६३ गाविसका एक्लो सचिव

एकजना गाविस सचिवले कतिवटा गाविसको जिम्मेवारी पाउलान् ? एउटा, दुइटा वा चारवटा । यदि तपाईं यो सोंच्दै हुनुहुन्छ भने गलत सोंच्दै हुनुहुन्छ किनकि भोजपुर जिल्लामा भने एकजना सचिवले ६३ वटा गाविसको कार्यभार सम्हाल्दै आएका छन् ।
भोजपुरको खावा गाविसमा कार्यरत् सचिव कुमार श्रेष्ठले अहिले ६३ गाविसको जिम्मेवारी पाएका छन् । यसअघि उनले एउटामात्र गाविस हेर्दै आएका थिए । यति बेला भोजपुरका धेरै गाविस सचिव दशैं विदामा घर गएकाले उनले ६३ वटा गाविसको कार्यभार सम्हाल्नु परेको हो । आप्mनै जिल्ला घर भएका सचिवहरु स्थानीय शासन सामुदायिक विकास कार्यक्रम (एलजीसीडीपी) को अवलोकन भ्रमणमा गएकाले जिल्लाका सबै गाविसको जिम्मेवारी उनलाई दिइएको भोजपुरका निमित्त स्थानीय विकास अधिकारी सुरेन्द्र राईले बताए ।
जिल्ला विकास समितिले सचिव श्रेष्ठलाई दिएको च.नं. ५०५ को पत्रमा उल्लेख भएअनुसार अन्य सचिव जिविसमा हाजिर नभएसम्मका लागि उनलाई थप कामकाजको जिम्मा दिइएको हो । एउटै सचिवलाई यति धेरै गाविसको जिम्मेवारी दिएपछि काम गर्न कठिनाइ भएको सचिव श्रेष्ठले बताए । उनी भोजपुर गाविसमा भाडाको एउटा सानो कोठामा बसेर दैनिक काम चलाउँदै आएका छन् । उनलाई भोजपुर गाविसका तीनजना कर्मचारीले सहयोग गर्दैछन् । एउटै गाविसको दैनिक प्रशासनिक कार्य गर्न कठिनाइ भएका बेला ६३ गाविसको जिम्मेवारी सम्हाल्न असहज भएको श्रेष्ठको भनाइ छ ।
सरकारले दशैं विदा सकिएलगत्तै दैनिक कामकाजमा फर्कन कर्मचारीहरुलाई निर्देशन दिए पनि कर्मचारीहरु काममा फर्किएका छैनन् । जिल्लाबाहिर घर भएका सचिवहरु तिहारपछि मात्र काममा फर्कने गरेका छन् । दशैं विदामा घर गएका कर्मचारीहरु तिहारपछि मात्र फर्कने परम्परा बसेको स्थानीय एक कर्मचारीले बताए ।
भोजपुरमा ६३ वटा गाविस छन् । ६३ मध्ये चार गाविस नयाँ नगरपालिकामा गाभिएर ५९ गाविस भए पनि पुरानै गाविसबाट कामकाज भइरहेको छ । हाल भोजपुरमा ४३ जना गाविस सचिव कार्यरत् छन् भने २० वटा गाविस सचिवविहीन अवस्थामा छन् । देशभर ३९ सय १५ गाविस छन् । अर्थमन्त्री भरतमोहन अधिकारीले नयाँ आर्थिक वर्षको बजेट वक्तव्यमार्पmत् थप ४१ नगरपालिका घोषणा गरे पनि हाल पुरानै गाविसबाट कामकाज भइरहेको स्थानिय विकास मन्त्रालयले जनाएको छ । देशभर १४ सय ३८ वटा गाविस सचिवविहीन छन् ।
केही महिना अघिसम्म तीन सय गाविस सचिवविहीन रहेकामा अहिले १४ सय ३८ स्थान रिक्त रहेको स्थानीय विकास मन्त्रालयका प्रवक्ता दिनेशकुमार थपलियाले बताए । उनका अनुसार ६ सय २ जना सचिवले केही महिनाअघि स्वेच्छिक अवकास लिएका थिए । यति धेरै गाविस सचिवविहीन भएपछि लोकसेवा आयोगमा परीक्षा दिएका करिब ५ सय ३१ जना गाविस सचिव रिक्त दरबन्दीमा पदपूर्ति हुने थपलियाले जनाए । स्थानीय सरकारको रुपमा रहेको गाविसमा दरबन्दीअनुसार सचिव नहुँदा स्थानीयले मार खेप्दै आएका छन् । दरबन्दीअनुसार सचिव नहुँदा एउटै सचिवले १० वटासम्म गाविसको जिम्मेवारी सम्हाल्दै आएको मन्त्रालयले जनाएको छ ।
हाल स्थानीय निकाय जनप्रतिनिधिविहीन अवस्थामा छन् । ०५४ सालदेखि स्थानीय निकायको निर्वाचन हुन सकेको छैन । निर्वाचन हुन नसक्दा कर्मचारीको भरमा स्थानीय निकाय चल्दै आएका छन् । सशस्त्र द्वन्द्वका बेला असुरक्षा भएको भन्दै जिल्ला सदरमुकामकेन्द्रित भएका गाविस सचिवहरु अभैm गाउँ जान सकेका छैनन् ।
 ध्रुव सुवेदी/भोजपुर


प्रतिक्रिया दिनुहोस् >>


Latest Posts

Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

भोट दिनुहोस् :