राष्ट्र बैंकको अर्को लापरवाही : नम्बर बिनाको नोट
Posted by
purwanews
Published on
Wednesday, October 19, 2011

सुनसरीमा भेटिएको यो एक सय रुपैयाको नोटमा नम्बर अंकित गरिएको छैन । सुनसरीकोे हाँसपोसाका व्यापारी बिदुर घिमिरेले यो नोट फेला पारेका हुन् । यसैवर्ष छापिएको यो नोटमा पछाडीको भागमा गलत तरिकाले नम्बर छापिएको छ । सुनसरीमै यसरी एक सयका दुई वटा नोट त्रुटीपूर्ण भेटिएपछि यसपटक राष्ट्र बैंकले नोट छपाइ तथा निष्काशनमा ठूलो लापरवाही गरेको अनुमान गर्न सकिन्छ ।
दशैमा दक्षिणा दिन नयाँ नोटको माग अत्याधिक हुन्छ । त्यही आवश्यकता पुरा गर्न राष्ट्र बैंकले नयाँ नोटहरु बजारमा पठाउने गर्छ । राष्ट्र बैंकले यसपटक पनि नयाँ नोटहरु बजारमा पठाएको थियो । तर यसरी पठाइएका नोटहरु त्रुटीपूर्ण भेटिएका हुन् ।
प्याकिङमा नै नोट आउने र त्यस्तै प्याकिङमा नै बजारमा पठाइएको हुँदा त्रुटी भएको हुनसक्ने राष्ट्र बैंकको विराटनगरस्थित क्षेत्रीय कार्यालयले जनाएको छ ।
purwanews, kartik 3
प्रतिक्रिया दिनुहोस् >>