका सहयोगि हातहरुको पर्खाइमा छ ।
(काव्यवाटिका सम्बन्धि जानकारी इन्टरनेटबाट पाउन मुस्किल रहेकोले काव्यवाटिका सम्बन्धि जान्न चाहने सबैका लागि यो जानकारी राखिएको । यो रिपोर्ट नेपालीपोष्ट डटकममा पनि प्रकाशित भइसकेको छ ।)
–हिमाल

प्रतिक्रिया दिनुहोस् >>


Latest Posts

Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

भोट दिनुहोस् :