संकटमा साता

गत असोज २६ गते भारतीय सञ्चार संस्था आजतक मार्फत् ज्योतिषहरुले प्राकृतिक प्रकोप, भुकम्प तथा दुर्घटनाको ठूलो संकट भित्रिँदै गरेको भविष्यवाणी गरे । नौ दिनसम्म संसारमा र विशेष गरी एसिया महाद्विपमा अनिष्ट हुने बताइरहँदा नेपालका टेलिभिजन च्यानलहरुले भने बस दुर्घटनामा ४० जना मारिएको बे्रकिङ न्युज बजाइरहेका थिए । त्यसयता नेपालमा मात्रै ६० जना भन्दा बढीको विभिन्न स्थानमा भएका दुर्घटनामा मृत्यु भइसकेको छ भने सय जना भन्दा बढी घाइते भएका छन् ।
आजतकमार्फत् ज्योतिषहरुले यो हप्ताभरीमा ठूलै अनिष्ट हुने दावी गरेका छन् । उनीहरुको भनाईमा असोज २६ गतेदेखि नौ दिनसम्म शनि ग्रह सुर्यको सबैभन्दा नजिक पुग्ने छ । त्यसै त विभिन्न अनिष्ट ल्याउने शनि सुर्यको नजिक पुगेमा पृथ्वीमा त्यसको प्रत्यक्ष असर देखिने दावी भारतीय ज्योतिषहरुको थियो । मानिसमा विभिन्न किसिमका रोगको प्रकोप फैलिने, दुर्घटना, भुकम्प र प्राकृतिक प्रकोप आउने समेत चेतावनी दिइएको छ ।
हुन त भारतीय सञ्चार माध्यमहरु अन्धविश्वासका कुरालाई पनि प्राथमिकताका साथ प्रशारण गर्छन् । चाहे त्यो पौराणिक कालका कुरा हुन् वा सत्ययुगका कहानी, वर्तमानसँग जोडेर सनसनीपूर्ण समाचार दिने नाममा उनीहरु यस्ता भविष्यवाणी गरिरहन्छन् । तर भारतीय ज्योतिषीहरुको यो भविष्यवाणीमाथि टिकाटिप्पणी भइरहेकै बेलामा एकजना वैज्ञानिकले समेत नेपाली मिति अनुसार कात्र्तिक १ गते तीन दिन यता उता हुने गरी भुइचालो आउने भविष्यवाणि गरेका छन् ।
वैज्ञानिक आर जे रोबर्टस्का अनुसार कात्र्तिक १ गते भुइचालो जानेछ र त्यो ६.५ म्याग्निच्युडसम्मको हुनेछ । उनले आफ्नो साइट अर्थक्वेक नेक्स्ट्मा तिब्बतीयन प्लेटमा भुइचालो जाने उल्लेख गरेका छन् । भुकम्पले कति क्षती गर्छ भन्ने निश्चित भइसकेको छैन यद्यपी तिब्बतीयन प्लेटमा जाने भुइचालोले काठमाडौ र नयादिल्ली सम्म असर गर्ने भनिएको छ ।
ज्योतिष र वैज्ञानिकले एउटै समयमा प्रकोप आउँछ भनेर भविष्यवाणि गरेको संभवतः यो पहिलो पटक हो । यसअघि अमेरिकाका केही इसाइ गुरुहरुले गत मे महिनामा संसार ध्वस्त हुन्छ भन्ने भविष्यवाणी गरेका थिए । उनीहरु घरबार नै छाडेर यसै कुराको प्रचार गर्दै हिडेका थिए  । तर उनीहरुको भविष्यवाणी गलत सावित भएको थियो । यस्ता थुप्रै भविष्यवाणिहरु गलत सावित भइसकेका छन् ।
भुकम्पको भविष्यवाणी गरेको वेव साइटले आजसम्मका भविष्यवाणि खेर नगएको दावी गरेको छ । उसले पाकिस्तानको इस्लामावादमा पनि तीन दिन यता उता गरेर असोज २८ गते भुइचालो जाने दावी गरेको छ ।
गत असोज १ गते ९० साल यताकै ठूलो भुईचालोको सामना गरेको नेपालमा निकट भविष्यमा अर्को ठूलो भुइचालो आउने सम्भावनालाई विभिन्न विशेषज्ञ, वैज्ञानिक तथा ज्योतिषहरुले सचेत गराउँदै आएका छन् । चर्चामा आएका भविष्यवाणिहरु गलत सावित भइरहेको समयमा भविष्यवाणीबाट आत्तिहाल्नु त पर्दैन, तर भुकम्पको लागि पूर्वतयारी गर्दा नै वेश होला ।
purwanews, kartik 1

प्रतिक्रिया दिनुहोस् >>


Latest Posts

Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

भोट दिनुहोस् :